खजाना-घरहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् खजाना-घरहरू

२ राजाहरू 20 : 13
13 हिजकियाले समाचारवाहकहरूलाई स्‍वागत गरे र उनीहरूलाई आफ्‍ना भण्‍डारहरूमा भएका सबै थोकहरू— सुन, चाँदी, मसला, सुगन्‍धित तेल— आफ्‍ना हतियारहरू राख्‍ने घर र भण्‍डारमा भएका सारा थोक देखाइदिए। आफ्‍नो राजमहल र आफ्‍ना सबै राज्‍यमा हिजकियाले उनीहरूलाई नदेखाएको कुनै पनि थोक रहेन।

१ इतिहास 27 : 25
25 राजाका भण्‍डारहरू अदीएलका छोरा अज्‍मावेतको जिम्‍मामा थिए। देशका, सहरहरूका, गाउँहरूका र किल्‍लाहरूका भण्‍डारहरू उज्‍जियाहका छोरा जोनाथनको जिम्‍मामा थिए।

२ इतिहास 32 : 28
28 अन्‍न, नयाँ दाखमद्य र तेलका लागि ढुकुटीहरू, अनि विभिन्‍न किसिमका जन्‍तुका लागि तबेला र भेड़ाबाख्राहरूका लागि गोठहरू पनि तिनले बनाए।

एज्रा 1 : 8
8 अनि फारसका राजा कोरेसले ती भण्‍डारका जिम्‍मावाल मित्रेताको जिम्‍मामा दिए। तिनले यहूदाका राजकुमार शेशबस्‍सरको निम्‍ति ती चीजहरूको एउटा तालिका बनाइदिए।

एस्‍तर 3 : 9
9 यदि महाराजाको इच्‍छा भए तिनीहरूका विनाशको निम्‍ति एउटा लिखित आज्ञा निकालिबक्‍सिओस्‌। यो काम गर्ने हजूरका कर्मचारीहरूका लागि म राजकोषमा जम्‍मा गर्न तीन लाख किलो चाँदी दिनेछु।”

एज्रा 5 : 17
17 “यसकारण, अब हजूर महाराजाको इच्‍छा भए बेबिलोनको राजकीय अभिलेखालयमा खोजतलाश गर्ने हुकुम दिइबक्‍सिओस्, यो खोज्‍नलाई कि यरूशलेममा परमेश्‍वरका भवनको पुनर्निर्माणको निम्‍ति राजा कोरेसले आज्ञा-पत्र निकाल्‍नुभएको रहेछ कि रहेनछ। तब यस विषयमा महाराजाले हामीलाई आफ्‍नो इच्‍छा जनाइबक्‍सिओस्‌।”

एज्रा 6 : 1
1 तब राजा दाराले यो हुकुम गरे, र बेबिलोनको ढुकुटीमा राखिएको अभिलेखालयमा खोजतलाश गरियो।

एज्रा 7 : 21
21 “अब म, राजा अर्तासास्‍त, यूफ्रेटिस पारिको प्रान्‍तका सबै कोषाध्‍यक्षहरूलाई यो हुकुम दिँदैछु: स्‍वर्गका परमेश्‍वरको व्‍यवस्‍थामा निपुण पूजाहारी-शास्‍त्री एज्राले तिमीसँग मागेको जुनसुकै थोक निश्‍चय जुटाइदिनू,

दानिएल 1 : 2
2 अनि परमप्रभुले परमेश्‍वरको भवनका केही भाँड़ाकुँड़ाहरूसहित यहूदाका राजा यहोयाकीमलाई तिनको हातमा सुम्‍पिदिनुभयो। ती भाँड़ाकुँड़ाहरू तिनले बेबिलोनियामा भएको आफ्‍ना देवताको मन्‍दिरमा लगे र देवताकै भण्‍डारमा राखे।

गन्ती 31 : 54
54 तब मोशा र एलाजार पूजाहारीले हजारौँ र सयौँका सेनानी र कप्‍तानहरूले ल्‍याएका सुन लिएर परमप्रभुको सामुन्‍ने इस्राएलीहरूका निम्‍ति सम्‍झना हुनलाई भेट हुने पालभित्र ल्‍याए।

यहोशू 6 : 19
19 तर सबै सुन, चाँदी र काँसाका र फलामे भाँड़ाहरू परमप्रभुको निम्‍ति पवित्र छन्‌। तिनीहरू परमप्रभुको भण्‍डारमा जानुपर्नेछ।”

यहोशू 6 : 24
24 तब तिनीहरूले त्‍यो सहर र त्‍यहाँभित्र भएका यावत्‌ थोक आगोले जलाइदिए, केवल सुन, चाँदी, र काँसाका र फलामे भाँड़ाकुँड़ाहरू तिनीहरूले परमप्रभुका घरको भण्‍डारमा राखे।

१ राजाहरू 7 : 51
51 जब सोलोमन राजाले परमप्रभुका मन्‍दिरको निम्‍ति सबै काम गरेर सके, तब तिनले आफ्‍ना पिता दाऊदले समर्पण गरेका थोकहरू, अर्थात्‌ चाँदी, सुन र सजाउने सामानहरू ल्‍याएर परमप्रभुका मन्‍दिरको भण्‍डारमा राखे।

२ राजाहरू 12 : 14
14 त्‍योचाहिँ मन्‍दिर मरम्‍मत गर्न काम गर्ने मानिसहरूलाई दिइयो।

२ राजाहरू 12 : 18
18 तर यहूदाका राजा योआशले तिनका पुर्खाहरू अर्थात्‌ यहूदाका राजाहरू यहोशापात, योराम र अहज्‍याहले समर्पण गरेका सबै पवित्र थोकहरू र आफैले समर्पण गरेका उपहारहरू र परमप्रभुको मन्‍दिरका र राजमहलका भण्‍डारहरूमा भेट्टाएका सबै सुन लिएर अरामका राजा हजाएलकहाँ पठाइदिए। त्‍यसपछि उनी यरूशलेमबाट फर्के।

२ राजाहरू 22 : 5
5 मन्‍दिरका मुख्‍य कर्मचारीहरूका हातमा त्‍यो दिनू, र तिनीहरूले परमप्रभुको मन्‍दिर मरम्‍मत गर्ने मानिसहरूलाई देऊन्।

१ इतिहास 28 : 12
12 आत्‍माले तिनको मनमा राख्‍नुभएका सबै कुराअनुसार तिनले परमप्रभुको मन्‍दिरका चोकहरू र चारैपट्टिका कोठाहरू, परमेश्‍वरको मन्‍दिरका भण्‍डारहरू र अर्पण गरिएका भेटी राख्‍ने भण्‍डारहरूका निम्‍ति नक्‍शाहरू दिए।

मत्ती 27 : 6
6 तर मुख्‍य पूजाहारीहरूले चाँदीका ती सिक्‍काहरू लिएर भने, “ढुकुटीमा यो राख्‍न उचित छैन, किनकि यो रगतको मोल हो।”

मर्कूस 12 : 41
41 अनि उहाँ मन्‍दिरको भेटी चढ़ाउने ठाउँको सामुन्‍ने बस्‍नुभयो, र भीड़ले भेटीपात्रमा भेटी चढ़ाएको हेर्नुभयो। धेरै धनी मानिसहरूले ठूला-ठूला रकम चढ़ाए।

मर्कूस 12 : 43
43 आफ्‍ना चेलाहरूलाई आफूकहाँ बोलाएर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, भेटीपात्रमा चढ़ाउनेहरूमध्‍ये यस गरीब विधवाले सबैभन्‍दा बढ़ी चढ़ाई।

लूका 21 : 1
1 उहाँले हेर्नुहुँदा धनीहरूलाई आ-आफ्‍ना भेटी मन्‍दिरको दानपात्रमा राखेका देख्‍नुभयो।

यूहन्‍ना 8 : 20
20 यी कुरा उहाँले मन्‍दिरमा शिक्षा दिनुहुँदा भेटी चढ़ाउने ढुकुटीको छेउमा भन्‍नुभएको हो। अनि कसैले उहाँलाई पक्रेन, किनभने उहाँको समय अझ आएको थिएन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *