यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गोपनीयता
२ कोरिन्थी 4 : 2
2 हामीले शर्मका र लुकीछिपी गर्ने कामहरू त्यागेका छौं। हामी धूर्त काम गर्न वा परमेश्वरको वचनलाई हेरफेर गर्न इन्कार गर्छौं। तर सत्यको वचन खुलस्त गरी घोषणा गर्दै परमेश्वरको दृष्टिमा हामी हरेक मानिसको विवेकमा आफैलाई ग्रहणयोग्य तुल्याउँछौं।
याकूब 5 : 12
12 मेरा भाइ हो, सबै कुराभन्दा पहिले स्वर्गको वा पृथ्वीको अथवा अरू कुनै कुराको शपथ नखाओ, तर दोषी नठहरिनलाई तिमीहरूको “हो” चाहिँ “हो” र “होइन” चाहिँ “होइन” होस्।
१ यूहन्ना 4 : 1
1 प्रिय हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्।
यूहन्ना 8 : 32
32 तब तिमीहरूले सत्य के हो सो जान्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।”
कलस्सी 2 : 8
8 ध्यान देओ, कि कसैले दर्शनशास्त्र र खोक्रो छलद्वारा तिमीहरूलाई शिकार नबनाओस्, जो ख्रीष्टकाअनुसार होइनन्, तर मानिसको परम्परा र विश्वका आधारभूत सिद्धान्तहरूमाथि अड़िएका हुन्छन्।
Leave a Reply