यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गर्भनिरोधक
भजनसंग्रह 127 : 3 – 5
3 छोराहरू परमप्रभुले दिनुभएको उत्तराधिकार हुन्, छोराछोरीहरू उहाँका इनाम हुन्।
4 योद्धाको हातमा भएका काँड़हरूझैँ, युवावस्थामा जन्मेका छोराहरू हुन्छन्,
5 त्यो मानिस धन्यको हो, जसको ठोक्रो काँडहरूले भरिएको हुन्छ। मूल ढोकामा आफ्ना शत्रुहरूको सामना गर्नुपर्दा, तिनीहरू शर्ममा पर्नेछैनन्।
गलाती 5 : 19 – 21
19 पापमय स्वभावका कामहरू प्रत्यक्ष छन्, जो यी नै हुन्— व्यभिचार, अपवित्रता, लम्पटपना,
20 मूर्तिपूजा, मन्त्रतन्त्र, दुश्मनी, झैँझगड़ा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फूट, गुटबन्दी,
21 डाह, पियक्कड़पन, अश्लील मोजमज्जा र यस्तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्ता कामहरू गर्दछन्, परमेश्वरका राज्यका हकदार बन्नेछैनन्।
उत्पत्ति 38 : 8 – 10
8 तब यहूदाले ओनानलाई भने, “तेरी भाउजूकहाँ जा, र देवरले गर्नुपर्ने कर्तव्य गर्, र तेरा दाजुको निम्ति सन्तान उत्पन्न गर्।”
9 तर सन्तान आफ्नो नहुने जानेर ओनानले भाउजूकहाँ जाँदा दाजुको सन्तान नहोस् भन्ने हेतुले वीर्यचाहिँ भूइँमा पतन गर्थ्यो।
10 त्यसले गरेको यो काम परमप्रभुको दृष्टिमा खराब ठहरियो, र उहाँले त्यसको पनि प्राण लिनुभयो।
भजनसंग्रह 127 : 3
3 छोराहरू परमप्रभुले दिनुभएको उत्तराधिकार हुन्, छोराछोरीहरू उहाँका इनाम हुन्।
उत्पत्ति 1 : 28
28 परमेश्वरले तिनीहरूलाई आशिष् दिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ। समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।”
Leave a Reply