गेहजी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गेहजी

२ राजाहरू 4 : 12
12 तिनले आफ्‍नो चाकर गेहजीलाई भने, “त्‍यस शूनम्‍मी स्‍त्रीलाई बोलाएर ले।” त्‍यसले तिनलाई बोलाएर ल्‍याए, र तिनी ती अगमवक्ताको सामुन्‍ने उभिइन्‌।

२ राजाहरू 4 : 29
29 तब एलीशाले गेहजीलाई भने, “तेरो खास्‍टोले कम्‍मर कस्‌। यो मेरो लहुरो लिएर कुदी जा। यदि बाटोमा कसैलाई भेटिस्‌ भने त्‍यसलाई अभिवादन नगर्, र त्‍यसले अभिवादन गर्‍यो भने त्‍यसलाई जवाफ नदे। यो मेरो लहुरो त्‍यस ठिटाको मुखमा राखिदे।”

२ राजाहरू 4 : 31
31 गेहजीले चाहिँ तिनीहरूका अगि गएर त्‍यो लहुरो त्‍यस ठिटाको मुखमा राखिदियो, तर कुनै प्रतिक्रिया आएन। यसैकारण एलीशालाई भेट गर्न गेहजी फर्किगयो, र तिनलाई भन्‍यो, “त्‍यो केटो त जागेन।”

२ राजाहरू 5 : 27
27 नामानको कुष्‍ठरोग तँ र तेरा सन्‍तानमा सधैँको लागि टाँसिरहनेछ।” तब गेहजी तिनको सामुन्‍नेबाट गइहाल्‍यो, र त्‍यो हिउँजस्‍तै सेतो कुष्‍ठरोगी भयो।

२ राजाहरू 8 : 5
5 जब गेहजीले एलीशाले मरेकालाई कसरी प्राण दिए भनी राजालाई वर्णन गरिरहेको थियो, त्‍यही स्‍त्री, जसको छोरालाई एलीशाले मरेकाहरूबाट जीवित पारेका थिए, आफ्‍नो घर र जग्‍गाजमिनको निम्‍ति राजालाई बिन्‍ती गर्नलाई आइन्‌। गेहजीले भन्‍यो, “हे मेरा प्रभु महाराजा, यिनै स्‍त्री हुन्, र एलीशाले पुनर्जीवित पारेको तिनको छोरो यही हो।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *