क्याल्भिनवाद

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् क्याल्भिनवाद

यूहन्‍ना 6 : 44
44 मलाई पठाउनुहुने पिताले खिँच्‍नुभएन भने कोही मकहाँ आउन सक्‍दैन, र म त्‍यसलाई अन्‍त्‍यको दिनमा जीवित पार्नेछु।

२ पत्रुस 3 : 9
9 आफ्‍नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्‍छ भन्‍ने कसै-कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्‍न, तर कोही पनि नष्‍ट नहोस्, तर सबै जनाले पश्‍चात्ताप गरून्‌ भन्‍ने इच्‍छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान्‌ हुनुहुन्‍छ।

एफिसी 1 : 5
5 उहाँको इच्‍छाको लक्ष्यअनुसार ख्रीष्‍ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्‍ना सन्‍तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो,

रोमी 8 : 29
29 जस-जसलाई उहाँले पहिलेबाटै चिन्‍नुभएको छ, उहाँले तिनीहरूलाई आफ्‍ना पुत्रको रूपसमान बनाउनलाई, धेरै भाइहरूमध्‍ये उहाँचाहिँ ज्‍येष्‍ठ होऊन्‌ भनेर, अघिबाटै नियुक्त गर्नुभयो।

रोमी 9 : 16
16 यसकारण मानिसको इच्‍छा वा प्रयासमाथि यो निर्भर गर्दैन, तर परमेश्‍वरको कृपामाथि निर्भर गर्दछ।

प्रेरित 17 : 30
30 यस्‍तो अज्ञानताका समयलाई परमेश्‍वरले ध्‍यान दिनुभएन, तर अब प्रत्‍येक ठाउँमा सब मानिसहरूलाई पश्‍चात्ताप गर्ने आज्ञा दिनुहुन्‍छ।

यूहन्‍ना 3 : 18
18 जसले उहाँमाथि विश्‍वास गर्छ, त्‍यो दोषी ठहरिँदैन, तर विश्‍वास नगर्नेचाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्‍वरका एकमात्र पुत्रको नाउँमा विश्‍वास गरेको छैन।

एफिसी 2 : 1
1 तिमीहरू आफ्‍ना अपराध र पापहरूद्वारा मरेको बेलामा उहाँले तिमीहरूलाई जीवित पार्नुभयो।

यूहन्‍ना 3 : 36
36 जसले पुत्रमाथि विश्‍वास गर्छ, त्‍यससित अनन्‍त जीवन छ। जसले पुत्रको आज्ञापालन गर्दैन, त्‍यसले जीवन देख्‍नेछैन, तर परमेश्‍वरको क्रोध त्‍यसमाथि रहिरहन्‍छ।”

एफिसी 1 : 13
13 तिमीहरू, जसले सत्‍यको वचन, अर्थात्‌ आफ्‍नो मुक्तिको सुसमाचार सुन्‍यौ, र उहाँमा विश्‍वास गर्‍यौ, उहाँमा नै तिमीहरूलाई प्रतिज्ञा गरिएका पवित्र आत्‍माको छाप लगाइएको थियो।

रोमी 9 : 13 – 14
13 जसो लेखिएको छ, “याकूबलाई मैले प्रेम गरें, तर एसावलाई तुच्‍छ ठानें।”
14 अब हामी के भनौं? के परमेश्‍वरमा अन्‍याय छ त? कदापि होइन!

रोमी 9 : 13
13 जसो लेखिएको छ, “याकूबलाई मैले प्रेम गरें, तर एसावलाई तुच्‍छ ठानें।”

रोमी 8 : 29 – 30
29 जस-जसलाई उहाँले पहिलेबाटै चिन्‍नुभएको छ, उहाँले तिनीहरूलाई आफ्‍ना पुत्रको रूपसमान बनाउनलाई, धेरै भाइहरूमध्‍ये उहाँचाहिँ ज्‍येष्‍ठ होऊन्‌ भनेर, अघिबाटै नियुक्त गर्नुभयो।
30 जस-जसलाई उहाँले अघिबाटै नियुक्त गर्नुभयो, तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो, र जस-जसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई उहाँले धर्मी पनि ठहराउनुभयो, र जस-जसलाई धर्मी ठहराउनुभयो तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो।

एफिसी 1 : 11
11 उहाँमा, जसले सबै कुरा आफ्‍नो इच्‍छाको योजनाअनुसार पूरा गर्नुहुन्‍छ, आफ्‍नो अभिप्रायअनुसार

गलाती 1 : 15 – 16
15 तर, मेरो जन्‍म हुन अघि नै मलाई अलग गर्नुहुने, र आफ्‍नो अनुग्रहद्वारा मलाई बोलाउनुहुने परमेश्‍वरलाई,
16 जब अन्‍यजातिहरूका बीचमा उहाँको प्रचार गर्नलाई आफ्‍ना पुत्र ममा प्रकट गराउन उहाँलाई खुशी लाग्‍यो, तब मैले कुनै मानिससँग केही सल्‍लाह लिइनँ,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *