यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गेट्स
व्यवस्था 3 : 5
5 यी सबै सहरहरू अग्ला-अग्ला पर्खालले घेरिएका, आग्लाहरू र मूल ढोकाहरू भएका थिए। यीबाहेक पर्खाल नभएका धेरै गाउँहरू पनि थिए।
यहोशू 6 : 26
26 त्यसै समय यहोशूले तिनीहरूलाई शपथ खुवाएर यसो भने, “जो यो यरीहो सहर बनाउन खड़ा हुन्छ त्यो परमप्रभुको अगि श्रापित होस्। “यसको जग बसाल्दा त्यसको जेठो छोरो मर्नेछ, आफ्नो कान्छो छोराको मूल्यमा यसको मूल ढोका बसालिनेछ।”
१ शमूएल 23 : 7
7 दाऊद कीलाहमा गएका छन् भनी कसैले शाऊललाई भनिदियो, र शाऊलले भने, “परमेश्वरले त्यसलाई मेरो हातमा सुम्पिदिनुभएको रहेछ, किनभने गजबारहरू भएको, पर्खालले घेरिएको सहरमा पसेर त त्यसले आफूलाई बन्दी बनाएको छ।”
२ शमूएल 18 : 24
24 त्यस बेला दाऊद बाहिरी र भित्री मूल ढोकाहरूका बीचमा बसिरहेका थिए। अनि जब पहरादारले पर्खालको मूल ढोकाको छानुमा गएर हेर्न लाग्यो, तब त्यसले एक जना मानिसलाई एकलै दगुर्दै आइरहेको देख्यो।
२ इतिहास 8 : 5
5 तिनले माथिल्लो र तल्लो बेथ-होरोनलाई पर्खालले घेरे, र आग्ला लाएका मूल ढोकाहरू बनाएर सुरक्षित सहरहरू निर्माण गरे।
प्रेरित 12 : 10
10 जब पहिलो र दोस्रो पहरा-टोली नाघेर सहरमा पस्ने फलामे ढोकामा तिनीहरू पुगे, तब त्यो ढोका आफै तिनीहरूका लागि उघ्रियो, र तिनीहरू बाहिर निस्केर एउटा गल्लीको बाटो भएर गए, र तुरुन्तै स्वर्गदूत तिनलाई छोड़ेर गए।
नहेम्याह 1 : 3
3 तिनीहरूले मलाई भने, “निर्वासनबाट बाँचेर प्रदेशमा आएकाहरूले साह्रै दु:ख र निन्दा सहनुपरिरहेको छ। यरूशलेमको पर्खाल भत्काइएको छ र त्यसका मूल ढोकाहरू आगोले नष्ट पारिएका छन्।”
भजनसंग्रह 107 : 16
16 किनभने उहाँले काँसाका मूल ढोकाहरू तोडिदिनुहुन्छ, र फलामे आग्लाहरू छिनालिदिनुहुन्छ।
यशैया 45 : 2
2 म तेरो अगिअगि जानेछु, र पर्वतहरूलाई समतल पार्नेछु। काँसाका ढोकाहरू म टुक्रा-टुक्रा पार्नेछु, र फलामका बारहरू काट्नेछु।
यशैया 45 : 1
1 “परमप्रभुले आफ्नो अभिषिक्त कोरेसलाई यही भन्नुहुन्छ, जाति-जातिहरूलाई पराजित गर्न, राजाहरूलाई हातहतियाररहित तुल्याउन, त्यसको सामुन्ने ढोकाहरू खोल्न, र मूल ढोकाहरू बन्द हुन नदिन म त्यसको दाहिने हात समात्छु:
इजकिएल 41 : 24
24 प्रत्येक ढोकाको लागि दुई-दुई खापा थिए।
उत्पत्ति 19 : 1
1 साँझमा ती दुई स्वर्गदूतहरू सदोममा आए। त्यस बेला लोत सदोमको मूल ढोकामा बसिरहेका थिए। उनीहरूलाई देखेर लोत भेट गर्न उठे, र भूइँसम्म निहुरेर दण्डवत् गरी भने,
१ शमूएल 4 : 18
18 परमेश्वरका सन्दूकको विषयमा सुन्ने बित्तिकै ढोकाको छेउमा भएको आसनबाट एली पछिल्तिर लड़े, र उनको घाँटी भाँचिएर उनी मरे, किनभने उनी वृद्ध र ठूलो शरीर भएका मानिस थिए। उनी चालीस वर्षसम्म इस्राएलका अगुवा भएका थिए।
भजनसंग्रह 69 : 12
12 मूल ढोकामा बस्नेहरू मलाई खिज्याउँछन्, र म त मतवालाहरूको गीत भएको छु।
हितोपदेश 1 : 21
21 होहल्लाले भरिएका गल्लीहरूका पर्खालमाथिबाट त्यो चिच्च्याउँछ, सहरका मूल ढोकाहरूमा यसरी त्यसले भाषण गर्छ:
यर्मिया 17 : 20
20 तिनीहरूलाई यसो भन्, “यी मूल ढोकाहरूबाट भित्र पस्ने हे यहूदाका राजा र यहूदाका सबै मानिस हो, र यरूशलेममा बस्ने हरेक हो, परमप्रभुको वचन सुन।
प्रेरित 14 : 13
13 सहरको अगिल्तिर भएको जिउसको मन्दिरका पूजाहारीले मूल ढोकाहरूमा गोरुहरू र फूलका मालाहरू ल्याएर त्यहाँका मानिसहरूसँग मिली बलि-पूजा गर्ने इच्छा गरे।
उत्पत्ति 23 : 10
10 त्यस बेला एप्रोन हित्तीहरूका माझमा बसिरहेका थिए, र जति जना उनका सहरको ढोकाको अगाड़ि आएका थिए, ती सबैले सुन्ने गरी हित्ती एप्रोनले अब्राहामलाई भने,
उत्पत्ति 23 : 16
16 अब्राहामले एप्रोनको कुरा मन्जूर गरे र तिनले एप्रोनलाई हित्तीहरूका सामुन्ने उनले भनेबमोजिम, व्यापारीहरूमा जुन तौल प्रचलित थियो, त्यहीअनुसार चाँदीका चार सय सिक्का जोखी-जोखीकन उनलाई दिए।
Leave a Reply