खोज्नुहोस्

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् खोज्नुहोस्

मत्ती 6 : 33
33 तर पहिले उहाँको राज्‍य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्‍ति थपिनेछन्‌।

यर्मिया 29 : 13
13 जब तिमीहरूले आफ्‍ना सारा हृदयले मलाई खोज्‍नेछौ, तब तिमीहरूले मलाई खोजेर पाउनेछौ।

मत्ती 7 : 7 – 12
7 “माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढक्‍याओ त तिमीहरूका निम्‍ति उघारिनेछ।
8 किनकि जसले माग्‍छ, त्‍यसले पाउँछ, जसले खोज्‍छ, त्‍यसले भेट्टाउँछ, जसले ढकढक्‍याउँछ, त्‍यसको निम्‍ति ढोका उघारिनेछ।
9 “तिमीहरूमध्‍ये कुन मानिस होला, जसको छोराले रोटी माग्‍दा त्‍यसलाई ढुङ्गा देला?
10 कि माछा माग्‍दा त्‍यसलाई साँप देला?
11 यसकारण तिमीहरू दुष्‍ट भएर आफ्‍ना छोराछोरीहरूलाई असल चीज दिन जान्‍दछौ भने, स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसित माग्‍नेहरूलाई कति बढ़ी गरेर असल चीज दिनुहुनेछ।
12 मानिसहरूले तिमीहरूसँग जस्‍तो व्‍यवहार गरून्‌ भन्‍ने तिमीहरू चाहन्‍छौ, तिमीहरूले पनि तिनीहरूसँग त्‍यस्‍तै व्‍यवहार गर, किनभने यही नै व्‍यवस्‍था र अगमवक्ताका शिक्षाको सारांश हो।

व्यवस्था 4 : 29
29 तर यदि त्‍यहाँ पनि परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले खोज्‍यौ भने र तिमीहरूका सारा हृदय र प्राणले खोज्‍यौ भने तिमीहरूले उहाँलाई भेट्टाउनेछौ।

भजनसंग्रह 27 : 8
8 मेरो हृदयले तपाईंको विषयमा भन्‍दछ, “उहाँको मुहारको खोजी गर्‌।” हे परमप्रभु, तपाईंका मुहारको खोजी म गर्नेछु।

लेवीहरू 19 : 31
31 “‘तिमीहरू झाँक्री, बोक्‍सी र जादू-मन्‍त्र गर्नेतिर नलाग्‍नू। तिनीहरूसित सल्‍लाह लिएर तिमीहरूले आफूलाई अशुद्ध नपार। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *