गिलियड

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गिलियड

गन्ती 32 : 30
30 तर तिनीहरू अस्‍त्र उठाएर तिमीहरूका साथमा पारि जान मानेनन्‌ भने, तिनीहरूले तिमीहरूसँग कनान देशमै अधिकारको हिस्‍सा पाउनेछन्‌।”

व्यवस्था 3 : 13
13 गिलादको बाँकी भाग र ओगका राज्‍यको सम्‍पूर्ण बाशान मैले मनश्‍शेको आधा कुललाई दिएँ। (बाशानमा भएको अर्गोबको सबै क्षेत्र रपाईहरूको देश भनिन्‍थ्‍यो।)

व्यवस्था 34 : 1
1 त्‍यसपछि मोशा मोआबको मैदानबाट यरीहोको सामुन्‍ने भएको नेबो डाँड़ाको पिसगाको टाकुरामा उक्‍ले। परमप्रभुले तिनलाई समस्‍त देश देखाउनुभयो— गिलाददेखि दानसम्‍म,

२ राजाहरू 10 : 33
33 यर्दन नदीको पूर्वतिर गिलादका सबै देश (गाद, रूबेन र मनश्‍शेको देश) अर्नोन खोलानेरको अरोएरदेखि गिलाद भएर बाशानसम्‍मै हजाएलले इस्राएलीहरूलाई परास्‍त गरे।

१ इतिहास 5 : 10
10 शाऊलको राजकालमा तिनीहरूले हग्रीहरूसँग युद्ध गरेर उनीहरूलाई जिते, र गिलादको पूर्वपट्टिका सबै देशमा भएका उनीहरूका छाउनीहरूलाई ओगटे।

१ इतिहास 5 : 22
22 अरू धेरै जना मारिए, किनभने यो युद्ध परमेश्‍वरतर्फबाट भएको थियो। तिनीहरू आफै कैदमा नलगिउञ्‍जेलसम्‍म तिनीहरूले त्‍यो देशमा बसोबास गरे।

आमोस 1 : 13
13 परमप्रभु यसो भन्‍नुहुन्‍छ: “अम्‍मोनका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। त्‍यसले आफ्‍ना साँधसिमाना बढ़ाउनलाई गिलादका गर्भवती स्‍त्रीहरूका पेट तरवारले चिरेको हुनाले,

१ राजाहरू 17 : 1
1 अब गिलादको तिश्‍बेका तिश्‍बी एलियाले आहाबलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर जसको सेवा म गर्दछु, उहाँको जीवित नाउँमा शपथ खाएर म भन्‍दछु, कि मेरो वचनविना आगामी केही वर्षहरूभरि न त शीत पर्नेछ न केही पानी पर्नेछ।”

२ शमूएल 17 : 16
16 हूशैले भने, “यसैले अब चाँड़ो दाऊदकहाँ मानिस पठाओ, र उहाँलाई यसो भन, ‘मरुभूमिका जँघारहरूमा वास नबस्‍नू तर पारि गइहाल्‍नू, नत्रता राजा र उहाँका मानिसहरू खतम पारिनेछन्‌’।”

२ शमूएल 17 : 22
22 यसैले दाऊद र तिनका सबै दल तुरुन्‍त यर्दन नदी पार गर्न लागे। मिरमिरे उज्‍यालोमा पारिपट्टिको किनारमा नपुगेको कोही पनि रहेन।

२ शमूएल 17 : 24
24 अब्‍शालोम र तिनीसँग भएका सबै इस्राएलीहरू यर्दन पार गरे, तर दाऊद अघि नै महनोममा पुगिसकेका थिए।

२ शमूएल 17 : 26
26 इस्राएलीहरू र अब्‍शालोमले गिलादको जिल्‍लामा छाउनी हाले।

२ शमूएल 18 : 9
9 अब दाऊदका कतिपय मानिसहरूले अब्‍शालोमलाई देखे। तिनी एउटा खच्‍चरमा चढ़िरहेका थिए, तर जब त्‍यो खच्‍चर एउटा ठूलो फलाँटको रूखमुनिबाट भएर गयो, तब अब्‍शालोमको कपाल हाँगामा अल्‍झ्‍यो, तिनी झुण्‍डिए, अनि खच्‍चरचाहिँ त्‍यस हाँगामुनिबाट छिरिगयो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *