यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गरिब हुनु
याकूब 2 : 5
5 मेरा प्रियहरू, सुन, के परमेश्वरले संसारका गरीबहरूलाई विश्वासमा धनी तुल्याएर त्यस राज्यका उत्तराधिकारी हुनलाई चुन्नुभएन र? यहि राज्य उहाँलाई प्रेम गर्नेहरूलाई उहाँले दिने प्रतिज्ञा गर्नुभएको होइन र?
भजनसंग्रह 34 : 6
6 यस दु:खित मानिसले परमप्रभुलाई पुकारा गर्यो, अनि उहाँले सुन्नुभयो, र त्यसलाई त्यसका सबै कष्टबाट बचाउनुभयो।
भजनसंग्रह 34 : 17
17 जब धार्मिक जनहरूले पुकारा गर्छन्, तब परमप्रभुले सुन्नुहुन्छ, र तिनीहरूका सबै सङ्कष्टबाट तिनीहरूलाई उद्धार दिनुहुन्छ।
हितोपदेश 21 : 13
13 गरीबले पुकारा गर्दा यदि मानिसले आफ्नो कान बन्द गर्छ भने, त्यसले पनि पुकारा गर्नेछ तर जवाफ भने पाउनेछैन।
व्यवस्था 15 : 7 – 8
7 यदि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशको कुनै नगरमा कुनै दाजुभाइ गरीब छ भने, तिमीले त्यस गरीब भाइप्रति निष्ठुर भएर आफ्नो मुट्ठी नबाँध्नू।
8 बरु आफ्नो मुट्ठी खोलेर त्यसको खाँचोअनुसार जे-जति चाहिन्छ सापट दिनू।
हितोपदेश 19 : 17
17 गरीबप्रति दयालु हुनु परमप्रभुलाई सापट दिनु हो, र त्यसले जे गरेको छ, त्यसको इनाम उहाँले त्यसलाई दिनुहुनेछ।
अय्यूब 29 : 12
12 किनभने सहायताको लागि पुकारा गर्दा गरीब मानिसहरूलाई, र रक्षाहीन पितृहीनहरूलाई मैले बचाएँ।
प्रेरित 4 : 34 – 35
34 तिनीहरूमध्ये कसैलाई केही कुराको खाँचो पर्दैनथ्यो, किनकि जति जना जग्गा जमिन कि घरका मालिक थिए, तिनीहरूले ती बेचेर त्यसको मोल ल्याउँथे,
35 र प्रेरितहरूका चरणमा राखिदिन्थे, र जस-जसलाई जे-जे कुराको खाँचो पर्थ्यो, सो हरेकलाई बाँड़िदिन्थे।
हितोपदेश 22 : 16
16 आफ्नो सम्पत्ति बढ़ाउन गरीबमाथि थिचोमिचो गर्ने, र धनीलाई उपहारहरू दिने दुवै व्यक्ति दरिद्र बन्छन्।
मत्ती 6 : 24
24 “कसैले दुई मालिकको सेवा गर्न सक्दैन। किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ। अथवा त्यसले एउटाप्रति भक्ति राख्नेछ, र अर्कालाई त्यसले तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ।
लूका 6 : 31
31 जसो मानिसहरूले तिमीहरूसँग गरून् भन्ने तिमीहरू इच्छा गर्दछौ, तिमीहरूले पनि तिनीहरूसँग त्यसै गर।
इजकिएल 16 : 49 – 50
49 “‘अब तेरी बहिनी सदोमको पापचाहिँ यही थियो: त्यो र त्यसका छोरीहरू हठी थिए, पेटभरि खान्थे र लापरवाहीमा बस्थे। तिनीहरूले दरिद्रहरूलाई सहायता गरेनन्।
50 तिनीहरू अहङ्कारी थिए, र मेरो सामुन्ने घिनलाग्दा काम गरे। यसकारण मैले तिनीहरूलाई सर्वनाश गरें— त्यो तैंले देखेकै छेस्।
लूका 16 : 13
13 “कुनै नोकरले दुई मालिकको सेवा गर्न सक्दैन, किनकि त्यसले एउटालाई घृणा गरेर अर्कालाई प्रेम गर्छ, अथवा त्यो एउटाको भक्त भएर अर्कालाई तुच्छ ठान्छ। तिमीहरू परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ।”
Leave a Reply