ख्रीष्टसमानता

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ख्रीष्टसमानता

२ कोरिन्थी 3 : 18
18 हामी सबै घुम्‍टो हटाइएको मुहारले प्रभुको महिमा प्रतिबिम्‍बित गर्दछौं, अनि एउटा महिमादेखि अर्को महिमातिर उक्‍लँदै उहाँको रूपमा बद्‌लिँदैजान्‍छौं। परमप्रभुबाट यो आउँछ, जो आत्‍मा हुनुहुन्‍छ।

रोमी 8 : 29
29 जस-जसलाई उहाँले पहिलेबाटै चिन्‍नुभएको छ, उहाँले तिनीहरूलाई आफ्‍ना पुत्रको रूपसमान बनाउनलाई, धेरै भाइहरूमध्‍ये उहाँचाहिँ ज्‍येष्‍ठ होऊन्‌ भनेर, अघिबाटै नियुक्त गर्नुभयो।

२ पत्रुस 3 : 18
18 तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको अनुग्रह र ज्ञानमा बढ्‌दैजाओ। उहाँलाई अहिले र सदासर्वदा महिमा होस्‌। आमेन।

फिलिप्पी 2 : 12 – 13
12 यसकारण मेरा प्रिय हो, जसरी तिमीहरूले सधैँ आज्ञापालन गरेका छौ, मेरो उपस्‍थितिमा मात्र गरेजस्‍तो होइन, तर अब झन्‌ बढ़ी मेरो अनुपस्‍थितिमा डर र कम्‍पसाथ तिमीहरूको आफ्‍नो मुक्तिको काम पूरा गर्न परिश्रम गर।
13 किनकि तिमीहरूलाई उहाँको असल अभिप्रायअनुसार इच्‍छा गर्ने र काम गर्ने दुवै तुल्‍याउनलाई परमेश्‍वर तिमीहरूमा काम गर्नुहुन्‍छ।

रोमी 8 : 9
9 यदि साँच्‍चै परमेश्‍वरका आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ भने, तिमीहरू पापमय स्‍वभावमा होइन, तर पवित्र आत्‍मामा हुन्‍छौ। तर कुनै मानिसमा ख्रीष्‍टका आत्‍मा हुनुहुन्‍न भनेता त्‍यो उहाँको हुँदैहोइन।

१ कोरिन्थी 11 : 1
1 मेरो अनुसरण गर्ने होओ, जसरी म ख्रीष्‍टको अनुसरण गर्दछु।

एफिसी 4 : 15
15 बरु प्रेमसित सत्‍य बोल्‍दै हरेक कुरामा हामी उहाँसम्‍मै, अर्थात्‌ ख्रीष्‍टसम्‍मै बढ्‌दैजाऔं, जो शिर हुनुहुन्‍छ।

२ थेसलोनिकी 3 : 6
6 अब भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँमा हामी तिमीहरूलाई आज्ञा दिन्‍छौं, कि हामीबाट तिमीहरूले पाएका शिक्षामा नचल्‍ने हरेक अल्‍छे भाइबाट अलग बस।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *