गरिबी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गरिबी

हितोपदेश 6 : 11
11 दरिद्रता तँमाथि डाँकूझैँ र अभावचाहिँ हतियार भिरेको मानिसझैँ आइलाग्‍नेछ।

हितोपदेश 10 : 15
15 धनीको धन नै तिनीहरूका निम्‍ति बलियो सहर हो, तर दरिद्रताले असहायहरूको पतन हुन्‍छ।

हितोपदेश 15 : 16
16 होहल्‍लाको साथ प्रशस्‍तै धन हुनुभन्‍दा थोरै धनसित परमप्रभुको भय राख्‍नु उत्तम हो।

हितोपदेश 16 : 8
8 धार्मिकतासित थोरै हुनु अन्‍यायसँग धेरै लाभ भएको भन्‍दा उत्तम हो।

उपदेशक 4 : 6
6 परिश्रमसाथ कमाएको र बतासलाई खेदेको दुई मुट्ठी भन्‍दा शान्‍तिसित एक मुट्ठी भएको अझ असल हो।

हितोपदेश 20 : 13
13 निद्रालाई प्रेम नगर्, जसले तँलाई झन्‌-झन्‌ दरिद्र तुल्‍याउँछ। जागा रहेस्‌ र तँसँग जगेरा अन्‍न रहनेछ।

हितोपदेश 23 : 21
21 किनभने मतवाला र खन्‍चुवाहरू दरिद्र बन्‍छन्, र यस्‍तो लट्ठ्याइले तिनीहरू झुत्रे बन्‍छन्‌।

हितोपदेश 24 : 34
34 दरिद्रता तँमाथि डाँकूझैँ, र अभावचाहिँ सशस्‍त्र मानिसझैँ आइलाग्‍नेछ।

हितोपदेश 28 : 19
19 आफ्‍नो जमिन खनजोत गर्नेको प्रशस्‍त भोजन हुनेछ, तर कल्‍पनाको पछि दौड्‌नेहरू दरिद्रताले भरिन्‍छन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *