यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गरिब मानिसहरू
हितोपदेश 19 : 17
17 गरीबप्रति दयालु हुनु परमप्रभुलाई सापट दिनु हो, र त्यसले जे गरेको छ, त्यसको इनाम उहाँले त्यसलाई दिनुहुनेछ।
व्यवस्था 15 : 11
11 देशमा गरीब सधैँ हुनेछन्। यसकारण म तिमीहरूलाई आज्ञा दिँदैछु, आफ्ना भाइबन्धु र आफ्नो देशमा भएका गरीब र दरिद्र हुनेहरूलाई उदार-चित्तले दिनू।
मत्ती 5 : 3
3 “धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो।
१ यूहन्ना 3 : 17
17 कसैसित संसारको धन-सम्पत्ति छ, र पनि आफ्ना दाजुभाइलाई खाँचोमा परेको देख्दा उनीहरूप्रति आफ्नो मन कठोर पार्छ भने, परमेश्वरको प्रेमले कसरी त्यसमा वास गर्छ?
मत्ती 6 : 24
24 “कसैले दुई मालिकको सेवा गर्न सक्दैन। किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ। अथवा त्यसले एउटाप्रति भक्ति राख्नेछ, र अर्कालाई त्यसले तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ।
लूका 12 : 33
33 तिमीहरूको सम्पत्ति बेचेर दान देओ। आफ्नो निम्ति थोत्रो नहुने थैलीहरू बनाओ। स्वर्गमा कहिल्यै नष्ट नहुने धन स्वर्गमा सञ्चय गर। त्यहाँ चोर आउँदैन र कीरा पनि लाग्दैन।
२ कोरिन्थी 9 : 7
7 अनि हरेक मानिसले आफ्नो मनमा सङ्कल्प गरेबमोजिम देओस्, इच्छा नभई होइन, न त करकापमा परेर। किनभने खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।
एफिसी 4 : 28
28 चोर्नेले अब उसो नचोरोस्। बरु उसले परिश्रम गरोस्। उसले आफ्नो हातले ईमानदारीसाथ परिश्रम गरोस्, र खाँचोमा परेकाहरूलाई दिन सकोस्।
प्रेरित 20 : 35
35 मैले सबै कुरामा तपाईंहरूलाई उदाहरण दिएको छु, कि तपाईंहरूले पनि यसरी नै कड़ा परिश्रम गरेर निर्धाहरूलाई मदत गर्नुपर्छ। प्रभु येशूको वचन याद राख्नुहोस्, कसरी उहाँ आफैले भन्नुभएको छ, कि लिनुभन्दा दिनु अझ धन्य हो।”
हितोपदेश 29 : 7
7 धर्मात्माले गरीबको न्यायबारे हेर-विचार गर्छ, तर दुष्टले चाहिँ त्यसबारे सरोकार नै राख्दैन।
यशैया 58 : 10
10 अनि सम्पूर्ण हृदयले तिमीहरूले आफैलाई भोकाहरूका निम्ति दियौ, र अत्याचारमा परेकाहरूको आवश्यकता पूरा गरिदियौ भने, तिमीहरूको ज्योति अँध्यारोमा चम्कनेछ र तिमीहरूको रात मध्यदिनजस्तै हुनेछ।
लूका 6 : 20 – 21
20 तब उहाँले आफ्ना चेलाहरूमाथि नजर उचालेर भन्नुभयो: “धन्य तिमी, दीन हुनेहरू, किनभने परमेश्वरको राज्य तिमीहरूकै हो।
21 धन्य तिमी, अहिले भोकाउनेहरू, किनभने तिमीहरू तृप्त हुनेछौ। धन्य तिमी, अहिले रुनेहरू, किनभने तिमीहरू हाँस्नेछौ।
हितोपदेश 14 : 31
31 गरीबलाई थिचोमिचो गर्नेले तिनीहरूका सृष्टिकर्ताप्रति अवहेलना देखाउँछ, तर दरिद्रलाई दया देखाउनेले परमेश्वरको आदर गरेको हुन्छ।
लूका 16 : 19 – 25
19 “एक जना धनी मानिस थियो, जो बहुमूल्य वस्त्र र मिहीन मलमल लगाएर दिनहुँ मोजमज्जामा बस्तथ्यो।
20 उसको ढोकामा लाजरस नाउँको एक जना गरीब मानिसलाई ल्याएर राखिदिन्थे। त्यो घावैघाउले भरिएको थियो।
21 त्यस धनी मानिसको टेबिलबाट झरेका टुक्राटाक्री खाएर लाजरसले आफ्नो पेट भर्ने इच्छा गर्थ्यो। कुकुरहरूले पनि आएर त्यसका घाउहरू चाट्थे।
22 “त्यो गरीब मानिस मर्यो, र स्वर्गदूतहरूले त्यसलाई लगेर अब्राहामको साथमा राखे। त्यो धनी मानिस पनि मर्यो र गाडियो।
23 नरकमा कठोर कष्ट भोगिरहेको बेला उसले नजर उठाएर हेर्यो र टाढ़ामा अब्राहाम र उनको साथमा लाजरसलाई देख्यो।
24 अनि उसले कराएर भन्यो, ‘हे पिता अब्राहाम, ममाथि दया गरेर लाजरसलाई पठाइदिनुहोस्, र त्यसले आफ्नो औँलाको टुप्पा पानीमा चोपेर मेरो जिब्रोलाई शीतल पारिदेओस्, किनकि म यस ज्वालामा भयङ्कर वेदना पाइरहेछु।’
25 “तर अब्राहामले भने, ‘छोरो, याद गर्, तैंले आफ्नो जीवनकालमा असल-असल कुराहरू भोग गरिस्, र त्यसै गरी लाजरसले दुःखैदुःख भोग्यो। त्यो अब यहाँ आराममा छ, र तँचाहिँ कष्टमा छस्।
Leave a Reply