यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् क्रिस्चियन
मत्ती 6 : 24
24 “कसैले दुई मालिकको सेवा गर्न सक्दैन। किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ। अथवा त्यसले एउटाप्रति भक्ति राख्नेछ, र अर्कालाई त्यसले तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ।
१ पत्रुस 4 : 16
16 तर कसैले ख्रीष्टियान भएको कारण दुःख भोग्दछ भनेता उसले लाज नमानोस, तर त्यही नाउँमा उसले परमेश्वरलाई महिमा देओस्।
याकूब 4 : 1
1 तिमीहरूका बीचमा लड़ाइँ र झगड़ाहरू कुन कुराले ल्याउँछ? के यी सब तिम्रो शरीरका अङ्गहरूमा सङ्घर्ष गर्ने अभिलाषाहरूबाट आएका होइनन् र?
याकूब 2 : 8
8 यदि “आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर” भन्ने पवित्र-धर्मशास्त्रको राजकीय व्यवस्थालाई साँच्चै पूरा गर्दछौ भनेता असलै गर्दछौ।
एफिसी 4 : 26
26 क्रोध गर, तर पाप नगर। घाम अस्ताउन अघि नै तिमीहरूको रीस मरोस्,
मर्कूस 12 : 31
31 दोस्रोचाहिँ यो हो, ‘तैंले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्।’ योभन्दा ठूलो आज्ञा अर्को छैन।”
मत्ती 7 : 21 – 23
21 “मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्। स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ।
22 त्यो दिन धेरैले मलाई भन्नेछन्, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं? तपाईंको नाउँमा भूतहरू धपाएनौं। र तपाईंको नाउँमा अनेक शक्तिशाली काम गरेनौं र?’
23 अनि म तिनीहरूलाई सफासँग भन्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ। ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ।’
रोमी 14 : 1
1 विश्वासमा कमजोर हुने मानिसलाई ग्रहण गर, तर उसको मतसम्बन्धी कुरामा वाद-विवाद गर्नलाई होइन।
कलस्सी 3 : 1
1 यसकारण यदि तिमीहरू ख्रीष्टसँग जिइउठाइएका छौ भने माथिका कुराहरूको खोजी गर, जहाँ ख्रीष्ट हुनुहुन्छ, र परमेश्वरको दाहिने बाहुलीपट्टि बस्नुभएको छ।
हिब्रू 13 : 1
1 भातृ-प्रेम बनिरहोस्।
हिब्रू 13 : 18
18 हाम्रो निम्ति प्रार्थना गर। हामीलाई निश्चय छ कि हाम्रो विवेक स्वच्छ छ, र सबै कुरा ईमानदारीसाथ गर्ने हाम्रो अभिलाषा छ।
एफिसी 4 : 25
25 यसकारण झूट त्यागेर हरेकले आ-आफ्नो छिमेकीसँग सत्य बोल, किनकि हामी एउटै शरीरमा एक-अर्काका अङ्गहरू हौं।
प्रेरित 26 : 28
28 अग्रिपासले पावललाई भने, “के थोरै समयमा तिमी मलाई ख्रीष्टियान बनाउन चाहन्छौ?”
Leave a Reply