गेबा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गेबा

यहोशू 21 : 17
17 अनि बेन्‍यामीनको कुलबाट गिबोन, गेबा,

१ शमूएल 13 : 3
3 जोनाथनले गिबामा भएको पलिश्‍ती चौकीमाथि आक्रमण गरे, र त्‍यसको खबर पलिश्‍तीहरूका बीचमा फैलियो। शाऊलले “सबै हिब्रूहरूले सुनून्‌” भनेर देशको चारैतिर तुरही फुक्‍न लगाए।

२ शमूएल 5 : 25
25 दाऊदले परमप्रभुको आज्ञाबमोजिम गरे, अनि पलिश्‍तीहरूलाई गिबोनदेखि गेजेरसम्‍म खेदेर धपाए।

१ राजाहरू 15 : 22
22 तब आसा राजाले सारा यहूदालाई एउटा हुकुम दिए— कसैलाई पनि नछोड़ीकन— र तिनीहरूले त्‍यहाँ बाशाले प्रयोग गरेका ढुङ्गा र काठहरू लगे। ती ढुङ्गा र काठहरू प्रयोग गरेर आसा राजाले बेन्‍यामीनको गेबा र मिस्‍पालाई पनि निर्माण गरे।

२ राजाहरू 23 : 8
8 योशियाहले यहूदाका नगरहरूबाट सबै पूजाहारीहरूलाई निकाले, र उनीहरूले धूप बाल्‍ने गरेका गेबादेखि बेर्शेबासम्‍मका अल्‍गा-अल्‍गा ठाउँमा भएका पूजाथानहरूलाई तिनले अपवित्र तुल्‍याइदिए। तिनले ढोकाका देवता-थानहरू भत्‍काइदिए— सहरका राज्‍यपाल यहोशूको ढोकाको सामुन्‍ने, जो सहरको मूल ढोकाको देब्रेपट्टि छ।

१ इतिहास 6 : 60
60 अनि बेन्‍यामीनको कुलबाट— गेबा, आलेमेत, अनातोत त्‍यसका बस्‍तीसमेत दिइए। कहातीहरूका वंशहरूमा बाँड़िएका यी सहरहरू जम्‍मा तेह्र वटा थिए।

१ इतिहास 8 : 6
6 एहूदका सन्‍तान, जो गेबामा बसेका र मानहतमा निर्वासनमा लगिएकाहरूका परिवार-परिवारका मुख्‍य मानिसहरू थिए:

२ इतिहास 16 : 6
6 त्‍यसपछि आसा राजाले यहूदाका सबै मानिसहरूलाई आफूसित लगेर बाशाले सुरक्षित गरेको रामा सहरका ढुङ्गा र काठहरू उठाएर लगे। अनि गेबा र मिस्‍पालाई मजबूत पार्न ती प्रयोग गरे।

नहेम्‍याह 11 : 31
31 बेन्‍यामीनका गेबाबाटका सन्‍तानहरूचाहिँ मिकमाश, अय्‍या, बेथेल र त्‍यसका बस्‍तीहरू,

नहेम्‍याह 12 : 29
29 बेथ-गिलगालबाट, अनि गेबा र अज्‍मावेतका इलाकाहरूबाट ल्‍याइएका थिए, किनभने ती गवैयाहरूले यरूशलेमका चारैतिर आफ्‍ना निम्‍ति गाउँहरू बनाएका थिए।

यशैया 10 : 29
29 तिनीहरू घाटीबाट भएर जान्‍छन्‌ र भन्‍छन्, “हामी गेबामा वास बस्‍नेछौं।” रामा थरथराउँछ, शाऊलको गिबा भाग्‍छ।

जकरिया 14 : 10
10 गेबादेखि यरूशलेमको दक्षिण रिम्‍मोनसम्‍म सारा देश अराबाजस्‍तै हुनेछ। तर यरूशलेमचाहिँ अल्‍गो बनाइनेछ, र बेन्‍यामीनको ढोकादेखि पहिलो ढोकाको ठाउँसम्‍म, कुने ढोकासम्‍म, र हननेलको बुर्जादेखि राजाको दाखको कोलसम्‍म आफ्‍नै ठाउँमा रहनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *