यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गर्व को आत्मा
याकूब 4 : 6
6 तर उहाँले अझ बढ़ी अनुग्रह दिनुहुन्छ? यसैकारण पवित्र-धर्मशास्त्र यसो भन्दछ, “परमेश्वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।”
हितोपदेश 16 : 5
5 परमप्रभु हृदयमा घमण्ड भएका सबैलाई घिनाउनुहुन्छ, यो निश्चय छ, तिनीहरू दण्डरहित रहनेछैनन्।
हितोपदेश 16 : 18 – 19
18 सर्वनाशको अघि अभिमान र पतनको अघि घमण्डी आत्मा आउँछ।
19 आत्मामा नम्र भएर थिचोमिचोमा परेकाहरूका माझमा रहनु अहङ्कारीहरूसित लूटको माल बाँड्नुभन्दा उत्तम हो।
हितोपदेश 8 : 13
13 परमेश्वरको भय मान्नु दुष्टतालाई घृणा गर्नु हो, अभिमान, अहङ्कार, खराब चालचलन र भड्काउने कुराहरू म घृणा गर्छु।
याकूब 4 : 7
7 यसकारण आफैलाई परमेश्वरको अधीनमा राख। दियाबलसको विरोध गर, र त्यो तिमीहरूबाट भाग्नेछ।
लूका 10 : 19 – 20
19 मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुको सारा शक्तिमाथि अधिकार दिएको छु, र कुनै कुराले तिमीहरूलाई हानि गर्नेछैन।
20 तापनि दुष्टात्माहरू तिमीहरूको वशमा छन् भनेर रमाउने होइन, तर तिमीहरूका नाउँ स्वर्गमा लेखिएका छन् भनेर नै रमाओ।”
रोमी 12 : 2
2 यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक।
लूका 11 : 13
13 तिमीहरू दुष्ट भईकन आफ्ना छोराछोरीहरूलाई असल थोकहरू दिन जान्दछौ भने, तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढ़ी गरेर पवित्र आत्मा दिनुहुन्छ।”
Leave a Reply