गाउनुहोस्

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गाउनुहोस्

याकूब 5 : 13
13 के तिमीहरूमा कसैले कष्‍ट भोगिरहेछ? त्‍यसले प्रार्थना गरोस्‌। के कोही आनन्‍दित छ? त्‍यसले प्रशंसाको भजन गाओस्‌।

भजनसंग्रह 9 : 2
2 म तपाईंमा रमाउनेछु र उल्‍लसित हुनेछु। हे सर्वोच्‍च परमेश्‍वर, तपाईंको नाउँमा म स्‍तुति गाउनेछु।

कलस्सी 3 : 16
16 ख्रीष्‍टको वचन तिमीहरूमा प्रशस्‍ततासँग वास गरोस्‌। पूरा बुद्धिमानीसाथ एउटाले अर्कालाई सिकाओ र अर्ती देओ, र परमेश्‍वरप्रति आफ्‍नो हृदयमा रहेको कृतज्ञतासाथ भजन, स्‍तुति र आत्‍मिक गान गाओ।

भजनसंग्रह 100 : 1 – 2
1 हे सारा पृथ्‍वीका मानिस हो, परमप्रभुको जयजयकार मनाओ।
2 आनन्‍दसाथ परमप्रभुको आराधना गर, हर्षका गीत गाउँदै उहाँको सामुन्‍ने आओ।

यशैया 49 : 13
13 हे आकाश, आनन्‍दले चिच्‍च्‍याएर गा। हे पृथ्‍वी, आनन्‍दित हो। हे पर्वतहरू हो, गला खोलेर गाओ! किनकि परमप्रभुले आफ्‍नो प्रजालाई सान्‍त्‍वना दिनुभएको छ, र कष्‍ट पाएको उहाँको प्रजामाथि उहाँले टिठ्याउनुहुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *