यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् खाडल
२ शमूएल 23 : 20
20 यहोयादाका छोरा कब्सेलका बनायाह पनि एक वीर थिए। तिनले धेरै वीरताका काम गरेका थिए। तिनले मोआबका दुई उत्तम पुरुषहरूलाई मारेका थिए, अनि तिनले हिउँ परेको बेलामा खाड़लमा झरेर एउटा सिंहलाई मारेका थिए।
भजनसंग्रह 7 : 16
16 त्यसको उपद्र्याइँ त्यसको आफ्नै टाउकोमा खनिन्छ, त्यसको अत्याचार त्यसकै थाप्लोमाथि ओइरिन्छ।
भजनसंग्रह 40 : 2
2 उहाँले मलाई सर्वनाशको खाड़ल र हिले धापबाट निकाल्नुभयो। उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसाल्नुभयो, र मलाई उभिन दृढ़ स्थान दिनुभयो।
भजनसंग्रह 57 : 6
6 तिनीहरूले मेरा गोडाका निम्ति जाल बिछाएका छन्, म सङ्कष्टले तल नुहेको छु। तिनीहरूले मेरो सामुन्ने एउटा खाड़ल खनेका छन्, तर तिनीहरू आफै त्यसमा परेका छन्। सेला
भजनसंग्रह 69 : 15
15 पानीको बाढ़ले मलाई नछोपोस्, अथवा जलले मलाई ननिलोस्, वा चिहानले आफ्नो मुख ममाथि बन्द नगरोस्।
भजनसंग्रह 119 : 85
85 तपाईंका व्यवस्थाको विपरीत अहङ्कारीहरूले मेरो निम्ति खाड़ल खनेका छन्।
हितोपदेश 23 : 27
27 किनभने वेश्या एक गहिरो खाड़ल हो, र व्यभिचारिणी स्त्री एक साँघुरो इनार हो।
हितोपदेश 26 : 27
27 मानिसले खाड़ल खन्यो भने त्यसभित्र त्यो आफै जाकिनेछ। मानिसले ढुङ्गा गुड़ायो भने त्यो गुड़ेर आफैतिर फर्कनेछ।
हितोपदेश 28 : 10
10 ईमानसँग चल्नेलाई जसले खराब बाटोतिर लैजान्छ, त्यसको आफ्नै पासोमा त्यो फस्नेछ। तर निर्दोषले पर्याप्त अंश पाउनेछ।
उपदेशक 10 : 8
8 खाड़ल खन्ने मानिस आफै त्यसमा जाकिन सक्छ, र पर्खाल भत्काउने मानिसलाई साँपले डस्न सक्छ।
यर्मिया 48 : 44
44 “त्रासदेखि भाग्ने खाड़लमा पर्नेछ। खाड़लदेखि माथि निस्कने पासोमा पर्नेछ। किनकि मोआबमाथि म त्यसको दण्डको वर्ष ल्याउनेछु,” परमप्रभु भन्नुहुन्छ।
प्रकाश 9 : 2
2 त्यसले अतल कुण्ड खोल्यो, र त्यस कुण्डबाट आगोको ठूलो भट्टीबाट निस्केको धूवाँजस्तो आयो, र कुण्डको धूवाँले सूर्य र वायुमण्डल अँध्यारो पार्यो।
प्रकाश 9 : 11
11 अतल कुण्डको दूत तिनीहरूको राजा थियो। हिब्रू भाषामा त्यसको नाउँ एबाड्डोन र ग्रीक भाषामा त्यसको नाउँ अपोल्लियोन हो।
प्रकाश 11 : 7
7 तिनीहरूले आफ्नो गवाहीको काम सिद्ध्याइसकेपछि अतल कुण्डबाट निस्किआउने त्यस पशुले तिनीहरूसँग लड़ाइँ गरी तिनीहरूलाई जितेर मार्नेछ।
प्रकाश 17 : 8
8 तिमीले देखेको त्यो पशु एक समय थियो, तर अब छैन, र सर्वनाशमा जान अतल कुण्डबाट त्यो माथि उक्लन लागेको छ। अनि पृथ्वीका बासिन्दाहरू, जसका नाउँ संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा लेखिएका छैनन्, तिनीहरू त्यस पशुलाई देखेर अचम्म मान्नेछन्, किनकि त्यो एक समय थियो, तर अब छैन र पछि आउनेछ।
प्रकाश 20 : 1
1 त्यसपछि अतल कुण्डको साँचो र एउटा ठूलो साङ्लो हातमा लिएका एउटा स्वर्गदूत स्वर्गबाट ओर्लेर आएका मैले देखें।
प्रकाश 20 : 3
3 तिनले त्यसलाई अतल कुण्डमा फालिदिए, र त्यो कुण्ड बन्द गरी मोहोर लगाइदिए, ताकि एक हजार वर्ष अन्त्य नभएसम्म जाति-जातिहरूलाई त्यसले बहकाउन नपाओस्। त्यसपछि केही समयको निम्ति त्यसलाई फुक्का गरिनुपर्छ।
Leave a Reply