गोप्य

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गोप्य

मत्ती 6 : 4
4 तिम्रो दान गुप्‍तमा होस्, र गुप्‍तमा देख्‍नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।

मत्ती 6 : 6
6 तर तिमी जब प्रार्थना गर्दछौ, आफ्‍नो भित्री कोठामा पस, र ढोका थुनेर गुप्‍तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्‍तमा देख्‍नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।

हितोपदेश 25 : 9
9 छिमेकीसँग आफ्‍नो मुद्दा-मामिला तैंले बहस गर्दा, अर्का मानिसको आस्‍थामा विश्‍वासघात नगर्,

मत्ती 18 : 15
15 “तिम्रो भाइले तिम्रो विरुद्धमा अपराध गर्‍यो भने, गएर तिमीहरू दुई मात्र हुँदा त्‍यसको दोष देखाइदेऊ। त्‍यसले तिम्रो कुरा सुन्‍यो भने, तिम्रो भाइ आफ्‍नो भयो।

व्यवस्था 29 : 29
29 प्रकट नभएका कुराहरू परमप्रभु हाम्रा परमेश्‍वरका हुन्‌। तर हामीले यस व्‍यवस्‍थाका सम्‍पूर्ण वचन पालन गर्नलाई प्रकट भएका कुराहरू हाम्रा र हाम्रा सन्‍तानका लागि सदाको निम्‍ति हुन्‌।

व्यवस्था 31 : 21
21 धेरै आपत्‌-विपत्‌ र कठिनाइहरू तिनीहरूमाथि आएपछि यो भजन तिनीहरूका विरुद्धमा गवाहझैँ हुनेछ, किनकि त्‍यो तिनीहरूका सन्‍तानहरूले कहिल्‍यै बिर्सनेछैनन्‌। तिनीहरूलाई प्रतिज्ञामा दिन्‍छु भनेको देशमा पुर्‍याउन अघि नै मैले तिनीहरूका मनको अभिप्राय बुझिसकेको छु।”

१ शमूएल 16 : 7
7 तर परमप्रभुले शमूएललाई भन्‍नुभयो, “त्‍यो सुन्‍दर र अल्‍गो भए तापनि त्‍यसको ख्‍याल नगर्‌। मैले त्‍यसलाई इन्‍कार गरेको छु। परमप्रभुले मानिसले झैँ हेर्नुहुन्‍न। मानिसले रूप हेरेर विचार गर्छ, तर परमप्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्‍छ।”

२ शमूएल 7 : 20
20 “अनि अब दाऊद अरू बढ्‌ता के भन्‍न सक्‍छ र? किनभने तपाईंले आफ्‍नो दासलाई राम्ररी चिन्‍नुहुन्‍छ, हे परमप्रभु परमेश्‍वर!

२ राजाहरू 19 : 27
27 “‘तर तँ कहाँ बस्‍छस्‌ म जान्‍दछु। तँ बाहिर गएको र भित्र आएको मलाई थाहा छ। मेरो विरुद्धमा तेरो रीसको झोँक म जान्‍दछु।

भजनसंग्रह 25 : 14
14 परमप्रभुको भय मान्‍नेहरूसँग उहाँको घनिष्‍ठता हुन्‍छ, र उहाँले तिनीहरूलाई आफ्‍नो करार बताइदिनुहुन्‍छ।

भजनसंग्रह 44 : 21
21 के परमेश्‍वरले यो थाहा पाउनुहुनेथिएन र? किनकि उहाँले हृदयका गुप्‍त कुरा जान्‍नुहुन्‍छ।

भजनसंग्रह 90 : 8
8 तपाईंले हाम्रा अधर्म आफ्‍नै सामुन्‍ने राख्‍नुभएको छ, हाम्रा गुप्‍त पापहरू तपाईंका उपस्‍थितिको प्रकाशमा छन्‌।

उपदेशक 12 : 14
14 किनकि हामीले गरेको हरेक काम, असल होस्‌ वा खराब होस्, प्रत्‍येक गुप्‍त कुरासमेत सबैको न्‍याय परमेश्‍वरले गर्नुहुनेछ।

दानिएल 2 : 28
28 तर स्‍वर्गमा एक परमेश्‍वर हुनुहुन्‍छ, जसले रहस्‍यका कुराहरू प्रकट गर्नुहुन्‍छ। उहाँले महाराजा नबूकदनेसरलाई भविष्‍यमा हुने कुराहरू देखाउनुभएको छ। हजूर ओछ्यानमा ढल्‍किरहनुहुँदा हजूरको मनमा भएका सपना र दर्शनहरू यी नै हुन्‌:

दानिएल 2 : 47
47 राजाले दानिएललाई भने, “साँच्‍ची नै तिमीहरूका परमेश्‍वर देवताहरूका पनि परमेश्‍वर र राजाहरूका प्रभु र रहस्‍य खोलिदिनुहुने हुनुहुन्‍छ, किनभने तिमीले यो रहस्‍य खोल्‍न सक्‍यौ।”

आमोस 3 : 7
7 निश्‍चय नै परमप्रभु परमेश्‍वरले आफ्‍ना दास, अगमवक्ताहरूलाई आफ्‍नो रहस्‍य प्रकट नगरीकन केही गर्नुहुन्‍न।

मर्कूस 4 : 22
22 कुनै थोक लुकाएर राख्‍न सकिँदैन जो प्रकट गरिनेछैन, अनि कुनै थोक गुप्‍त छैन जो प्रकाशमा ल्‍याइनेछैन।

लूका 8 : 17
17 कुनै कुरा लुकाएर राख्‍न सकिँदैन जो प्रकट हुँदैन, अनि कुनै कुरा गुप्‍तमा रहँदैन जो थाहा लाग्‍दैन वा प्रकाशमा आउँदैन।

रोमी 2 : 16
16 यो त्‍यस दिन हुनेछ जब परमेश्‍वरले मैले प्रचार गरेको सुसमाचारअनुसार येशू ख्रीष्‍टद्वारा मानिसहरूका गुप्‍त कुराको इन्‍साफ गर्नुहुनेछ।

१ कोरिन्थी 4 : 5
5 यसकारण तोकिएको समयभन्‍दा अघि न्‍याय नगर, प्रभु आउञ्‍जेल पर्ख। उहाँले अँध्‍यारोमा लुकेका कुराहरूलाई प्रकाशमा ल्‍याउनुहुनेछ, र मानिसका हृदयका अभिप्रायहरू प्रकट गरिदिनुहुनेछ। तब हरेक मानिसले परमेश्‍वरबाट आफ्‍नो प्रशंसा पाउनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *