गर्जन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गर्जन

प्रस्‍थान 9 : 34
34 तर जब फारोले पानी, असिना र गर्जन थामिएका देखे, तब उनले अझ बढ्‌ता पाप गरे, र उनले र उनका अधिकारीहरूले आफ्‍ना हृदय कठोर गरे।

१ शमूएल 7 : 10
10 तब शमूएलले होमबलि चढ़ाइरहँदा, पलिश्‍तीहरू इस्राएलीहरूसँग लड़ाइँ गर्नलाई अगि बढ़े। तर त्‍यस दिन परमप्रभु पलिश्‍तीहरूका विरुद्धमा ठूलो सोरले गर्जनुभयो र पलिश्‍तीहरूका बीचमा खलबली पार्नुभयो। आतङ्कले भरिएर उनीहरू इस्राएलको सामुबाट भागे।

यशैया 29 : 6
6 सर्वशक्तिमान्‌ परमप्रभु गड्याङगुडुङ, भुइँचालो र ठूलो आवाज, भुमरी र आँधीबेहरी, भस्‍म गर्ने आगोको ज्‍वालासित आउनुहुनेछ।

प्रस्‍थान 19 : 16
16 तेस्रो दिन जब बिहान भयो तब पर्वतमा गड्‌याङगुडुङ भयो र बिजुली चम्‍क्‍यो र बाक्‍लो बादल पर्वतमा उठ्यो, र तुरहीको अति चर्को आवाज सुनियो। छाउनीमा भएका सबै जना थरथर कामे।

भजनसंग्रह 77 : 18
18 तपाईंको गर्जन आँधीबेहरीमा सुनियो, तपाईंको बिजुलीले संसारलाई आलोकित पारिदियो, पृथ्‍वी कम्‍पित भएर हल्‍लियो।

हिब्रू 12 : 19
19 तुरहीको ठूलो आवाजको समीप, र एउटा सोरको छेउ पनि तिमीहरू आएका छैनौ, जसका शब्‍द सुन्‍नेहरूले “अब अरू बढ़ी एक वचन पनि नबोलिओस्‌” भनी बिन्‍ती गरे।

१ शमूएल 12 : 18
18 तब शमूएलले परमप्रभुलाई पुकारे, र उहाँले त्‍यसै दिन गर्जन र वृष्‍टि पठाउनुभयो। सबै मानिसहरू परमप्रभु र शमूएलको अगि भयभीत भए।

अय्‍यूब 26 : 14
14 यी ता उहाँको शक्तिको एक छेउ मात्र हुन्, हामीले सुन्‍ने उहाँको मधुर सोर कति मधुरो छ। तब उहाँको शक्तिको गर्जन कसले बुझ्‍न सक्‍छ र?”

भजनसंग्रह 77 : 18
18 तपाईंको गर्जन आँधीबेहरीमा सुनियो, तपाईंको बिजुलीले संसारलाई आलोकित पारिदियो, पृथ्‍वी कम्‍पित भएर हल्‍लियो।

मर्कूस 3 : 17
17 जब्‍दियाका छोरा याकूब र याकूबका भाइ यूहन्‍ना। उहाँले तिनीहरूलाई बोअनर्गेश, अर्थात्‌ गर्जनका छोराहरू भन्‍ने नाउँ दिनुभयो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *