यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गदालिया
२ राजाहरू 25 : 24
24 गदल्याहले तिनीहरू र तिनीहरूका मानिसहरूलाई शपथ खाएर आश्वासन दिए, र तिनले भने, “बेबिलोनी अधिकारीहरूसँग नडराओ। देशमा बसोबास गर, र बेबिलोनका राजाको सेवा गर, र तिमीहरूको भलो हुनेछ।”
यर्मिया 39 : 14
14 मानिसहरू पठाएर यर्मियालाई गारदको चोकबाट ल्याए। तिनलाई घरमा लैजाने जिम्मेवारी उनीहरूले शापानका नाति, अहीकामका छोरा गदल्याहको हातमा छोड़िदिए। यसरी यर्मिया आफ्ना मानिसहरूसँगै रहे।
यर्मिया 40 : 6
6 यसैले यर्मिया मिस्पामा अहीकामका छोरा गदल्याहकहाँ गए, र तिनीसित देशमा छोड़िएका मानिसहरूसँगै बस्न लागे।
यर्मिया 40 : 16
16 तर अहीकामका छोरा गदल्याहले कारेहका छोरा योहानानलाई भने, “तिमीले यस्तो काम नगर। किनकि तिमीले इश्माएलको विषयमा भनेको कुरा असत्य हो।”
२ राजाहरू 25 : 26
26 यसैले बेबिलोनीहरूको डरले गर्दा सानादेखि लिएर ठूलासम्म, सेनाका अधिकृतहरूसमेत सबै मिश्रदेशमा भागे।
यर्मिया 41 : 10
10 त्यसपछि इश्माएलले मिस्पामा बाँकी रहेका जम्मै मानिसहरूलाई— राजाका छोरीहरू र अरू मानिसहरू, जुनलाई राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले अहीकामका छोरा गदल्याहको हातमा सुम्पेका थिए, ती सबैलाई त्यसले कैद गर्यो। यी कैदीहरूलाई लिएर सिमाना पारि अम्मोनीहरूकहाँ जानलाई त्यो हिँड़्यो।
१ इतिहास 25 : 3
3 यदूतूनका छोराहरूबाट: गदल्याह, सेरी, यशयाह, शिमी, हशब्याह र मत्तित्याह। यी छ जना आफ्ना पिता यदूतूनका अधीनमा थिए, जसले वीणाको साथमा परमप्रभुलाई धन्यवाद र स्तुति गर्दै अगमवाणी बोल्थे।
१ इतिहास 25 : 9
9 पहिलो चिट्ठा, जो आसापको निम्ति थियो, योसेफ र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा पर्यो— १२ जना। दोस्रो चिट्ठा गदल्याह र तिनका छोराहरू र दाजुभाइहरूको नाउँमा— १२ जना।
एज्रा 10 : 18
18 विदेशी स्त्री विवाह गर्नेहरू पूजाहारी परिवारहरूका: योसादाकका छोरा येशूअ र तिनका दाजुभाइहरूका: मासेयाह, एलीएजर, यारीब र गदल्याह थिए।
सपन्याह 1 : 1
1 अमोनका छोरा यहूदाका राजा योशियाहको शासनकालमा हिजकियाका जनाति, अमर्याहका पनाति, गदल्याहका नाति, कूशीका छोरा सपन्याहकहाँ परमप्रभुको यो वचन आयो।
यर्मिया 38 : 1
1 मत्तानका छोरा शपत्याह, पशहूरका छोरा गदल्याह, शेलेम्याहका छोरा यहूकल र मल्कियाहका छोरा पशहूरले यर्मियाले सबै मानिसहरूलाई यसो भन्दै गरेका सुने,
Leave a Reply