कोर्रा लगाउने

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कोर्रा लगाउने

लेवीहरू 19 : 20
20 “‘मगनी भएकी तर छुटकारा नपाएकी तथा स्‍वतन्‍त्र नभएकी कमारीसित कसैले सहवास गर्‍यो भने, त्‍यसबारे जाँचपड़ताल गरिओस्‌। तिनीहरूलाई मार्नुचाहिँ हुँदैन, किनभने त्‍यो फुक्‍का थिइन।

व्यवस्था 22 : 18
18 अनि सहरकै धर्म-गुरुहरूले त्‍यसलाई लगेर सजाय देऊन्,

व्यवस्था 25 : 2
2 दोषी मानिसले पिटाइ पाउनुपर्छ भने, न्‍यायकर्ताले त्‍यसलाई लम्‍पसार हुन लगाएर अपराधअनुसार कोर्रा दिन लगाऊन्,

व्यवस्था 25 : 3
3 तर चालीस कोर्राभन्‍दा बढ़ी हान्‍न नलगाऊन्‌। त्‍यसभन्‍दा बढ़ी कोर्रा खाए तिमीहरूका दृष्‍टिमा तिमीहरूको भाइको अपमान हुनेछ।

अय्‍यूब 9 : 23
23 जब विपत्तिले एक्‍कासि मृत्‍यु ल्‍याउँछ, उहाँले निर्दोषको दशामाथि ठट्टा गर्नुहुन्‍छ।

प्रस्‍थान 21 : 20
20 “यदि कुनै मानिसले आफ्‍नो कमारा वा कमारीलाई लाठीले हिर्काउँदा त्‍यसको हातले त्‍यो मर्‍यो भने, त्‍यसको दण्‍ड हुनैपर्छ।

मत्ती 20 : 19
19 उसलाई गिल्‍ला गर्न, कोर्रा लाउन, र क्रूसमा टाँग्‍न भनी तिनीहरूले उसलाई अन्‍यजातिहरूका हातमा सुम्‍पनेछन्, र तेस्रो दिनमा ऊ जीवित भई उठ्‌नेछ।”

मत्ती 27 : 26
26 तब तिनले तिनीहरूका निम्‍ति बारब्‍बालाई छोडिदिए, तर येशूलाई कोर्रा लगाएर क्रूसमा टाँगिनलाई सुम्‍पिदिए।

मर्कूस 15 : 15
15 तब पिलातसले भीड़लाई सन्‍तुष्‍ट पार्ने इच्‍छाले तिनीहरूका निम्‍ति बारब्‍बालाई छोडिदिए, र येशूलाई कोर्रा लाएर क्रूसमा टाँग्‍न सुम्‍पिदिए।

यूहन्‍ना 19 : 1
1 तब पिलातसले येशूलाई लगेर कोर्रा लाउन लाए।

प्रेरित 16 : 23
23 उनीहरूले तिनीहरूलाई निकै छड़ी लगाएपछि तिनीहरूलाई झ्‍यालखानमा हालिदिए, र झ्‍यालखानका हाकिमलाई यी कैदीहरूलाई कड़ा निगरानीमा राख्‍ने हुकुम दिए।

प्रेरित 21 : 32
32 उनी तुरुन्‍तै सिपाही र कप्‍तानहरू साथमा लिएर उनीहरूकहाँ दौड्‌दैआए। उनीहरूले सेनापति र सिपाहीहरूलाई देखे, र पावललाई कुट्‌न छोड़े।

प्रेरित 22 : 24
24 सेनापतिले हुकुम गरे, “त्‍यो ब्‍यारेकभित्र ल्‍याइओस्, र कोर्रा लाएर जाँचिओस्, कि किन त्‍यसको विरुद्धमा तिनीहरू यसरी कराइरहेछन्‌।”

२ कोरिन्थी 11 : 25
25 तीन पल्‍ट मलाई लौराले पिटे। एक पल्‍ट ढुङ्गाले हाने। तीन पल्‍ट म चढ़ेको जहाज ध्‍वस्‍त भयो। एक दिन एक रात मैले समुद्रमा नै बिताएको छु।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *