यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् खराब कम्पनी
१ कोरिन्थी 15 : 33
33 भ्रममा नपर। खराब सङ्गतले राम्रो चरित्रलाई नष्ट पार्छ।
हितोपदेश 13 : 20
20 बुद्धिमान्सँग हिँड्ने बुद्धिमान् नै बन्छ, तर मूर्खहरूको सङ्गत गर्नेले नोक्सानी भोग्छ।
१ कोरिन्थी 5 : 11
11 तर यस्ताको सङ्गत नगर्नू भनेर मैले तिमीहरूलाई लेखे, जसले आफैलाई विश्वासी भाइ हुँ भनी भन्छ, तर वास्तवमा जो व्यभिचारी, वा लोभी, वा मूर्तिपूजक, वा निन्दा गर्ने, वा मतवाला वा लुटाहा हो। त्यस्तो मानिससँग त खान पनि नबस।
हितोपदेश 14 : 7
7 मूर्ख मानिसदेखि टाढ़ै बस्, किनभने त्यसका ओठमा ज्ञानको कुरो पाइँदैन।
भजनसंग्रह 26 : 4 – 5
4 म छली मानिसहरूसँग बस्दिनँ, र कपटीहरूको सङ्गत पनि गर्दिनँ।
5 कुकर्मीहरूको सङ्गतिलाई म घृणा गर्दछु, र दुष्टहरूसँग बस्न इन्कार गर्दछु।
भजनसंग्रह 1 : 1 – 4
1 धन्य हो त्यो मानिस, जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन, अनि गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैन।
2 तर परमप्रभुको व्यवस्थामा नै त्यो खुशी रहन्छ, र त्यसले दिनरात उहाँकै व्यवस्थामा मनन गर्छ।
3 त्यो खोलाको किनारमा रोपेको बोटजस्तै हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ, अनि जसको पात कहिल्यै ओइलाउँदैन। त्यसले जे पनि गर्छ, त्यसमा त्यो सफल हुन्छ।
4 दुष्टहरू त्यस्ता हुँदैनन्! तिनीहरू बतासले उड़ाएर लैजाने भुसजस्तै हुन्छन्।
हितोपदेश 22 : 24 – 25
24 गरम मिजासको मानिसलाई मित्र नबना, सितिमिति रिसाउने मानिससँग सङ्गत नगर्,
25 नत्रता त्यसको चाल तैंले सिक्लास्, र आफै पासोमा पर्लास्।
१ कोरिन्थी 13 : 5
5 प्रेम हठी हुँदैन, न ढीट हुन्छ। प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन।
२ कोरिन्थी 6 : 14
14 अविश्वासीहरूसँग एउटै जुवामा ननारिओ। किनकि धर्म र अधर्मको के साझेदारी हुन्छ? अथवा अँध्यारोसँग उज्यालोको के सहभागिता?
हितोपदेश 25 : 26
26 दुष्टको कुरामा लाग्ने धर्मी मानिस हिले जरुवा-पानी वा दूषित कूवाझैँ हो।
भजनसंग्रह 119 : 115
115 हे कुकर्मी हो, मबाट दूर होओ, र मेरा परमेश्वरका आज्ञाहरू म पालन गर्न सकूँ।
१ यूहन्ना 2 : 15 – 17
15 संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन।
16 किनकि संसारमा भएका सबै थोक, अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन्।
17 संसार बितिजान्छ र त्यसको अभिलाषा पनि बितिजान्छ, तर परमेश्वरको इच्छा पूरा गर्नेचाहिँ सधैँको निम्ति रहन्छ।
हितोपदेश 3 : 5 – 6
5 आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर्
6 आफ्ना सारा मार्गमा उहाँलाई सम्झी, र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ।
यूहन्ना 3 : 18
18 जसले उहाँमाथि विश्वास गर्छ, त्यो दोषी ठहरिँदैन, तर विश्वास नगर्नेचाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्वरका एकमात्र पुत्रको नाउँमा विश्वास गरेको छैन।
१ यूहन्ना 4 : 1
1 प्रिय हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्।
१ कोरिन्थी 10 : 13
13 मानिसलाई आइपर्ने परीक्षाबाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ। तर परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सकून् भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ। यसरी तिमीहरू त्यसलाई खप्न सक्नेछौ।
१ तिमोथी 2 : 4
4 सबै मानिसहरूले मुक्ति पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ।
मत्ती 5 : 30
30 तिम्रो दाहिने हातले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई काटेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा जानुभन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा गुमाउनु तिम्रो निम्ति हितकारी हुन्छ।
मत्ती 6 : 33
33 तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्।
२ पत्रुस 3 : 1 – 232
1 प्रिय हो, तिमीहरूलाई लेखेको यो मेरो दोस्रो पत्र हो, र दुवै पत्रमा कति कुराको याद दिलाएर तिमीहरूका निष्कपट मनलाई उत्साहित गराएको छु,
2 कि पवित्र अगमवक्ताहरूका अगमवाणी र तिमीहरूका प्रेरितहरूद्वारा दिइएको प्रभु र मुक्तिदाताको आज्ञालाई तिमीहरूले सम्झनुपर्छ।
3 सर्वप्रथम तिमीहरूले यो बुझ्नुपर्छ, कि पछिल्ला दिनहरूमा गिल्ला गर्नेहरू गिल्ला गर्दै, तिनीहरूका आफ्नै अभिलाषामा यसो भन्दै आउनेछन्,
4 “उहाँका आगमनको प्रतिज्ञा कहाँ गयो? किनकि पिता-पुर्खाहरू सुतिसकेका दिनदेखि नै सबै कुरा सृष्टिको सुरुदेखि चलिआएजस्तै आज पनि छँदैछ।”
5 जानी-बुझिकन पनि तिनीहरू यस कुराको वास्ता गर्दैनन्, कि परमेश्वरको वचनद्वारा स्वर्गहरू अघिदेखि नै थिए, र पृथ्वीचाहिँ पानीबाट र पानीद्वारा नै बनाइयो।
6 त्यही पानीबाट त्यस समयको संसार जलप्रलयमा डुबेर नष्ट भयो।
7 तर त्यही वचनले भक्तिहीन मानिसको इन्साफ र विनाशका दिनसम्मको लागि अहिलेको आकाश र पृथ्वी आगोको निम्ति साँचिराखिएका छन्।
8 तर प्रिय हो, यो एउटा कुरा नभुल, कि प्रभुको निम्ति एक दिन हजार वर्षझैँ र हजार वर्ष एक दिनझैँ हुन्छ।
9 आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्छ भन्ने कसै-कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्न, तर कोही पनि नष्ट नहोस्, तर सबै जनाले पश्चात्ताप गरून् भन्ने इच्छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान् हुनुहुन्छ।
10 तर प्रभुको दिन त चोरजस्तै गरी झट्टै आउनेछ, जसमा आकाशचाहिँ ठूलो आवाजसाथ बितिजानेछ, तत्त्वहरू आगोको रापले पग्लिनेछन्, र पृथ्वी र त्यसमा भएका सबै थोक भस्म हुनेछन्।
11 यी सबै कुराहरू यसरी पग्लन्छन् भन्ने जानेर पवित्रता र भक्तिको जीवनमा तिमीहरू कस्ता किसिमका मानिस हुनुपर्छ?
12 तिमीहरू परमेश्वरको दिन प्रतीक्षा गर्दछौ, र त्यस दिनलाई नजिक ल्याउन चाहन्छौ, जुन दिन आकाशहरू जलेर भस्म हुनेछन्, र तत्त्वहरू आगोको रापमा पग्लनेछन्।
13 तर उहाँको प्रतिज्ञाबमोजिम हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छौं, जसमा धार्मिकताले वास गर्छ।
14 यसकारण प्रिय हो, तिमीहरू यी कुराको प्रतीक्षा गर्नेहरू भएका हुनाले, उहाँको दृष्टिमा तिमीहरू दाग वा खोट नभएकाहरू र शान्तिमा बस्नेहरू हुन प्रयत्न गर।
15 हाम्रा प्रभुको धैर्यलाई मुक्तिझैँ ठान। हाम्रा प्रिय भाइ पावलले पनि उनलाई दिइएको बुद्धिअनुसार तिमीहरूलाई यही कुरा लेखे।
16 उनका सबै पत्रहरूमा पनि उनले यी कुराहरूको उल्लेख गरेका छन्। तिनमा कुनै-कुनै कुराहरू बुझ्न कठिन छन्, र अशिक्षित र चञ्चल मानिसहरूले यी कुराहरूलाई अरू धर्मशास्त्रहरूलाई जस्तै उल्टापाल्टा पार्छन्, र आफ्नै विनाश ल्याउँछन्।
17 यसकारण प्रिय हो, अघिबाटै यी कुरा जानेर होशियार रहो, दुष्ट मानिसहरूको भूल कुरामा अलमलिएर आफ्नो स्थिरता नगुमाओ।
18 तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह र ज्ञानमा बढ्दैजाओ। उहाँलाई अहिले र सदासर्वदा महिमा होस्। आमेन।
Leave a Reply