यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गवाही दिने
मर्कूस 5 : 19
19 तर उहाँले त्यसलाई अनुमति दिनुभएन, तर त्यसलाई भन्नुभयो, “तिमी आफ्नो घरमा गएर तिम्रा मित्रहरूलाई प्रभुले तिम्रो निम्ति गर्नुभएको महान् काम र तिमीलाई देखाउनुभएको ठूलो दयाको वर्णन गरिदेऊ।”
प्रकाश 12 : 11
11 तिनीहरूले थुमाको रगत र आफ्ना गवाहीको वचनको कारण त्यसलाई जितेका छन्, र तिनीहरूले मृत्युसम्मै पनि आफ्नो ज्यानको माया राखेनन्।
१ यूहन्ना 5 : 10
10 जसले परमेश्वरका पुत्रमा विश्वास गर्छ, त्यसको हृदयमा यस कुराको गवाही हुन्छ। परमेश्वरमा विश्वास नगर्नेले उहाँलाई झूटा तुल्याएको हुन्छ। किनकि परमेश्वरले आफ्ना पुत्रको विषयमा दिनुभएको गवाहीमा त्यसले विश्वास गरेको हुँदैन।
यूहन्ना 8 : 14
14 येशूले जवाफ दिनुभयो, “म आफ्नै विषयमा गवाही दिन्छु, तापनि मेरो गवाही सत्य छ। म जान्दछु, म कहाँबाट आएको हुँ, र म कहाँ गइरहेछु। तर तिमीहरू जान्दैनौ, म कहाँबाट आउँछु, वा कहाँ गइरहेछु।
फिलिप्पी 1 : 27 – 30
27 केवल तिमीहरूका जीवनको चाल ख्रीष्टका सुसमाचारको योग्य होस्। म चाहे आएर तिमीहरूलाई देखूँ, चाहे अनुपस्थित रहूँ, म तिमीहरूका बारेमा यही कुरा सुन्न चाहन्छु, कि तिमीहरू एउटै आत्मामा दृढ़ बनी खड़ा भएका छौ, र एउटै मनका भई सुसमाचारको विश्वासको निम्ति मिलेर परिश्रम गर्दछौ,
28 र विरोधीहरूसँग केही कुरामा डराउँदैनौ। तिनीहरूका निम्ति यो विनाशको लक्षण हो, तर तिमीहरूका निम्ति चाहिँ मुक्तिको प्रत्यक्ष लक्षण हो, जुन मुक्तिचाहिँ परमेश्वरबाट हो।
29 किनभने ख्रीष्टको निम्ति तिमीहरूलाई यो दिइएको छ, कि तिमीहरूले उहाँमाथि विश्वास गर्नु मात्र होइन, तर उहाँको खातिर दुःख पनि भोग्नुपर्छ,
30 र त्यही सङ्घर्ष जो तिमीहरूले ममा देख्यौ र मसँग छ भनी अहिले सुन्दछौ, त्यसैमा तिमीहरू लागेका छौ।
१ यूहन्ना 5 : 5 – 8
5 संसारमाथि विजय प्राप्त गर्ने को हो? त्यही हो, जसले येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ।
6 उहाँ उही नै हुनुहुन्छ, जो पानी र रगतद्वारा आउनुभयो, अर्थात् येशू ख्रीष्ट, जो पानीद्वारा मात्र होइन, तर पानी र रगतद्वारा आउनुभयो।
7 गवाही दिने त पवित्र आत्मा नै हुनुहुन्छ, किनकि पवित्र आत्मा सत्य हुनुहुन्छ।
8 किनभने गवाही दिनेहरू तीन छन्, अर्थात् पवित्र आत्मा, पानी र रगत, र सबै कुरामा यी सहमत हुन्छन्।
यूहन्ना 15 : 27
27 तिमीहरू सुरुदेखि नै मेरो साथ रहेका हुनाले, तिमीहरू पनि मेरा साक्षी हौ।”
यूहन्ना 15 : 26
26 “जब सल्लाहकार आउनुहुन्छ, जसलाई म पिताको तर्फबाट तिमीहरूकहाँ पठाइदिनेछु, अर्थात् सत्यका आत्मा, जो पिताबाट आउनुहुन्छ, उहाँले नै मेरो विषयमा गवाही दिनुहुनेछ।
कलस्सी 3 : 23
23 तिमीहरू जे गर्छौ दिलोज्यानले गर्ने गर, मानिसको होइन, तर प्रभुको सेवा गरेजस्तै,
१ यूहन्ना 1 : 8 – 10
8 यदि हामीमा पाप छैन भनी हामी भन्छौं भनेता हामीले आफैलाई धोका दिन्छौं, र हामीमा सत्य हुँदैन।
9 यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ।
10 यदि हामीले पाप गरेका छैनौं भनी हामी भन्छौं भने हामी उहाँलाई झूटा तुल्याउँछौं, र उहाँको वचन हामीमा हुँदैन।
याकूब 5 : 11
11 हेर, धैर्य धारण गर्नेहरूलाई हामी धन्यका भन्छौं। तिमीहरूले अय्यूबको स्थिरताको विषयमा सुनेका छौ, र प्रभुको अभिप्राय देखेका छौ, कि प्रभु कस्तो करुणामय र कृपालु हुनुहुन्छ।
१ यूहन्ना 5 : 7
7 गवाही दिने त पवित्र आत्मा नै हुनुहुन्छ, किनकि पवित्र आत्मा सत्य हुनुहुन्छ।
याकूब 1 : 5
5 तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको अभाव छ भने उदार-चित्तसँग नझर्की दिनुहुने परमेश्वरलाई त्यसले मागोस्, र त्यसलाई त्यो दिइनेछ।
Leave a Reply