गिरोहहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गिरोहहरू

एफिसी 5 : 11
11 अन्‍धकारका निष्‍फल कार्यहरूमा भाग नलेओ, बरु तिनलाई प्रकट गरिदेओ।

रोमी 13 : 1 – 14
1 हरेक व्‍यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस्‌। परमेश्‍वरबाट आएको अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन्, ती परमेश्‍वरबाटै नियुक्त भएका हुन्‌।
2 यसकारण प्रशासकहरूका विरुद्धमा खड़ा हुनेले परमेश्‍वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ, र जस-जसले विरोध गर्छन्, तिनीहरूले दण्‍डको आज्ञा पाउनेछन्‌।
3 किनभने सुकर्मको निम्‍ति होइन, तर कुकर्मको निम्‍ति शासकहरूको डर मानिन्‍छ। के तिमी प्रशासकको डरमा रहन चाहँदैनौ? त्‍यसो भए, असल काम गर, र तिमीलाई तिनीबाट प्रशंसा मिल्‍नेछ।
4 किनकि तिम्रो भलाइको निम्‍ति तिनी परमेश्‍वरका सेवक हुन्‌। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरवार व्‍यर्थमा भिर्दैनन्‌। खराब काम गर्नेमाथि परमेश्‍वरको दण्‍ड ल्‍याउने तिनी परमेश्‍वरका सेवक हुन्‌।
5 यसकारण परमेश्‍वरको दण्‍डबाट बच्‍नलाई मात्र होइन, तर विवेकको निम्‍ति पनि तिमी तिनका अधीनमा रहनुपर्छ।
6 यसैकारणले पनि तिमी कर तिर्दछौ। किनकि प्रशासकहरू यसै कामको निम्‍ति निरन्‍तर लागिरहेका परमेश्‍वरका सेवक हुन्‌।
7 तिर्नुपर्ने कुरा सबैलाई तिर— कर तिर्नुपर्नेलाई कर, महसूल तिर्नुपर्नेलाई महसूल, आदर गर्नुपर्नेलाई आदर, इज्‍जत गर्नुपर्नेलाई इज्‍जत गर।
8 आपसमा प्रेम गर्नुबाहेक कसैको केही कुरामा ऋणी नहोओ। किनकि आफ्‍नो छिमेकीलाई प्रेम गर्नेले व्‍यवस्‍था पूरा गरेको हुन्‍छ।
9 “तैंले व्‍यभिचार नगर्, तैंले हत्‍या नगर्, तैंले चोरी नगर्, तैंले लोभ नगर्,” यी आज्ञाहरूबाहेक, र अरू जति आज्ञा छन्, ती सबैको सारांश यसै आज्ञामा पाइन्‍छ, अर्थात्‌ “तैंले आफ्‍नो छिमेकीलाई आफूलाई जस्‍तै प्रेम गर्‌।”
10 प्रेमले छिमेकीको खराबी गर्दैन। यसकारण प्रेम गर्नु नै व्‍यवस्‍था पूरा गर्नु हो।
11 यसबाहेक यो वर्तमान समय कस्‍तो छ, सो तिमीहरूलाई थाहा छ। अब निद्राबाट ब्‍यूँझने ठीक बेला आइपुगेको छ, किनकि हामीले पहिले विश्‍वास गरेको भन्‍दा अहिले हाम्रो मुक्ति अझ नजिक छ।
12 रात बितिसक्‍यो, र दिन नजिकै आइपुगेको छ। यसकारण अन्‍धकारका काम छोड़ेर हामी ज्‍योतिका हातहतियार धारण गरौं।
13 दिउँसोजस्‍तै गरी हामी ठीकसँग चलौं। मोजमज्‍जामा, पियक्‍कडपनमा, व्‍यभिचारमा, भ्रष्‍टाचारमा, झगड़ामा र डाहमा होइन।
14 तर प्रभु येशू ख्रीष्‍टलाई धारण गर, र पापमय स्‍वभावको अभिलाषा पूरा गर्ने कुरामा ध्‍यान नदेओ।

गलाती 3 : 28
28 अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्‍का, न त पुरुष न स्‍त्री छ, किनभने ख्रीष्‍ट येशूमा तिमीहरू सबै एउटै हौ।

१ कोरिन्थी 15 : 33
33 भ्रममा नपर। खराब सङ्गतले राम्रो चरित्रलाई नष्‍ट पार्छ।

प्रेरित 5 : 29
29 तर पत्रुस र प्रेरितहरूले भने, “हामीले मानिसहरूको होइन तर परमेश्‍वरको आज्ञा पालन गर्नैपर्छ।

हितोपदेश 1 : 8 – 19
8 हे मेरो छोरा, आफ्‍नो बुबाको आदेश सुन्‌ र आफ्‍नी आमाको शिक्षा नत्‍याग्‌।
9 ती तेरो शिरमा शोभाको मुकुट, र तेरो गलामा सम्‍मानको हार हुनेछ।
10 हे मेरो छोरा, यदि पापीहरूले तँलाई बहकाउन खोजे भने, तिनीहरूको बहकाउमा नलाग्‌।
11 तिनीहरू भन्‍लान्, “आऊ हामीसँग, कसैको रक्तपात गर्न ढुकिबसौं, कुनै निर्दोषलाई लुट्‌न ढुकिबसौं,
12 चिहानले [2] निलेझैँ, र गहिरो भड्‌खालोमा परी त्‍यसको पीँधमा पुग्‍नेहरूलाई झैँ, हामी तिनीहरूलाई पूरै जिउँदै निलौं।
13 हामी सबै किसिमका बहुमूल्‍य थोकहरू लिनेछौं, र लूटका मालसामानले हाम्रा घर भर्नेछौं,
14 तिमी हामीसँगै साझेदार होऊ, र हामी लूटको थैलोबाट बाँड्‌नेछौं।”
15 हे मेरो छोरा, तिनीहरूसँग नजा, तिनीहरूको मार्गमा पाइलै नराख्,
16 किनकि तिनीहरूका पाइला पाप गर्न हतारिन्‍छन्, तिनीहरू रक्तपात गर्न आतुरी गर्छन्‌।
17 सबै पक्षीहरूका नजरको सामु जाल फैलाउनु कति व्‍यर्थ!
18 यी मानिसहरू आफ्‍नै रगतको लागि ढुकिरहन्‍छन्, तिनीहरू आफै जाकिन ढुकिरहन्‍छन्‌!
19 बेईमानीसित कमाउनपट्टि लाग्‍नेहरू सबैको अन्‍त्‍य यस किसिमले हुन्‍छ, यसरी धन आर्जन गर्नेको जीवन त्‍यसैले छिनेर लैजान्‍छ।

यूहन्‍ना 3 : 16
16 “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।

हितोपदेश 1 : 1 – 7
1 दाऊदका छोरा इस्राएलका राजा सोलोमनका हितोपदेश:
2 जसद्वारा मानिसहरूले बुद्धि र अनुशासन प्राप्‍त गर्नेछन्, अन्‍तर्दृष्‍टिका कुराहरू बुझ्‍नेछन्,
3 एक अनुशासित र विवेकी जीवन जिउनेछन्,
4 सोझाहरू विवेकशील बन्‍नेछन्, जवानहरूले ज्ञान र बुद्धि प्राप्‍त गर्नेछन्‌।
5 बुद्धिमान्‌ले सुनून्‌ र तिनीहरूको ज्ञान बढ़ोस्, र विवेकशील व्‍यक्तिलाई अगुवाइ मिलोस्,
6 जसद्वारा हितोपदेश र दृष्‍टान्‍तहरू, बुद्धिमान्‌को आहान र रहस्‍यका कुराहरू तिनीहरूले बुझून्‌।
7 परमप्रभुको भय नै ज्ञानको सुरु हो, तर मूर्खले [1] बुद्धि र अनुशासनलाई तुच्‍छ ठान्‍दछ।

दानिएल 1 : 1 – 8
1 यहूदाका राजा यहोयाकीमका शासनकालको तेस्रो वर्षमा बेबिलोनका राजा नबूकदनेसर यरूशलेममा आएर त्‍यसलाई घेरे।
2 अनि परमप्रभुले परमेश्‍वरको भवनका केही भाँड़ाकुँड़ाहरूसहित यहूदाका राजा यहोयाकीमलाई तिनको हातमा सुम्‍पिदिनुभयो। ती भाँड़ाकुँड़ाहरू तिनले बेबिलोनियामा भएको आफ्‍ना देवताको मन्‍दिरमा लगे र देवताकै भण्‍डारमा राखे।
3 तब राजाले प्रवासमा लगिएका इस्राएलीहरूमध्‍येबाट राजकीय खानदान र सभ्‍य खानदानका केही जवान मानिसहरू छान्‍नू भनी तिनका प्रमुख अधिकृत अशपेनजलाई हुकुम गरे।
4 ती जवान मानिसहरू कुनै शारीरिक खोट नभएका, सुन्‍दर, हरकिसिमका शिक्षा सिक्‍ने क्षमता भएका, ज्ञानले परिपूर्ण भएका, छिटो सिक्‍न सक्‍ने र राजदरबारमा सेवा गर्नलाई योग्‍य हुनुपर्थ्‍यो। अशपेनजले उनीहरूलाई बेबिलोनीहरूका [1] भाषा र साहित्‍य सिकाउनुपर्थ्‍यो।
5 राजाले उनीहरूलाई राजदरबारमा खाने गरेका दैनिक खाना र दाखमद्य दिनू भनी अशपेनजलाई हुकुम गरे। उनीहरूलाई तीन वर्षसम्‍म तालीम दिनुपर्थ्‍यो, र त्‍यसपछि उनीहरू राजाको सेवामा प्रवेश गर्नुपर्थ्‍यो।
6 यीमध्‍ये कोही यहूदाका कुलका थिए: दानिएल, हनन्‍याह, मीशाएल र अजर्याह।
7 प्रमुख अधिकृतले तिनीहरूलाई नयाँ नाउँ दिए— दानिएललाई बेलतसजर, हनन्‍याहलाई शद्रक, मीशाएललाई मेशक र अजर्याहलाई अबेद्‌नगो।
8 तर दानिएलले राजकीय भोजन र दाखमद्य खाएर आफैलाई अशुद्ध नपार्ने निर्णय गरे, र तिनले यसरी आफैलाई अशुद्ध नपार्नलाई प्रमुख अधिकृतसँग अनुमति मागे।

२ तिमोथी 2 : 15
15 शर्माउन नपर्ने र सत्‍यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्‍तै आफूले आफूलाई परमेश्‍वरमा ग्रहणयोग्‍य तुल्‍याउने भरमग्‍दूर प्रयत्‍न गर।

२ राजाहरू 2 : 23 – 25
23 त्‍यहाँबाट एलीशा उक्‍लेर बेथलेहेममा गए। जब तिनी बाटोमा गइरहेका थिए, सहरबाट ससाना ठिटाहरू आएर तिनलाई यसो भन्‍दै जिस्‍क्‍याउन लागे, “ए मुडुले, माथि जाऊ। ए मुडुले, माथि जाऊ।”
24 तिनले फर्केर तिनीहरूलाई हेरी परमप्रभुको नाउँमा सराप दिए। तब जङ्गलबाट दुई वटा भालू निस्‍केर तिनीहरूमध्‍येका बयालीस जना ठिटाहरूलाई फहराए।
25 अनि त्‍यहाँबाट तिनी कर्मेल डाँड़ामा उक्‍लेर गए, र त्‍यसपछि तिनी सामरियामा फर्के।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *