गर्भाधान

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गर्भाधान

यर्मिया 1 : 5
5 “मैले तँलाई गर्भमा रच्‍नभन्‍दा अघि नै तँलाई चिनिसकेको थिएँ, तँ जन्‍मनभन्‍दा अघि नै मैले तँलाई अलग गरें। मैले तँलाई जाति-जातिहरूका निम्‍ति एक अगमवक्ता नियुक्त गरें।”

उत्‍पत्ति 25 : 21
21 तिनी बाँझी भएकी हुनाले इसहाकले आफ्‍नी पत्‍नीको निम्‍ति परमप्रभुसँग प्रार्थना गरे। तब परमप्रभुले उनको प्रार्थना सुन्‍नुभयो, र रिबेका गर्भवती भइन्‌।

उत्‍पत्ति 30 : 22
22 तब परमेश्‍वरले राहेललाई सम्‍झनुभयो, र तिनको बिन्‍ती सुनेर उहाँले तिनको गर्भ खोलिदिनुभयो।

भजनसंग्रह 139 : 13 – 16
13 किनकि तपाईंले नै म भित्रका अङ्ग-प्रत्‍यङ्ग बनाउनुभयो, तपाईंले मलाई मेरी आमाको गर्भमा रच्‍नुभयो।
14 म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्‌भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्‌भुत छन्‌, र त्‍यो कुरा म पूर्ण रूपले जान्‍दछु।
15 जब अदृश्‍यमा म बनिँदैथिएँ, मेरो रचना तपाईंबाट लुकेको थिएन। अनि जब म पृथ्‍वीको गहिराइमा रचिँदैथिएँ,
16 तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्‍ति नियुक्त गरिएको आयु तपाईंको पुस्‍तकमा लेखिएको थियो। त्‍यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए।

उत्‍पत्ति 21 : 1
1 आफूले भन्‍नुभएअनुसार सारालाई परमप्रभुले कृपा देखाउनुभयो, र आफ्‍नो प्रतिज्ञाबमोजिम गर्नुभयो।

भजनसंग्रह 127 : 3 – 5
3 छोराहरू परमप्रभुले दिनुभएको उत्तराधिकार हुन्‌, छोराछोरीहरू उहाँका इनाम हुन्‌।
4 योद्धाको हातमा भएका काँड़हरूझैँ, युवावस्‍थामा जन्‍मेका छोराहरू हुन्‍छन्‌,
5 त्‍यो मानिस धन्‍यको हो, जसको ठोक्रो काँडहरूले भरिएको हुन्‍छ। मूल ढोकामा आफ्‍ना शत्रुहरूको सामना गर्नुपर्दा, तिनीहरू शर्ममा पर्नेछैनन्‌।

लूका 1 : 37
37 किनकि परमेश्‍वरको निम्‍ति कुनै कुरा असम्‍भव छैन।”

प्रस्‍थान 23 : 26
26 तिमीहरूको देशमा कोही गर्भ तुहुने वा बाँझी हुनेछैन। म तिमीहरूलाई पूरा आयु दिनेछु।”

भजनसंग्रह 113 : 9
9 बाँझी स्‍त्रीलाई छोराछोरीका सुखी आमाको रूपमा स्‍थिर गरिदिनुहुन्‍छ। परमप्रभुको प्रशंसा गर।

१ शमूएल 1 : 20
20 हन्‍नाह गर्भवती भइन्, र बेला पुगेपछि तिनले एक जना छोरो जन्‍माइन्‌। तिनले त्‍यसको नाउँ शमूएल राखिन्, किनभने “मैले त्‍यसलाई परमप्रभुसँग मागेकी हुँ” भनी तिनी भन्‍थिन्‌।

न्यायकर्ताहरू 13 : 3 – 24
3 परमप्रभुका दूत ती स्‍त्रीकहाँ देखा परेर तिनलाई भने, “तिमी बाँझी छौ र तिम्रो कोही छोराछोरी छैन, तर तिमी गर्भवती हुनेछौ र एउटा छोरा जन्‍माउनेछौ।
4 अब मैले भनेझैँ तिमीले गर्नू, होशियार होऊ, दाखमद्य वा अरू मत्ताएको मद्य नपिउनू, र कुनै अशुद्ध भोजन नखानू,
5 किनभने तिमी गर्भवती हुनेछौ र एक जना छोरा जन्‍माउनेछौ। त्‍यसको कपालमा छुरा नलागोस्, किनभने त्‍यो बालक जन्‍मेको दिनदेखि नै परमेश्‍वरको निम्‍ति अलग गरिएको एक नाजिरी हुनेछ। त्‍यसले नै इस्राएललाई पलिश्‍तीहरूका हातबाट छुटाउन सुरु गर्नेछ।”
6 ती स्‍त्री गएर आफ्‍ना पतिलाई यसो भनेर बताइदिइन्, “परमेश्‍वरका एक जना मानिस मकहाँ आए। तिनको मोहड़ा परमेश्‍वरका दूतको झैँ थियो, र हेर्नमा अति भययोग्‍य थियो। तिनी कहाँबाट आएका हुन्‌ भनी मैले तिनलाई सोधिनँ, र तिनले पनि मलाई आफ्‍नो नाउँ बताएनन्‌।
7 तर तिनले मलाई भने, ‘तिमी गर्भवती हुनेछौ र एक जना छोरा जन्‍माउनेछौ। आजदेखि उसो तिमीले दाखमद्य वा अरू मत्ताएको मद्य नपिउनू र अशुद्ध भोजन नखानू, किनभने त्‍यो केटो जन्‍मेको दिनदेखि मर्ने दिनसम्‍मै परमेश्‍वरको निम्‍ति अलग गरिएको नाजिरी हुनेछ’।”
8 तब मानोहले परमप्रभुलाई यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु, बिन्‍ती छ, तपाईंले पठाउनुभएका, परमेश्‍वरका ती मानिस फेरि एक पल्‍ट आऊन्‌ र त्‍यो जन्‍मने बालकलाई हुर्काउन हामीले के गर्नुपर्छ सो हामीलाई बताइदेऊन्।”
9 परमेश्‍वरले मानोहको प्रार्थना सुन्‍नुभयो, र परमेश्‍वरका दूत बारीमा बसिरहेकी ती स्‍त्रीकहाँ फेरि आए। तिनका पति तिनीसँग थिएनन्‌।
10 स्‍त्री झट्टै दगुरेर गई मानोहलाई भनिन्, “त्‍यस दिन आएका ती मानिस फेरि मकहाँ आएका छन्‌।”
11 मानोह झट्टै तिनीसँग गए र त्‍यस व्‍यक्तिलाई भेटेर भने, “के मेरी पत्‍नीसँग कुरा गर्ने तपाईं नै हुनुहुन्‍छ?” तिनले भने, “हो, म नै हुँ।”
12 मानोहले भने, “जब तपाईंको वचन पूरा हुनेछ, तब त्‍यो केटाको जीवन र कामको नियम कस्‍तो हुनेछ?”
13 परमप्रभुका दूतले जवाफ दिएर भने, “मैले जे भनेको छु सो कुरा तिम्री पत्‍नीले होशियारसँग पालन गर्नुपर्छ।
14 दाखको बोटबाट निस्‍केको केही पनि तिनले चाख्‍नुहुँदैन। तिनले दाखमद्य वा अरू मत्ताएको मद्य पिउनुहुँदैन। कुनै पनि अशुद्ध खानेकुरा तिनले खानुहुँदैन। मैले जे भनेको छु त्‍यो सबै तिनले गर्नुपर्छ।”
15 मानोहले परमप्रभुका दूतलाई भने, “कृपा गरी पर्खनुहोस्, र हामी तपाईंको निम्‍ति एउटा पाठो तयार गर्नेछौं।”
16 परमप्रभुका दूतले जवाफ दिए, “तिमीहरूले मलाई रोक्‍यौ भने पनि म तिमीहरूले चढ़ाएको भोजन खान्‍नँ। तर तिमीहरूको इच्‍छा छ भने होमबलि तयार गर र त्‍यो परमप्रभुमा चढ़ाओ।” मानोहले तिनलाई परमप्रभुका दूत हुन्‌ भनी चिनेनन्‌।
17 तब मानोहले तिनलाई भने, “तपाईंको नाउँ के हो? किनकि तपाईंको वचन पूरा भएपछि हामी तपाईंको आदर गर्न चाहन्‍छौं।”
18 परमप्रभुका दूतले तिनलाई भने, “तिमी किन मेरो नाउँ सोध्‍ने आँट गर्छौ? यो नाउँ समझदेखि बाहिर छ।”
19 तब मानोहले पाठो र उचित अन्‍नबलि लिएर ती चट्टानमाथि परमप्रभुकहाँ चढ़ाए। अनि मानोह र तिनकी पत्‍नीले हेरिरहेकै बेलामा परमप्रभुले आश्‍चर्यमय काम गर्नुभयो।
20 जब त्‍यस वेदीबाट स्‍वर्गतिर एउटा ज्‍वाला उठ्यो, तब ज्‍वालासँगै परमप्रभुका दूत मास्‍तिर गए। यो देखेर मानोह र तिनकी पत्‍नी घोप्‍टो परे।
21 त्‍यसपछि परमप्रभुका ती दूत मानोह र तिनकी पत्‍नीकहाँ फेरि देखा परेनन्, र मानोहले ती त परमप्रभुका दूत रहेछन्‌ भनी थाहा पाए।
22 तर तिनले आफ्‍नी पत्‍नीलाई भने, “हामी त निश्‍चय नै मर्नेछौं, किनभने हामीले परमेश्‍वरलाई देखेका छौं।”
23 तर तिनकी पत्‍नीले जवाफ दिइन्, “परमप्रभुले हामीलाई मार्ने नै इच्‍छा गर्नुभएको भए उहाँले हाम्रा हातका होमबलि र अन्‍नबलि ग्रहण गर्नुहुनेथिएन र यी सबै कुरा देखाउनुहुनेथिएन वा भन्‍नुहुनेथिएन।”
24 ती स्‍त्रीले एउटा छोरो जन्‍माइन्‌ र तिनको नाउँ शिमशोन राखिन्‌। त्‍यो बालक बढ्‌न लाग्‍यो, र परमप्रभुले त्‍यसलाई आशिष्‌ दिनुभयो।

लूका 1 : 31 – 35
31 अब हेर, तिमीले गर्भधारण गर्नेछ्यौ, र एउटा छोरो जन्‍माउनेछ्यौ, र तिमीले उहाँको नाउँ येशू राख्‍नेछ्यौ।
32 उहाँ महान्‌ हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, र परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ।
33 उहाँले याकूबको वंशमाथि सदासर्वदै राज्‍य गर्नुहुनेछ, र उहाँको राज्‍यको अन्‍त्‍य हुनेछैन।”
34 मरियमले स्‍वर्गदूतलाई भनिन्, “यो कसरी हुन सक्‍छ, किनकि म एक कन्‍या हुँ।”
35 स्‍वर्गदूतले तिनलाई जवाफ दिएर भने, “पवित्र आत्‍मा तिमीमा आउनुहुनेछ, र सर्वोच्‍चका शक्तिको छाया तिमीमाथि पर्नेछ। यसैकारण जो जन्‍मनुहुनेछ, उहाँ पवित्र, अर्थात्‌ परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ।

व्यवस्था 7 : 14
14 तिमीहरू अरू मानिसहरूभन्‍दा ज्‍यादै आशीर्वादी हुनेछौ। तिमीहरूका पुरुष वा स्‍त्रीहरूमध्‍ये कोही पनि निस्‍सन्‍तान हुनेछैन न त पशुहरूमध्‍ये कुनै पनि बैला हुनेछ।

लूका 1 : 36
36 हेर, तिम्री नातेदार एलीशिबाले पनि तिनको वृद्धावस्‍थामा छोरो गर्भधारण गरेकी छिन्, र जो बाँझी कहलाइएकी थिइन्, तिनी अहिले छैटौँ महिनामा छिन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *