यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गहना
१ तिमोथी 2 : 9
9 यसै गरी म चाहन्छु, कि स्त्रीहरूले सरलता र भद्रतासाथ सुहाउँदो वस्त्र पहिरून्, केशको बढ़ी सिङ्गार गरेर, सुन, मोती र बहुमूल्य वस्त्रहरू पहिरेर होइन,
१ पत्रुस 3 : 3
3 केशको सिङ्गार, सुनको गहनापात र दामी वस्त्र तिमीहरूको बाहिरी सिङ्गारपटार नहोस्।
१ पत्रुस 3 : 4
4 तिमीहरूका भित्री हृदयलाई भलो र शान्त आत्माको अविनाशी रत्नले सजाओ, जो परमेश्वरको दृष्टिमा साह्रै मूल्यवान् छ।
लेवीहरू 19 : 28
28 “‘मरेका मानिसका निम्ति आफ्नो शरीरमा काटेर चोट नबनाउनू। अनि आफ्नो शरीरमा कुनै किसिमको छाप नबनाउनू। म परमप्रभु हुँ।
१ पत्रुस 3 : 1 – 6
1 पत्नी हो, तिमीहरू पनि आफ्ना पतिका अधीनमा रहो, र यसरी तिनीहरूले वचन पालन नगरे तापनि आफ्ना पत्नीहरूको आचरणले गर्दा शब्दविना पनि तिनीहरूका मनको परिवर्तन हुन सक्छ।
2 तिमीहरूका जीवनको शुद्धता र श्रद्धा देख्दा तिनीहरूको परिवर्तन हुनेछ।
3 केशको सिङ्गार, सुनको गहनापात र दामी वस्त्र तिमीहरूको बाहिरी सिङ्गारपटार नहोस्।
4 तिमीहरूका भित्री हृदयलाई भलो र शान्त आत्माको अविनाशी रत्नले सजाओ, जो परमेश्वरको दृष्टिमा साह्रै मूल्यवान् छ।
5 किनकि यही किसिमले अघिअघि परमेश्वरमा आशा राख्ने पवित्र स्त्रीहरूले पनि सिङ्गार गर्थे, र आफ्ना पतिका अधीनमा बस्थे।
6 साराले जस्तै, जसले अब्राहामलाई स्वामी भनेर तिनको आज्ञापालन गर्थिन्, यदि तिमीहरूले उचित काम गर्यौ र कुनै कुरामा भयभीत भएनौ भने तिमीहरू उनकै छोरीहरू ठहरिनेछौ।
यशैया 3 : 16 – 24
16 परमप्रभु भन्नुहुन्छ, “सियोनका स्त्रीहरू अहङ्कारी छन्, र मुण्टो ठाड़ो गर्दै, चञ्चले आँखा गर्दै, कल्ली पहिरी छमछम गर्दै ससाना कदम चालेर हिँड्छन्।
17 यसकारण परमप्रभुले सियोनका स्त्रीहरूका टाउकोमा घावै-घाउ भरिदिनुहुन्छ। परमप्रभुले तालु खुइले बनाइदिनुहुन्छ।”
18 त्यस दिन परमप्रभुले तिनीहरूका सिङ्गारका गहनाहरू, अर्थात् चुरा र शिरबन्दी, चन्द्रहार,
19 कुण्डल, बाला, झुम्का,
20 मुकुट-घुम्टा, कल्ली, पटुका, अत्तरदानी र जन्तर,
21 छाप-औँठी र नत्थ,
22 सुन्दर पोशाक, अलखा, कोट र थैली,
23 हाते-ऐना र मसिनो मलमल, मुकुट र दोसल्लाहरू हटाउनुहुनेछ।
24 सुगन्धित मसलाको सट्टामा सड़ेको दुर्गन्ध हुनेछ, र पटुकाको सट्टामा डोरी, राम्ररी बाटेको कपालको सट्टामा मुडुली हुनेछ, सुन्दर वस्त्रको सट्टामा भाङ्ग्राको लुगा र सुन्दरताको सट्टामा डामै-डाम हुनेछ।
व्यवस्था 22 : 5
5 पुरुषले लाउने लुगा स्त्रीले लाउनुहुँदैन, र स्त्रीको लुगा पनि पुरुषले लाउनुहुँदैन। यसो गर्नेलाई परमप्रभु तिमीहरूका परमेश्वरले घृणा गर्नुहुन्छ।
इजकिएल 16 : 8 – 14
8 “‘त्यसपछि म तेरो छेउबाट भएर जाँदा मैले तँलाई प्रेम गर्ने अवस्थामा पुगेकी देखें। तब मैले मेरो वस्त्रको छेउ तँमाथि ओढ़ाएर तेरो नग्नता ढाकिदिएँ। मैले तँसित बाचा बाँधें र करार पनि गरें, र तँ मेरो भइस्, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
9 “‘मैले तँलाई पानीले नुहाएर तेरो रगत धोइदिएँ, र तँलाई मलहम लगाइदिएँ।
10 त्यसपछि तँलाई बुट्टादार वस्त्र पहिराइदिएँ, र तेरो खुट्टामा छालाका जुत्ता लगाइदिएँ। मैले तँलाई मलमलको कपड़ा पहिराइदिएँ, र दामी-दामी लुगाले तँलाई ढाकें।
11 मैले तँलाई गरगहनाले आभूषित गरें, तेरा हातमा चुरा लगाइदिएँ, तेरो गलामा सिक्री पहिराइदिएँ।
12 मैले तेरो नाकमा नत्थ लगाइदिएँ र कानमा लुर्का लगाइदिएँ, तेरो शिरमा सुन्दर शिरपेच लगाइदिएँ।
13 यसरी तँ सुन र चाँदीले आभूषित भइस्, अनि तेरा वस्त्र मलमलको कपड़ा, र दामी बुट्टादार कपड़ाका भए। तेरो खानेकुरो मसिनो पीठो, मह र भद्राक्षको तेल थिए। तँ अत्यन्तै सुन्दरी भएर बढ़िस्, र रानी हुने योग्यकी तँ भइस्।
14 तेरो सौन्दर्यले गर्दा तेरो ख्याति जाति-जातिहरूका बीचमा फैलियो, किनभने मैले तँलाई दिएको गौरवको कारण तेरो सौन्दर्य कलङ्करहित थियो, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
यशैया 61 : 10
10 म परमप्रभुमा साह्रै आनन्दित हुन्छु। मेरो प्राणले मेरा परमेश्वरमा आनन्द मनाउँनेछ। किनकि उहाँले मलाई उद्धारको पोशाक लगाइदिनुभएको छ, र उहाँले मलाई धार्मिकताको वस्त्रले ढाक्नुभएको छ— जसरी दुलहाले आफ्नो शिर पूजाहारीले सिँगारेझैँ सिँगार्छन्, र दुलहीले आफैलाई रत्नहरूले आभूषित गर्छिन्।
प्रस्थान 33 : 5
5 किनकि परमप्रभुले मोशालाई भन्नुभएको थियो, “इस्राएलीहरूलाई भन्, ‘तिमीहरू हठी मानिस हौ। म एक क्षणको निम्ति पनि तिमीहरूका बीचमा आएँ भने म तिमीहरूलाई भस्म पार्नेछु। अब तिमीहरूले आफ्ना गहनाहरू फुकाल, र तिमीहरूसित के गर्नुपर्ने हो, सो म विचार गरुँला’।”
रोमी 12 : 2
2 यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक।
प्रस्थान 32 : 1 – 5
1 जब मानिसहरूले मोशालाई पर्वतबाट ओर्लन बियाँलो गरेका देखे, तब तिनीहरू हारूनकहाँ भेला भएर तिनलाई भन्न लागे, “उठ्नुहोस्, र हाम्रा अगिअगि जानलाई देवताहरू बनाउनुहोस्, किनकि हामीलाई मिश्रबाट निकालेर ल्याउने मोशालाई के भयो हामी जान्दैनौं”
2 हारूनले तिनीहरूलाई भने, “तिमीहरूका पत्नीहरू र छोराछोरीहरूका कानमा भएका सुनका कुण्डलहरू फुकाली यहाँ मकहाँ ल्याओ।”
3 तब सबै मानिसहरूले आ-आफ्ना कानमा भएका सुनका कुण्डलहरू फुकालेर हारूनकहाँ ल्याए।
4 तिनले ती तिनीहरूका हातबाट लिएर हतियारले खोपे, र ढालेर बाछाको आकारको एउटा मूर्ति बनाए। तब तिनीहरूले भने, “हे इस्राएली हो, तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउने तिमीहरूका देवताहरू यी नै हुन्।”
5 यो देखेर हारूनले बाछाकै सामु एउटा वेदी बनाए, र तिनले यसो भनेर घोषणा गरे, “भोलि परमप्रभुको निम्ति एउटा चाड़ हुनेछ।”
इजकिएल 28 : 13 – 17
13 परमेश्वरको बगैँचा अदनमा तँ थिइस्। हरेक बहुमूल्य पत्थरले तँ सिँगारिएको थिइस्— मानिक, पुष्पराज, पन्ना, पीतमणि, आनिक्स, बिल्लौर, नीर, फिरोजा र बेरूजले तँ आभूषित थिइस्। तेरा मणिघरहरू सुनले मोहोरिएका थिए, तँ सृजेको दिनमा नै ती तयार पारिएका थिए।
14 अभिभावक करूब हुनलाई तँ अभिषेक गरिएको थिइस्, किनकि त्यसरी नै मैले तँलाई नियुक्त गरेको थिएँ। परमेश्वरको पवित्र पर्वतमा तँ थिइस्। अग्निमय पत्थरहरूका बीचमा तँ हिँड्थिस्।
15 तँ सृजिएको दिनदेखि तँमा अधर्म फेला नपरेको दिनसम्म, तेरो चाल-ढङ्गमा तँ दोषरहित थिइस्।
16 तेरा चारैतिरका व्यापारद्वारा तँ उपद्रवले भरिइस्, र तैंले पाप गरिस्। यसैले मैले तँलाई परमेश्वरको पर्वतबाट अपमान गरी खेदिदिएँ, र हे अभिभावक करूब, मैले तँलाई अग्निमय पत्थरहरूका बीचदेखि धपाइदिएँ।
17 तेरो सुन्दरताले गर्दा तेरो हृदय घमण्डले फुलियो, तैंले आफ्नो गौरवको कारण तेरो बुद्धिलाई भ्रष्ट पारिस्। यसैले मैले तँलाई जमिनमा फालिदिएँ। राजाहरूका अगि मैले तँलाई तमाशा बनाइदिए।
लूका 15 : 22
22 “तर बाबुचाहिँले आफ्ना कमाराहरूलाई भने, ‘झट्टै सबैभन्दा असल वस्त्र ल्याएर यसलाई पहिराइदेओ। यसको हातमा औँठी, र खुट्टामा जुत्ता लगाइदेओ,
१ तिमोथी 2 : 10
10 तर असल कामद्वारा सुसज्जित होऊन्, जो परमेश्वरको भक्ति गर्ने स्त्रीहरूलाई सुहाउँछ।
१ पत्रुस 2 : 8 – 10
8 र, “एउटा ढुङ्गो, जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान, जसले तिनीहरूलाई लोट्न लगाउँछ।” किनकि तिनीहरू वचन उल्लङ्घन गर्छन् र लोट्छन्। तिनीहरूका निम्ति यस्तै हुन तोकिएको थियो।
9 तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँका उदेकको ज्योतिमा ल्याउनुभयो, ताकि तिमीहरू उहाँका आश्चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक।
10 एक पल्ट तिमीहरू प्रजा थिएनौ, तर अब तिमीहरू परमेश्वरका प्रजा भएका छौ। एक पल्ट तिमीहरूले कृपा पाएका थिएनौ, तर अब तिमीहरूले कृपा पाएका छौ।
Leave a Reply