यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् खराब नेतृत्व
यर्मिया 23 : 1 – 4
1 परमप्रभु घोषणा गर्नुहुन्छ, “मेरो खर्कका भेड़ाहरूलाई नष्ट गर्ने र छरपष्ट पार्ने गोठालाहरूलाई धिक्कार!”
2 यसैकारण आफ्नो प्रजालाई चराउने गोठालाहरूका विषयमा परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “तिमीहरूले मेरो बगाललाई छरपष्ट पार्यौ र तिमीहरूले तिनीहरूलाई धपायौ, र तिनीहरूको हेरचाह गरेनौ। यसैकारण तिमीहरूको दुष्ट कामको निम्ति म तिमीहरूलाई दण्ड दिनेछु,” परमप्रभु भन्नुहुन्छ।
3 “मेरा बगालका बाँचेकाहरूलाई मैले तिनीहरूलाई धपाएका सबै देशहरूबाट जम्मा गरेर म आफै तिनीहरूलाई तिनीहरूको खर्कमा फर्काइल्याउनेछु, जहाँ तिनीहरू फलवन्त हुनेछन्, र संख्यामा तिनीहरूको वृद्धि हुनेछ।
4 म तिनीहरूमाथि गोठालाहरू खटाउनेछु, जसले तिनीहरूलाई चराउनेछन्, र तिनीहरू न त डराउनेछन्, न तर्सनेछन्, न तिनीहरूमध्ये कुनै हराउनेछ,” परमप्रभु भन्नुहुन्छ।
कलस्सी 3 : 23 – 25
23 तिमीहरू जे गर्छौ दिलोज्यानले गर्ने गर, मानिसको होइन, तर प्रभुको सेवा गरेजस्तै,
24 यो जानेर कि तिमीहरू आफ्ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ। तिमीहरू प्रभु ख्रीष्टको सेवा गरिरहेका छौ।
25 किनकि आफूले गरेका कुकर्मको फल कुकर्मीले पाउनेछ, र यसमा पक्षपात हुँदैन।
हिब्रू 13 : 17
17 तिमीहरूका अगुवाहरूको आज्ञापालन गर, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्छ भन्ने कुरा जानेर नै तिनीहरूले तिमीहरूका प्राणको हेरचाह गर्छन्। यो काम तिनीहरूले आनन्दसाथ गरून्। दुःख मानेर होइन, नत्रता त्यसबाट तिमीहरूलाई कुनै लाभ हुँदैन।
२ तिमोथी 2 : 24
24 प्रभुको सेवक झगड़ालु हुनुहुँदैन, तर हरेकको लागि दयालु, योग्य शिक्षक, सहनशील,
१ तिमोथी 3 : 1 – 5
1 यो भनाइ विश्वासयोग्य छ, यदि कुनै मानिसले बिशपको काम गर्ने चाहना गर्छ भने त्यसले असलै कामको इच्छा गर्छ।
2 यसकारण बिशपचाहिँ कसैले दोष लगाउन नसक्ने, एउटै पत्नीका पति, संयमी, समझदार, सम्मानित, अतिथिसत्कार गर्ने, सुयोग्य शिक्षक होऊन्,
3 मतवाला र रिसाहा होइन तर तिनी विनम्र, झगड़ा नगर्ने, धनको लोभ नगर्ने,
4 आफ्नो घर राम्ररी चलाउन सक्ने र आफ्ना छोरा-छोरीहरूलाई आदरपूर्वक आज्ञापालन गर्ने बनाऊन्।
5 यदि कुनै मानिसले आफ्ना घरकाहरूलाई तह लगाउन जान्दैन भने, तिनले परमेश्वरका मण्डलीको रेखदेख कसरी गर्न सक्छ र?
हितोपदेश 16 : 12
12 राजाहरूले कुकर्म घिनाउँछन्, किनभने धार्मिकताद्वारा नै सिंहासन स्थापित हुन्छ।
इजकिएल 34 : 1 – 8
1 परमप्रभुको यो वचन मकहाँ आयो:
2 “हे मानिसको छोरा, इस्राएलका गोठालाहरूका विरुद्धमा यो अगमवाणी तिनीहरूलाई कहेर भन्: परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ‘धिक्कार, इस्राएलका गोठालाहरूलाई, जसले आफ्नै मात्र वास्ता गर्दछन्! के गोठालाले भेड़ाहरूको वास्ता गर्नुपर्ने होइन र?
3 तिमीहरू दही खान्छौ, ऊनको वस्त्र लगाउँछौ, मोटा-मोटा पशुहरू मार्छौ, तर बगाललाई चाहिँ तिमीहरू वास्तै गर्दैनौ।
4 तिमीहरूले दुर्बललाई बलिया पारेका छैनौ, बिरामीलाई निको पारेका छैनौ, घाइतेलाई मलहमपट्टी लगाइदिएका छैनौ। तिमीहरू बाटो बिराएकालाई बाटोमा ल्याएका छैनौ, हराएकालाई खोजेका छैनौ। तिमीहरूले तिनीहरूलाई निर्दयता र कठोरतासाथ शासन गरेका छौ।
5 यसैले तिनीहरू छरपष्ट भए, किनकि तिनीहरूको गोठालो नै थिएन। जब तिनीहरू छरपष्ट भए, तब तिनीहरू जङ्गली जनावरका शिकार भए।
6 मेरा भेड़ाहरू बाटो बिराएर पहाड़हरू र हरेक अल्गो डाँड़ामा गए। तिनीहरू सारा पृथ्वीभरि नै छरपष्ट भए, र कसैले तिनीहरूको खोजी अथवा सोधपूछ गरेन।
7 “‘यसकारण हे गोठालाहरू हो, परमप्रभुको वचन सुन:
8 परमप्रभु परमेश्वर भन्नुहुन्छ, जस्तो म जीवित छु, गोठाला नभएका कारण मेरो बगाल लुटिएर जङ्गली जनावरहरूको आहारा भएको छ। किनभने मेरा गोठालाहरूले मेरा बगालको खोजी गरेनन्, र भेड़ाहरूको त होइन, तर आफ्नै मात्र वास्ता गरे।
हितोपदेश 16 : 18
18 सर्वनाशको अघि अभिमान र पतनको अघि घमण्डी आत्मा आउँछ।
प्रेरित 20 : 28
28 तपाईंहरू आफ्ना निम्ति र आफ्नो समस्त बगालको निम्ति सावधान रहनुहोस्। पवित्र आत्माले तपाईंहरूलाई बगालका जिम्मावाल बनाउनुभएको हुनाले उहाँले आफ्नै रगतले किन्नुभएको परमेश्वरका मण्डलीको हेरचाह तपाईंहरू गर्नुहोस्।
इजकिएल 3 : 16 – 17
16 सात दिनको अन्त्यमा परमप्रभुको वचन मकहाँ आयो:
17 “हे मानिसको छोरो, मैले तँलाई इस्राएलका घरानाको पहरादार तुल्याएको छु। यसैले मैले भनेको कुरा सुन् अनि तिनीहरूलाई मबाट चेताउनी तैंले दे।
मर्कूस 10 : 42 – 45
42 तब येशूले तिनीहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, “तिमीहरू जान्दछौ कि अन्यजातिहरूमाथि शासन गर्नेहरूले तिनीहरूमाथि अख्तियार चलाउँछन्। अनि तिनीहरूका ठूलाठालुहरूले तिनीहरूमाथि अधिकार चलाउँछन्।
43 तिमीहरूमा चाहिँ त्यसो हुनुहुँदैन। तर तिमीहरूमा जसले ठूलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको सेवक हुनुपर्दछ।
44 अनि तिमीहरूमा जसले पहिलो हुने इच्छा गर्दछ, त्यो सबैको दास हुनैपर्दछ।
45 किनकि मानिसको पुत्र सेवा पाउन होइन, तर सेवा गर्न र धेरैका छुटकाराको मोलको निम्ति आफ्नो प्राण दिन आएको हो।”
१ तिमोथी 4 : 12
12 जवान छौ भन्दैमा कसैले तिमीलाई तुच्छ नठानोस्, तर विश्वासीहरूका अगि बोलीवचन, आचरण र प्रेममा, विश्वासमा र शुद्धतामा तिमी एक उदाहरण बन।
भजनसंग्रह 101 : 5
5 जसले आफ्नो छिमेकीको निन्दा गुप्तमा गर्दछ, त्यसलाई म नाश गर्नेछु, अभिमानी दृष्टि भएको र घमण्डी हृदय भएकालाई म सहनेछैनँ।
लूका 22 : 26
26 तर तिमीहरूचाहिँ यस्तो नहोओ। तिमीहरूमध्ये जो ठूलो छ, त्यो सानो बनोस्, र अगुवा हुनेले चाहिँ सेवा गरोस्।
१ शमूएल 15 : 23
23 उहाँको आज्ञा उल्लङ्घन गर्नु तन्त्रमन्त्रको पापजस्तै हो, र हठी हुनु मूर्तिपूजा गर्नुजस्तै खराब हो। तपाईंले परमप्रभुको वचनलाई त्याग्नुभयो, यसैले परमप्रभुले पनि तपाईंलाई राजाको पददेखि त्याग्नुभएको छ।”
अय्यूब 41 : 34
34 त्यसले सबै हठीहरूलाई तुच्छ दृष्टिले हेर्छ, त्यो त सबै घमण्डीहरूको राजा हो।”
गलाती 6 : 6
6 वचनको शिक्षा पाउने हरेकले आफ्ना सबै असल थोकहरू वचन सिकाउनेसँग बाँड़चूड़ गर्नुपर्छ।
यूहन्ना 10 : 11
11 म असल गोठालो हुँ। असल गोठालाले आफ्ना भेड़ाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्छ।
मत्ती 23 : 1 – 39
1 तब येशूले भीड़हरू र आफ्ना चेलाहरूलाई यसो भन्नुभयो:
2 “शास्त्रीहरू र फरिसीहरू मोशाको आसनमा बस्तछन्।
3 यसकारण तिनीहरूले भनेका कुरा गर र मान, तर तिनीहरूले गरेजस्तो चाहिँ नगर, किनकि तिनीहरूले शिक्षा त दिन्छन्, तर त्यसअनुसार गर्दैनन्।
4 तिनीहरूले गह्रौँ र बोक्न नसक्ने भारी बाँधेर मानिसहरूका काँधमा राखिदिन्छन्। तर तिनीहरू आफैचाहिँ ती उठाउनलाई एक औँलाले पनि छुँदैनन्।
5 “तर तिनीहरू आफ्ना सारा काम मानिसहरूलाई देखाउनलाई गर्दछन्। किनभने तिनीहरू आफ्ना निधार र नाडीमा व्यवस्था-पत्री ठूला बनाउँछन्, र आफ्ना वस्त्रका झुम्काहरू लम्म्याउँछन्,
6 भोजहरूमा तिनीहरू सम्मानका स्थान र सभाघरहरूमा प्रमुख आसनहरू मन पराउँछन्,
7 बजारहरूमा अभिवादन खोज्छन् र मानिसहरूले गुरु भनेका रुचाउँछन्।
8 “तर तिमीहरूलाई कसैले ‘गुरुज्यू’ नभनोस्, किनकि तिमीहरूका शिक्षक एउटै हुनुहुन्छ, र तिमीहरूचाहिँ सबै दाजुभाइ हौ।
9 तिमीहरू पृथ्वीमा कसैलाई आफ्ना पिता नभन, किनकि स्वर्गमा तिमीहरूका एउटै पिता हुनुहुन्छ।
10 तिमीहरूलाई कसैले ‘मालिक’ नभनोस्, किनकि तिमीहरूका एकमात्र मालिक ख्रीष्ट नै हुनुहुन्छ।
11 तिमीहरूमध्ये जो सबैभन्दा उच्च छ, त्यो तिमीहरूको सेवक हुनेछ।
12 जसले आफूलाई उच्च पार्छ, त्यो होच्याइनेछ, र जसले आफूलाई होच्याउँछ, त्यो उच्च पारिनेछ।
13 “धिक्कार, तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू मानिसहरूका सामुन्ने स्वर्गका राज्यको ढोका बन्द गर्दछौ। तिमीहरू न त आफै पस्तछौ, न पस्न चाहनेहरूलाई पस्न दिन्छौ। [
14 “धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू विधवाहरूका घर खाइदिन्छौ, र लामो-लामो प्रार्थना गर्ने भान पार्दछौ। यसैले अरूले भन्दा तिमीहरूले ज्यादा दण्ड पाउनेछौ।]
15 “धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू एक जनालाई आफ्नो मतमा ल्याउनलाई समुद्र र जमिन चहार्दछौ, र त्यो तिमीहरूको मतमा आएपछि त्यसलाई आफूभन्दा दोबर नरकको छोरो बनाउँछौ।
16 “धिक्कार तिमीहरूलाई, अन्धा अगुवा हो, जसले भन्दछौ, ‘कसैले मन्दिरको शपथ खाँदा केही हुँदैन, तर मन्दिरका सुनको शपथ खाँदा त्यस शपथले बाँधिनेछ।’
17 मूर्ख र अन्धा हो, कुनचाहिँ ठूलो हो? सुन कि सुनलाई पवित्र पार्ने मन्दिर?
18 ‘कसैले वेदीको शपथ खाँदा केही हुँदैन, तर त्यसमाथि राखिएको भेटीको शपथ खाँदाचाहिँ शपथले बाँधिनेछ।’
19 ए अन्धा हो, कुनचाहिँ ठूलो हो? भेटी कि भेटीलाई पवित्र पार्ने वेदी?
20 यसकारण वेदीको शपथ खानेले वेदीको र त्यसमाथिका सबै थोकको शपथ खान्छ।
21 मन्दिरको शपथ खानेले मन्दिर र त्यसभित्र वास गर्नुहुनेको शपथ खान्छ।
22 स्वर्गको शपथ खानेले परमेश्वरका सिंहासनको र त्यसमाथि विराजमान हुनुहुनेको शपथ खान्छ।
23 “धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू पुदीना र सूँप र जीराको दशांश दिन्छौ, तर व्यवस्थाका गहकिला विषयहरू, अर्थात् न्याय, दया र विश्वासको अवहेलना गरेका छौ। तिमीहरूले दशांश दिने काम गर्नुपर्नेथियो, अनि ती गहकिला विषयहरूको अवहेलना नगर्नुपर्नेथियो।
24 अन्धा अगुवा हो, तिमीहरू भुसुना चाल्दछौ, तर ऊँटलाई चाहिँ निलिहाल्दछौ।
25 “धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनभने तिमीहरू कचौरा र थालको बाहिरपट्टि माझ्दछौ, तर भित्रपट्टि भने ती लोभ र असंयमले भरिएका हुन्छन्।
26 अन्धा फरिसी हो, पहिले कचौरा र थालको भित्रपट्टि सफा पार, र तिनको बाहिरपट्टि पनि सफा होस्।
27 “धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू चून लाइराखेका चिहानहरूजस्ता छौ, जो बाहिरपट्टि सुन्दर देखा पर्छन्, तर भित्रपट्टि भने मरेका मान्छेहरूका हाड़हरू र सबै अशुद्धताले भरिएका हुन्छन्।
28 यसरी नै तिमीहरू पनि बाहिर भने मानिसहरूका सामुन्ने धर्मी देखा पर्दछौ, तर भित्र भने कपट र दुष्टताले भरिएका छौ।
29 “धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू अगमवक्ताका चिहानहरू बनाउँछौ, र धर्मीहरूका स्मारकलाई सिङ्गार्छौ,
30 र भन्दछौ, ‘हामी आफ्ना पुर्खाहरूका समयमा भए ता हामी अगमवक्ताहरूको रगत बगाउनमा उनीहरूसँग सहभागी हुनेथिएनौं।’
31 यसरी तिमीहरू अगमवक्ताहरूलाई हत्या गर्नेका सन्तान हौ भन्ने प्रमाण तिमीहरू आफै दिन्छौ।
32 तिमीहरूका पुर्खाहरूले गरेका पापको काम पूरा गर।
33 “सर्पहरू, साँभे सर्पका बच्चा हो, तिमीहरू नरकको दण्डदेखि कसरी उम्कनेछौ?
34 यसकारण म तिमीहरूकहाँ अगमवक्ताहरू, बुद्धिमान् मानिसहरू र शास्त्रीहरू पठाउँछु। तिनीहरूमध्ये कति जनालाई तिमीहरूले मार्नेछौ र क्रूसमा टाँग्नेछौ, र कति जनालाई आफ्ना सभाघरहरूमा कोर्रा लगाउनेछौ, र सहर-सहर हुँदो सताउनेछौ।
35 पृथ्वीमा बगाइएको सब धर्मी जनको रगत— निर्दोष हाबिलको रगतदेखि लिएर बेरेक्याहका छोरा जकरियाको रगतसम्म, जसलाई तिमीहरूले पवित्रस्थान र वेदीका बीचमा हत्या गर्यौ— सो तिमीहरूकै टाउकामा पर्नेछ।
36 साँच्चै, म तिमीहरूलाई भन्दछु, यी सबै कुरा यसै पुस्तामाथि आइपर्नेछन्।
37 “ए यरूशलेम, ए यरूशलेम, तँ जसले अगमवक्ताहरूलाई मार्ने र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्ने! जसरी कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुल्छ, त्यसरी नै मैले धेरै पल्ट तेरा बालकहरूलाई बटुल्ने इच्छा गरें, तर तैंले मानिनस्।
38 हेर, तिमीहरूको घर उजाड छोडिएको छ।
39 किनभने म तिमीहरूलाई भन्दछु, ‘परमप्रभुको नाउँमा आउने धन्यका हुन्’ नभनेसम्म तिमीहरूले मलाई देख्नेछैनौ।”
Leave a Reply