यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गवाही
लूका 8 : 39
39 “तिमी आफ्नो घर फर्क, र परमेश्वरले तिम्रो निम्ति कति ठूलो काम गर्नुभयो, सो घोषणा गर।” तब त्यो गयो, र येशूले त्यसको निम्ति कति ठूलो काम गर्नुभएको थियो, सो सारा सहरभरि प्रचार गर्न लाग्यो।
२ तिमोथी 1 : 8
8 यसकारण हाम्रा प्रभुको गवाही दिन शर्म नमान, न त म, उहाँको कैदीको, तर परमेश्वरको शक्तिमा सुसमाचारको निम्ति दुःख-भोगमा तिमी सहभागी होऊ।
प्रकाश 12 : 11
11 तिनीहरूले थुमाको रगत र आफ्ना गवाहीको वचनको कारण त्यसलाई जितेका छन्, र तिनीहरूले मृत्युसम्मै पनि आफ्नो ज्यानको माया राखेनन्।
मत्ती 10 : 32
32 “यसकारण हरेक जसले मानिसहरूका सामु मलाई स्वीकार गर्छ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामुन्ने स्वीकार गर्नेछु।
भजनसंग्रह 71 : 15 – 18
15 मेरो मुखले तपाईंको धार्मिकता, र तपाईंबाट हुने उद्धारको विषयमा सारा दिन बोल्नेछ, यद्यपि तिनको परिमाण मलाई थाहा छैन।
16 हे परमप्रभु परमेश्वर, तपाईंका शक्तिशाली कार्यको म घोषणा गर्नेछु, तपाईंका धार्मिकताको मात्र म घोषणा गर्नेछु।
17 हे परमेश्वर, युवावस्थादेखि तपाईंले मलाई शिक्षा दिनुभएको छ, र आजको दिनसम्म तपाईंका उदेकका कार्यहरूको घोषणा गर्दछु,
18 हे परमेश्वर, म वृद्ध हुँदा र मेरो कपाल फुलिसक्दा पनि मलाई नत्याग्नुहोस्, अर्को पुस्तालाई र पछि आउने सबैलाई मैले तपाईंका सामर्थ्यको घोषणा नगरेसम्म मलाई नत्याग्नुहोस्।
भजनसंग्रह 119 : 46
46 म राजाहरूका समक्ष तपाईंका कानूनहरूका विषयमा बोल्नेछु, अनि म लाजमा पर्नेछैनँ।
भजनसंग्रह 66 : 16
16 परमेश्वरसित डराउनेहरू सबै आओ र सुन, उहाँले मेरो निम्ति के गर्नुभयो मलाई भन्न देओ।
१ यूहन्ना 5 : 11
11 गवाहीचाहिँ यही हो, कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो, र यो जीवन उहाँका पुत्रमा छ।
१ यूहन्ना 1 : 1 – 4
1 जीवनको त्यस वचनको विषयमा, जो सुरुदेखि थियो, जो हामीले सुनेका छौं, जो हाम्रै आँखाले हामीले देखेका छौं, जो हामीले हेर्यौं र हाम्रा हातले छोयौं,
2 त्यो जीवन प्रकट भयो, र हामीले देख्यौं, र हामी गवाही दिन्छौं, र तिमीहरूलाई त्यस अनन्त जीवनको सन्देश सुनाउँछौं, जो पितासँग थियो, र हामीकहाँ प्रकट भयो।
3 हामीले जे देखेका र सुनेका छौं, सो हामी तिमीहरूलाई सुनाउँछौं, ताकि हामीहरूसँग तिमीहरूको सङ्गति होस्। हाम्रो सङ्गति पिता र उहाँका पुत्र येशू ख्रीष्टसँग छ।
4 हामी यी कुरा यस हेतुले लेखिरहेका छौं, कि हाम्रो आनन्द पूर्ण होस्।
तीतस 3 : 3 – 7
3 किनभने हामी पनि एक पल्ट मूर्ख, अटेरी, बरालिएका, किसिम-किसिमका कामवासना र सुख-विलासमा फसेका, द्वेष र डाहमा दिन बिताउने, मानिसबाट घृणित भएका, एउटाले अर्कालाई घृणा गर्ने थियौं।
4 तर जब परमेश्वर हाम्रा मुक्तिदाताको भलाइ र प्रेम प्रकट भयो,
5 तब हामी आफैले धार्मिकतामा गरेका कामबाट होइन, तर उहाँको आफ्नै कृपाअनुसार पुनर्जीवनको स्नानद्वारा र पवित्र आत्माद्वारा भएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो,
6 जो उहाँले हाम्रा मुक्तिदाता येशू ख्रीष्टद्वारा हामीमाथि प्रशस्त गरी खन्याउनुभयो,
7 ताकि उहाँको अनुग्रहले धर्मी ठहरिएर हामी अनन्त जीवनको आशा राख्ने उत्तराधिकारी बन्न सकौं।
२ तिमोथी 1 : 8 – 9
8 यसकारण हाम्रा प्रभुको गवाही दिन शर्म नमान, न त म, उहाँको कैदीको, तर परमेश्वरको शक्तिमा सुसमाचारको निम्ति दुःख-भोगमा तिमी सहभागी होऊ।
9 उहाँले हामीलाई उद्धार गर्नुभयो, र एउटा पवित्र बोलावटद्वारा बोलाउनुभयो। हाम्रो कामको आधारमा होइन, तर उहाँको आफ्नै अभिप्राय र अनुग्रहको आधारमा हो, जो उहाँले ख्रीष्ट येशूमा युग-युग अघिदेखि हामीलाई दिनुभएको थियो,
१ पत्रुस 3 : 15
15 तर ख्रीष्टलाई प्रभु मानेर तिम्रो हृदयमा उहाँको श्रद्धा गर। तिमीहरूमा भएका आशाको विषयमा कसैले सोधपूछ गरे त्यसको जवाफ दिन सधैँ तत्पर बस, तर त्यो काम नम्रता र श्रद्धासाथ गर।
१ कोरिन्थी 2 : 1 – 5
1 भाइ हो, म तिमीहरूकहाँ आउँदा, ठूला-ठूला कुराहरू र बुद्धिमा परमेश्वरका गवाहीको घोषणा गर्दै आइनँ।
2 किनकि तिमीहरूसँग हुँदा येशू ख्रीष्ट र उहाँलाई क्रूसमा टाँगेका कुराबाहेक अरू केही नजान्ने नै मैले निश्चय गरेको थिएँ।
3 म तिमीहरूकहाँ दुर्बलतामा र ज्यादै डर र कम्पसाथ आएँ।
4 मेरो उपदेश र सन्देश घतलाग्दो र बुद्धिपूर्ण शब्दमा थिएन, तर पवित्र आत्माको र शक्तिको प्रदर्शनमा थियो,
5 ताकि तिमीहरूको विश्वास मानिसको बुद्धिमा होइन, तर परमेश्वरको शक्तिमा आधारित होस्।
यर्मिया 51 : 10
10 “‘परमप्रभुले हामीलाई निर्दोष ठहराउनुभएको छ। आऔं, हामी परमप्रभु हाम्रा परमेश्वरले के गर्नुभएको छ, त्यो सियोनमा प्रचार गरौं’।
हिब्रू 2 : 12
12 उहाँ भन्नुहुन्छ, “मेरा भाइहरूका सामुन्ने तपाईंको नाउँ म घोषणा गर्नेछु, सभाको बीचमा म तपाईंको प्रशंसा गर्नेछु।”
भजनसंग्रह 91 : 2 – 13
2 परमप्रभुको बारेमा म भन्नेछु, “उहाँ मेरो शरणस्थान र किल्ला हुनुहुन्छ, मेरा परमेश्वर, जसमाथि म भरोसा राख्तछु।”
3 निश्चय नै उहाँले तिमीलाई शिकारीको पासोबाट, र घातक रूढ़ीबाट बचाउनुहुनेछ।
4 उहाँले तिमीलाई आफ्ना प्वाँखहरूले छोप्नुहुनेछ, र उहाँका पखेटामुनि तिमीले शरण पाउनेछौ। उहाँको विश्वसनीयता तिम्रो ढाल र पर्खाल हुनेछ।
5 तिमी रातको ठूलो त्रासदेखि, र दिनमा उड़ेर आउने बाणदेखि डराउनेछैनौ,
6 न त अन्धकारमा फैलिने रूढ़ीदेखि, न मध्यदिनमा नाश गर्ने महामारीदेखि डराउनेछौ।
7 एक हजार जना तिम्रो नजिक लोट्लान्, र तिम्रो दाहिने हाततर्फ दश हजार जना, तर तिम्रो नजिक त्यो आउनेछैन।
8 तिमीले आफ्ना आँखाले मात्र त्यो अवलोकन गर्नेछौ, र दुष्टहरूको प्रतिफल देख्नेछौ।
9 यदि तिमीले सर्वोच्च प्रभुलाई आफ्नो वासस्थान बनायौ भने— परमप्रभुलाई, जो मेरो शरणस्थान हुनुहुन्छ—
10 तिम्रो कुनै अनिष्ट हुनेछैन, तिम्रो घरको नजिक कुनै विपत्ति आउनेछैन।
11 किनकि उहाँले आफ्ना स्वर्गदूतहरूलाई, तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ।
12 तिनीहरूले तिमीलाई आफ्ना हात-हातै थाम्नेछन्, नत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछन्।
13 तिमीले सिंह र गोमनलाई कुल्चनेछौ, जवान सिंह र सर्पलाई तिमीले पैतालामुनि लतार्नेछौ।
२ तिमोथी 1 : 12
12 यसकारण मैले यी कुरा भोगेको पनि छु। तर म शर्माउँदिनँ, किनभने मैले कसमाथि विश्वास राखेको छु सो म जान्दछु, र मलाई निश्चय छ, जुन कुरा त्यस दिनसम्म मैले उहाँलाई सुम्पेको छु, त्यो सुरक्षित राख्न सक्ने उहाँ हुनुहुन्छ।
१ तिमोथी 6 : 13
13 सबै थोकलाई जीवन दिनुहुने परमेश्वर र पन्तियस पिलातसको अगाडि असल गवाही दिनुहुने ख्रीष्ट येशूको सामने,
भजनसंग्रह 40 : 9 – 10
9 म ठूलो सभामा उद्धारको सुसमाचार सुनाउँछु। मेरा ओठहरू म बन्द गर्दिनँ, हे परमप्रभु, तपाईंलाई यो थाहा छ।
10 तपाईंको धार्मिकता म मेरो हृदयभित्र लुकाउँदिनँ। तपाईंको विश्वस्तता र तपाईंबाट हुने उद्धारको विषयमा म बोल्दछु। तपाईंको प्रेम र तपाईंको सत्यता म ठूलो सभाबाट लुकाउँदिनँ।
Leave a Reply