यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गोजान
१ इतिहास 5 : 26
26 यसैले इस्राएलका परमेश्वरले अश्शूरका राजा पूल, अर्थात् अश्शूरका राजा तिग्लत-पिलेसेरलाई उक्साउनुभयो, र उनले रूबेन, गाद र मनश्शेका आधा कुलका मानिसहरूलाई कैद गरेर लगे। उनले तिनीहरूलाई हलह, हाबोर, हारा र गोजान नदीका किनारमा लगे, र त्यहाँ तिनीहरू आजको दिनसम्म छन्।
२ राजाहरू 17 : 6
6 अश्शूरका राजाले होशियाको नवौँ वर्षमा सामरिया कब्जा गरे र इस्राएलीहरूलाई कैद गरेर अश्शूरमा लगे। उनले तिनीहरूलाई हलहमा, हाबोर नदीको किनारमा भएको गोजानमा र मादीहरूका नगरहरूमा बसाले।
२ राजाहरू 18 : 11
11 अश्शूरका राजाले इस्राएलीहरूलाई अश्शूरमा लगे, र हलहमा, हाबोर नदीको किनारमा भएको गोजानमा र मादीहरूका नगरहरूमा उनले तिनीहरूलाई बसाले।
२ राजाहरू 19 : 12
12 के मेरा पिता-पुर्खाहरूले सर्वनाश गरेका जातिहरूका देवताहरूले तिनीहरूलाई छुटकारा दिए त— गोजान, हारान, रेसेप र तेल-अस्सारमा बस्ने अदनका मानिसहरूका देवताहरू?
Leave a Reply