खराब बानी तोड्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् खराब बानी तोड्दै

एफिसी 4 : 22 – 24
22 छली लालसाहरूद्वारा भ्रष्‍ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्‍बन्‍धित तिमीहरूको पुरानो स्‍वभाव त्‍याग।
23 र आफ्‍नो भित्री वर्तावमा नयाँ होओ,
24 र परमेश्‍वरको स्‍वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्‍टि भएको नयाँ स्‍वभावलाई धारण गर।

१ कोरिन्थी 10 : 13
13 मानिसलाई आइपर्ने परीक्षाबाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ। तर परमेश्‍वर विश्‍वासयोग्‍य हुनुहुन्‍छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सकून् भनेर परीक्षाको साथसाथै उम्‍कने बाटो पनि दिनुहुन्छ। यसरी तिमीहरू त्‍यसलाई खप्‍न सक्‍नेछौ।

रोमी 12 : 1 – 2
1 यसकारण भाइ हो, परमेश्‍वरको कृपालाई ध्‍यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्‍मिक उपासनाको रूपमा आ-आफ्‍ना शरीरलाई पवित्र र परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने जिउँदो बलिको रूपमा अर्पण गर।
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

फिलिप्पी 4 : 13
13 जसले मलाई शक्ति दिनुहुन्‍छ, उहाँमा नै म सब कुरा गर्न सक्‍छु।

१ यूहन्‍ना 1 : 9
9 यदि हामीले आफ्‍ना पापहरू स्‍वीकार गर्‍यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्‍छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्‍छ, किनकि उहाँ विश्‍वासयोग्‍य र धर्मी हुनुहुन्‍छ।

हितोपदेश 28 : 13
13 आफ्‍ना पापहरू लुकाउनेको उन्‍नति हुँदैन, तर जसले ती स्‍वीकार गर्छ र त्‍याग्‍छ, त्‍यसले कृपा पाउँछ।

याकूब 5 : 16
16 यसकारण तिमीहरू एकले-अर्कासँग आ-आफ्‍ना पाप स्‍वीकार गर। तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्‍ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्‍छ।

याकूब 1 : 12
12 त्‍यो मानिस धन्‍यको हो, जो आपत्‌-विपत्‌मा स्‍थिर रहन्‍छ, किनकि जाँचको सामना गरिसकेपछि त्‍यसले जीवनको त्‍यो मुकुट पाउनेछ, जो परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ।

१ यूहन्‍ना 2 : 15 – 17
15 संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्‍यसमा हुँदैन।
16 किनकि संसारमा भएका सबै थोक, अर्थात्‌ शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन्‌।
17 संसार बितिजान्‍छ र त्‍यसको अभिलाषा पनि बितिजान्‍छ, तर परमेश्‍वरको इच्‍छा पूरा गर्नेचाहिँ सधैँको निम्‍ति रहन्‍छ।

गलाती 6 : 9
9 भलाइ गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्‍मत हारेनौं भने ठीक समयमा हामी कटनी गर्नेछौं।

रोमी 12 : 2
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

भजनसंग्रह 1 : 2
2 तर परमप्रभुको व्‍यवस्‍थामा नै त्‍यो खुशी रहन्‍छ, र त्‍यसले दिनरात उहाँकै व्‍यवस्‍थामा मनन गर्छ।

रोमी 6 : 1 – 23
1 अब हामी के भनौं? के अनुग्रह प्रशस्‍त मात्रामा होस्‌ भनेर हामी पापमा लागिरहौं त?
2 त्‍यसो नहोस्! हामी जो पापको लेखि मर्‍यौं, त कसरी हामी अझै त्‍यसैमा जिउनु?
3 के तिमीहरू जान्‍दैनौ हामी सबै, जतिले ख्रीष्‍ट येशूमा बप्‍तिस्‍मा लियौं, उहाँकै मृत्‍युमा बप्‍तिस्‍मा लिएका थियौं?
4 यसकारण बप्‍तिस्‍माद्वारा हामी मृत्‍युमा उहाँसँगै गाडियौं, ताकि जसरी पिताको महिमाद्वारा ख्रीष्‍ट मरेकाहरूबाट जीवित पारिनुभयो, त्‍यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँड़ौं।
5 यदि उहाँको मृत्‍युमा हामी उहाँसँग एउटै भएका छौं भने, उहाँको पुनरुत्‍थानमा पनि निश्‍चय नै हामी उहाँसँगै एक हुनेछौं।
6 हामी जान्‍दछौं कि हाम्रो पुरानो मनुष्‍यत्‍व उहाँसँग क्रूसमा टाँगियो, ताकि हाम्रो पापमय शरीर नाश होस्, र अब उसो हामी पापका कमारा नहोऔं।
7 किनभने जो मरेको छ त्‍यो पापबाट मुक्त भएको छ।
8 तर यदि हामी ख्रीष्‍टसँग मरेका छौं भनेता उहाँसँग जिउने पनि छौं भन्‍ने विश्‍वास गर्दछौं।
9 हामी जान्‍दछौं कि ख्रीष्‍ट मरेकाहरूबाट जीवित भएर फेरि मर्नुहुनेछैन। अब उसो उहाँमाथि मृत्‍युको राज्‍य हुँदैन।
10 जुन मृत्‍युमा उहाँ मर्नुभयो त्‍यो पापको लेखि सधैँको लागि एकै पल्‍ट मर्नुभयो। तर जुन जीवनमा उहाँ जिउनुहुन्‍छ, त्‍यो परमेश्‍वरको निम्‍ति जिउनुहुन्‍छ।
11 यसै गरी तिमीहरूले पनि आफू-आफूलाई पापको लेखि मरेका, तर ख्रीष्‍ट येशूमा परमेश्‍वरको लागि जीवित भएका ठान्‍नुपर्छ।
12 यसकारण शरीरका अभिलाषाअनुसार चल्‍नु नपरोस्‌ भनी तिमीहरूका मरणशील शरीरमा पापलाई राज्‍य गर्न नदेओ।
13 आफ्‍ना शरीरका अङ्गहरू दुष्‍टताका साधनको रूपमा पाप गर्नलाई समर्पण नगर। तर मृत्‍युबाट जीवनमा ल्‍याइएका मानिसहरूजस्‍तै आफैलाई परमेश्‍वरकहाँ दिइहाल, र शरीरका अङ्गहरूलाई धार्मिकताका साधनजस्‍तै परमेश्‍वरकहाँ समर्पण गर।
14 किनकि पापले तिमीहरूमाथि राज्‍य गर्नेछैन, किनकि तिमीहरू व्‍यवस्‍थाको अधीनमा छैनौ, तर अनुग्रहको अधीनमा छौ।
15 अब के त? के हामी व्‍यवस्‍थाको अधीनमा छैनौं, तर अनुग्रहको अधीनमा छौं भनेर पाप गर्ने त? कदापि होइन।
16 के तिमीहरू जान्‍दैनौ, आज्ञाकारी कमाराको रूपमा आफैलाई जसकहाँ समर्पण गर्छौ, जसको आज्ञा तिमी पालन गर्छौ, त्‍यसको कमारा पनि हुन्‍छौ? कि त मृत्‍युतिर लाने पापको कमारा अथवा धार्मिकतातिर लाने आज्ञाकारिताको?
17 तर परमेश्‍वरलाई धन्‍यवाद होस्, कि तिमीहरू, जो एक पल्‍ट पापका कमारा थियौ अब जुन शिक्षाको नमूनामा तिमीहरू सुम्‍पिएका थियौ, त्‍यो हृदयले पालन गर्ने भएका छौ।
18 तिमीहरू पापबाट मुक्त गराइएर धार्मिकताका कमारा बनेका छौ।
19 तिमीहरूमा रहेको मानवीय कमजोरीको कारणले म तिमीहरूले बुझ्‍न सकिने भाषामा बोलिरहेको छु। किनकि जसरी तिमीहरूले एक पल्‍ट आफ्‍ना अङ्गहरूलाई अशुद्धता र झन्‌-झन्‌ बढ़ी अपराधका निम्‍ति समर्पण गर्‍यौ, अब त्‍यसरी नै पवित्रकरणको निम्‍ति आफ्‍ना अङ्गहरूलाई धार्मिकताको निम्‍ति समर्पण गर।
20 तिमीहरू पापका कमारा भएको बेलामा चाहिँ धार्मिकताको लेखि स्‍वतन्‍त्र थियौ।
21 अब जुन कुराहरूमा तिमीहरू अहिले शर्माउँछौ, सो कुराहरूबाट तिमीहरूले के प्रतिफल पायौ? ती कुराहरूको अन्‍त्‍यचाहिँ मृत्‍यु हो।
22 तर अब तिमीहरू पापबाट मुक्त भई परमेश्‍वरका कमारा भएका छौ, अनि तिमीहरूले पाउने प्रतिफलचाहिँ पवित्रकरण हो, र त्‍यसको अन्‍त्‍यचाहिँ, अनन्‍त जीवन।
23 किनकि पापको ज्‍याला मृत्‍यु हो, तर परमेश्‍वरको सित्तैँको वरदान ख्रीष्‍ट येशू हाम्रा प्रभुमा अनन्‍त जीवन हो।

१ कोरिन्थी 3 : 16
16 के तिमीहरूलाई थाहा छैन, तिमीहरू परमेश्‍वरका मन्‍दिर हौ, र परमेश्‍वरका पवित्र आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ?

याकूब 1 : 22 – 25
22 तर वचन पालन गर्ने होओ, र सुन्‍ने मात्र भएर आफैलाई धोका नदेओ।
23 कुनै मानिसले वचन सुन्‍छ तर पालन गर्दैन भने, त्‍यो एउटा यस्‍तो मानिसजस्‍तो हुन्‍छ, जसले आफ्‍नो अनुहार ऐनामा हेर्छ,
24 किनकि त्‍यसले आफैलाई हेर्छ र गइहाल्‍छ, र त्‍यो आफै कस्‍तो थियो, त्‍यो तुरुन्‍तै बिर्सिहाल्‍छ।
25 तर त्‍यो मानिस जसले स्‍वतन्‍त्रता दिने शुद्ध व्‍यवस्‍थालाई हेर्दछ र त्‍यसैमा लागिरहन्‍छ, अनि सुनेर बिर्सिहाल्‍ने होइन तर काम गर्ने पनि हुन्‍छ, त्‍यसले चाहिँ आफूले गरेको काममा आशिष्‌ पाउनेछ।

१ कोरिन्थी 6 : 19
19 तिमीहरूको शरीर पवित्र आत्‍माको मन्‍दिर हो, जुन पवित्र आत्‍मा तिमीहरूले परमेश्‍वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्‍वयम्‌ आफ्‍नै होइनौ।

यहोशू 1 : 8
8 व्‍यवस्‍थाको यो पुस्‍तक तेरो ओठबाट नहटोस्, तर त्‍यसमाथि तैंले दिनरात ध्‍यान गर्नू अनि त्‍यसमा लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नू, र तेरा सबै मार्गहरूमा तैंले उन्‍नति गर्नेछस्‌ र सफलता पाउनेछस्‌।

एफिसी 4 : 27
27 र दियाबलसलाई मौका नदेओ।

१ पत्रुस 5 : 7
7 तिमीहरूका सारा फिक्री उहाँलाई सुम्‍पिदेओ, किनकि उहाँले तिमीहरूको वास्‍ता गर्नुहुन्‍छ।

२ पत्रुस 1 : 2
2 परमेश्‍वरको र येशू हाम्रा प्रभुको ज्ञानमा अनुग्रह र शान्‍ति तिमीहरूमा प्रशस्‍त हुँदैजाओस्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *