यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गर्व मान्छे
याकूब 4 : 6
6 तर उहाँले अझ बढ़ी अनुग्रह दिनुहुन्छ? यसैकारण पवित्र-धर्मशास्त्र यसो भन्दछ, “परमेश्वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।”
१ पत्रुस 5 : 5
5 त्यसै गरी जवान हो, बूढ़ापाकाहरूका अधीनमा बस। एक-अर्काको अधीनमा रहेर तिमीहरू सबैले नम्रताको वस्त्र धारण गर। किनभने, “परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।”
यशैया 2 : 11
11 मानिसको अभिमानी नजर खसालिनेछ र मानिसहरूको शेखी झारिनेछ, त्यस दिन परमप्रभु मात्र उच्च हुनुहुनेछ।
फिलिप्पी 2 : 4
4 तिमीहरू हरेकले आफ्नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर।
फिलिप्पी 2 : 3
3 स्वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान।
भजनसंग्रह 119 : 21
21 तपाईं अहङ्कारीहरूलाई हप्काउनुहुन्छ, जो श्रापित छन्, र जो तपाईंका आज्ञाहरूबाट तर्केर हिँड्छन्।
मत्ती 7 : 1 – 2
1 “अरूलाई दोषी नठहराओ, र तिमीहरू पनि दोषी ठहराइनेछैनौ।
2 किनभने जसरी तिमीहरू अरूहरूलाई दोषी ठहराउँछौ, त्यसरी नै तिमीहरू पनि दोषी ठहराइनेछौ। जुन नापले तिमीहरू नाप्तछौ, त्यसै गरी तिमीहरूका निम्ति पनि नापिनेछ।
Leave a Reply