गवाही गर्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गवाही गर्दै

भजनसंग्रह 66 : 16
16 परमेश्‍वरसित डराउनेहरू सबै आओ र सुन, उहाँले मेरो निम्‍ति के गर्नुभयो मलाई भन्‍न देओ।

भजनसंग्रह 40 : 9 – 10
9 म ठूलो सभामा उद्धारको सुसमाचार सुनाउँछु। मेरा ओठहरू म बन्‍द गर्दिनँ, हे परमप्रभु, तपाईंलाई यो थाहा छ।
10 तपाईंको धार्मिकता म मेरो हृदयभित्र लुकाउँदिनँ। तपाईंको विश्‍वस्‍तता र तपाईंबाट हुने उद्धारको विषयमा म बोल्‍दछु। तपाईंको प्रेम र तपाईंको सत्‍यता म ठूलो सभाबाट लुकाउँदिनँ।

भजनसंग्रह 107 : 1 – 2
1 सबै सङ्कष्‍टमा परमेश्‍वर शरणस्‍थान [1] परमप्रभुमा धन्‍यवाद चढ़ाओ, किनभने उहाँ भला हुनुहुन्‍छ, उहाँको करुणा सदासर्वदा रहिरहन्‍छ।
2 परमप्रभुले छुटकारा दिनुभएकाहरूले यसै भनून्‌— जसलाई उहाँले शत्रुहरूका हातबाट मोल तिरेर छुटाउनुभयो,

रोमी 10 : 17
17 जे सुनिएको छ, त्‍यसैबाट विश्‍वास आउँछ र जे सुनिन्‍छ त्‍यो ख्रीष्‍टको प्रचारबाट आउँछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *