यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् क्यारिज्म
मत्ती 10 : 1
1 उहाँले आफ्ना बाह्र चेलाहरूलाई बोलाएर अशुद्ध आत्माहरू निकाल्ने र हरप्रकारका रोग र दुर्बलता निको पार्ने अधिकार तिनीहरूलाई दिनुभयो।
मत्ती 10 : 8
8 बिरामीहरूलाई निको पार, मरेकाहरूलाई जीवित पार, कुष्ठ-रोगीहरूलाई शुद्ध पार, भूतहरूलाई निकाल। तिमीहरूले सित्तैँमा पायौ, सित्तैँमा देओ।
मर्कूस 16 : 18
18 तिनीहरूले सर्पहरू समात्नेछन् र कुनै विषालु कुरा पिए तापनि कुनै किसिमले त्यसले तिनीहरूको हानि गर्नेछैन। तिनीहरूले रोगीहरूमाथि आफ्ना हात राख्नेछन् र तिनीहरू निको हुनेछन्।
लूका 10 : 1
1 यसपछि प्रभुले अरू सत्तरी जनालाई नियुक्त गर्नुभयो, र आफू जान लाग्नुभएको हरेक सहर र गाउँमा आफूभन्दा अगाडि तिनीहरूलाई दुई-दुई जना गरी पठाउनुभयो।
लूका 10 : 9
9 त्यहाँ भएका रोगीहरूलाई निको पार, र तिनीहरूलाई भन, ‘परमेश्वरको राज्य तिमीहरूका नजिक आइपुगेको छ।’
लूका 10 : 17
17 ती सत्तरी जना आनन्दसाथ फर्केर आई यसो भने, “प्रभुज्यू, तपाईंको नाउँमा भूतहरू पनि हाम्रा वशमा आउँछन्।”
लूका 10 : 19
19 मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुको सारा शक्तिमाथि अधिकार दिएको छु, र कुनै कुराले तिमीहरूलाई हानि गर्नेछैन।
प्रेरित 2 : 4
4 अनि तिनीहरू सबै जना पवित्र आत्माले भरिए, र पवित्र आत्माले तिनीहरूलाई दिनुभएको उच्चारणबमोजिम तिनीहरू अन्य भाषाहरूमा बोल्न लागे।
प्रेरित 10 : 46
46 किनकि अन्य भाषामा बोलेर तिनीहरूले परमेश्वरको प्रशंसा गरिरहेका उनीहरूले सुने। तब पत्रुसले भने,
प्रेरित 19 : 6
6 जब पावलले उनीहरूमाथि हात राखे, तब पवित्र आत्मा उनीहरूमाथि आउनुभयो, र उनीहरू अन्य भाषामा बोले र अगमवाणी गरे।
Leave a Reply