यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् खराब बच्चाहरु
प्रस्थान 21 : 15
15 “जसले आफ्नो बुबा वा आमालाई हिर्काउँछ, त्यो मारिनैपर्छ।
१ कोरिन्थी 15 : 33
33 भ्रममा नपर। खराब सङ्गतले राम्रो चरित्रलाई नष्ट पार्छ।
एफिसी 6 : 4
4 बुबा हो, आफ्ना छोरा-छोरीलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।
हिब्रू 12 : 11
11 सबै ताड़ना सुरुमा सुखद हुँदैन तर दुःखदायी हुन्छ, तर ताड़नाद्वारा तालीम पाएकाहरूका लागि यसले पछि धार्मिकताको शान्तिपूर्ण फल उत्पन्न गराउँछ।
व्यवस्था 21 : 18 – 21
18 आफ्ना आमा-बुबाको आज्ञापालन नगर्ने कुनै अटेरी बदमाश छोरालाई ताड़ना दिँदा पनि तिनीहरूको कुरा मान्दैन भने,
19 त्यसका आमा-बुबाले त्यसलाई समातेर सहरका धर्म-गुरुहरूकहाँ सहरको मूल ढोकामा लैजाऊन्।
20 तिनीहरूले सहरका धर्म-गुरुहरूलाई यसो भनून्, “यो हाम्रो छोरा ढीट र बदमाश छ। त्यसले हाम्रो आज्ञापालन गर्दैन। यो लफङ्गो र मतवाला हो।”
21 तब त्यस सहरका सबै पुरुषहरूले त्यसलाई मरुञ्जेल ढुङ्गाले हानून्। तिमीहरूले आफ्ना बीचबाट दुष्टता हटाउनू, र सारा इस्राएलीहरू यो सुनेर डराउनेछन्।
प्रस्थान 20 : 12
12 “आफ्ना बुबा र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्ना परमेश्वरले दिनुहुन्छ, त्यहाँ तिमीहरूको आयु लामो होस्।
एफिसी 6 : 1 – 3
1 छोरा-छोरी हो, प्रभुमा आफ्ना आमा-बुबाको आज्ञापालन गर, किनकि यो उचित हो।
2 आफ्ना बुबा र आमाको मान गर। (जो प्रतिज्ञासहितको पहिलो आज्ञा हो),
3 कि तिमीहरूलाई भलो होस्, र पृथ्वीमा तिमीहरू दीर्घायु होओ।
हितोपदेश 17 : 25
25 मूर्ख छोराले आफ्ना बुबामाथि अफसोस, र त्यसलाई जन्माउनेमाथि तीतोपन ल्याउँछ।
हितोपदेश 22 : 6
6 बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालीम देऊ, र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन।
हितोपदेश 19 : 18
18 आफ्नो छोरालाई ताड़ना दे, किनकि त्यसमा आशा हुन्छ, त्यसको मृत्युमा राजीखुशीले सहभागी नहोऊ।
कलस्सी 3 : 20
20 छोरा-छोरी हो, प्रत्येक कुरामा आफ्ना आमा-बुबाको आज्ञापालन गर। किनकि यस कुराले प्रभुलाई प्रसन्न तुल्याउँछ।
१ यूहन्ना 5 : 19
19 हामी जान्दछौं, हामी परमेश्वरका हौं, र सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।
हितोपदेश 29 : 17
17 आफ्नो छोरालाई ताड़ना दे, र त्यसले तँलाई शान्ति दिन्छ। त्यसले तेरो प्राणमा अति आनन्द ल्याउनेछ।
हितोपदेश 22 : 15
15 बालकको हृदय मूर्खताको बन्धनले जेलिएको हुन्छ, तर ताड़नाको बेतले उसबाट त्यो टाढ़ा भाग्नेछ।
रोमी 1 : 30
30 र बदनाम गर्ने, परमेश्वरलाई घृणा गर्ने, ढीट, अहङ्कारी, अभिमानी, दुष्ट कुरा रचिहिँड्ने, आमा-बुबाको आज्ञापालन नगर्ने,
हितोपदेश 13 : 24
24 छड़ी नचलाउने बुबाले आफ्नो छोरालाई घृणा गर्छ, तर त्यसलाई प्रेम गर्ने बुबाले होशियारीसाथ त्यसलाई अनुशासन दिन्छ।
२ तिमोथी 3 : 2
2 किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँपैसाको मोह गर्ने, घमण्डी, हठी, अरूको बदनाम गर्ने, आमा-बुबाको आज्ञापालन नगर्ने, बैगुनी र अपवित्र,
हितोपदेश 30 : 11
11 “यस्ताहरू पनि हुन्छन् जुनहरू आफ्ना बुबालाई सराप्छन्, र आफ्ना आमाहरूलाई धन्यका ठान्दैनन्,
हितोपदेश 29 : 15
15 सुधारको छड़ीले बुद्धि प्रदान गर्छ, तर छाडा छोड़ेको छोराले आफ्नी आमाको बेइज्जत गर्छ।
१ कोरिन्थी 10 : 1 – 360
1 भाइ हो, तिमीहरूले यो कुरा जान भनी म चाहन्छु, कि हाम्रा पुर्खाहरू सब बादलमुनि थिए, र सबै समुद्रको बीचबाट भएर गए।
2 अनि मोशामा तिनीहरू सबैले बादल र समुद्रमा बप्तिस्मा पाएका थिए।
3 सबैले एउटै आत्मिक भोजन खाए।
4 सबैले आत्मिक पानी पिए, किनकि तिनीहरूका साथसाथै हिँड्ने आत्मिक चट्टानको पानी तिनीहरूले पिए र त्यो चट्टानचाहिँ ख्रीष्ट नै हुनुहुन्थ्यो।
5 तापनि तिनीहरूमध्ये धेरैजसोसँग परमेश्वर प्रसन्न हुनुभएन, र तिनीहरू मरुभूमिमा नष्ट भए।
6 उनीहरूले जस्तै हामीले खराबीको इच्छा नगरौं भनी यी कुरा हाम्रो चेताउनीको लागि हुन्।
7 तिनीहरूमध्ये कतिझैँ तिमीहरू मूर्तिपूजक नहोओ। जस्तो लेखिएको छ, “मानिसहरू खान र पिउनलाई बसे, अनि नाच्नलाई उठे।”
8 हामी व्यभिचारमा फस्नुहुँदैन, जसरी तिनीहरूमध्ये कति जना फसे, र एकै दिनमा तेईस हजार मरेका थिए।
9 हामीले प्रभुको परीक्षा गर्नुहुँदैन, जसरी तिनीहरूमध्ये कतिले गरे, र सर्पहरूद्वारा नष्ट भएका थिए।
10 हामीले गनगन गर्नुहुँदैन, जसरी तिनीहरूमध्ये कतिले गरे, र विनाशकबाट नष्ट भएका थिए।
11 यी कुराहरू तिनीहरूलाई उदाहरणको रूपमा भएथे र हाम्रै शिक्षाको निम्ति लेखिएका हुन्, जसमाथि युग-युगको अन्त्य आइसकेको छ।
12 यसकारण जसले खड़ा छु भनी सोचेको छ, त्यो होशियार रहोस्, नत्रता त्यो लड्नेछ।
13 मानिसलाई आइपर्ने परीक्षाबाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ। तर परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सकून् भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ। यसरी तिमीहरू त्यसलाई खप्न सक्नेछौ।
14 यसकारण मेरा प्रिय हो, मूर्तिपूजाबाट अलग बस।
15 समझदार मानिसहरूलाई जस्तै गरी म भन्दैछु, मैले भनेका कुरा तिमीहरू आफै विचार गर।
16 आशिष्का त्यो कचौरा जुनको निम्ति हामी आशिष् माग्छौं, के त्यो ख्रीष्टको रगतमा हुने सहभागिता होइन र? त्यो रोटी, जुन हामी भाँच्छौं, के त्यो ख्रीष्टको शरीरमा हुने सहभागिता होइन?
17 किनभने रोटी एउटै हो, हामी धेरै भए तापनि एउटै शरीर हौं, किनकि हामी सबै एउटै रोटीबाट खान्छौं।
18 इस्राएल जातिलाई हेर, बलिदानको बस्तु खानेहरू, के वेदीका सहभागी भएनन् र?
19 म के भन्न लागिरहेछु त? के मूर्तिलाई चढ़ाएको थोक केही हो र? अथवा मूर्ति नै केही चीज हो र?
20 त्यसो होइन, तर म यही भन्न लागिरहेछु, कि मूर्तिपूजकहरूले जो बलि चढ़ाउँछन्, त्यो परमेश्वरलाई होइन, तर भूतप्रेतलाई चढ़ाउँछन्, र तिमीहरू भूतप्रेतसँग सहभागी होओ भन्ने म चाहन्नँ।
21 तिमीहरू प्रभुको कचौरा र भूतप्रेतको कचौरा दुवैबाट पिउन सक्दैनौ। तिमीहरू प्रभुको टेबिल र भूतप्रेतको टेबिल दुवैबाट खान सक्दैनौ।
22 के हामीले प्रभुलाई डाही तुल्याउने? के हामी उहाँभन्दा शक्तिशाली छौं?
23 “सबै कुरा न्यायसङ्गत छन्,” तर सबै कुरा फाइदाका छैनन्। “सबै कुरा न्यायसङ्गत छन्,” तर सबै कुराले सुधार गर्दैनन्।
24 कसैले पनि आफ्नो भलाइ नखोजोस्, तर आफ्नो छिमेकीको भलाइ खोजोस्।
25 मासु पसलहरूमा के बेचिन्छ, विवेकको खातिर केही सोधपूछ नगरी त्यो खाओ।
26 किनभने “पृथ्वी र त्यसमा भएका यावत् थोकहरू सबै परमप्रभुकै हुन्।”
27 कुनै एक अविश्वासीले तिमीहरूलाई भोजमा निम्तो दिँदा, तिमीलाई जाने इच्छा भयो भने तिम्रो अगाडि जे राखिदिएको हुन्छ, विवेकको खातिर केही सोधपूछ नगरी खाओ।
28 तर कोही मानिसले तिमीलाई “यो त बलिमा चढ़ाएको हो” भन्यो भने, बताइदिनेको खातिर र विवेकको खातिर, त्यो नखाओ।
29 तिम्रो होइन, तर त्यसको विवेकको खातिर। मेरो स्वतन्त्रताको न्याय अर्काको विवेकले किन हुने र?
30 यदि धन्यवाद दिएर म खाँदैछु भने, धन्यवाद दिएर खाएको भोजको निम्ति किन मेरो निन्दा हुने?
31 यसकारण चाहे तिमीहरू खाओ, अथवा पिओ, वा तिमीहरू जेसुकै गर, सबै परमेश्वरका महिमाको निम्ति गर।
32 कसैलाई ठेस लाग्ने काम नगर, चाहे यहूदीलाई होस्, वा ग्रीकलाई होस्, वा परमेश्वरको मण्डलीलाई होस्।
33 जसरी म पनि मैले गर्ने सबै काममा सबै मानिसहरूलाई प्रसन्न राख्ने कोसिस गर्दछु, म आफ्नै होइन, तर धेरैको हित खोज्दछु, ताकि तिनीहरूको उद्धार होस्।
Leave a Reply