यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कोरिन्थ
२ कोरिन्थी 12 : 14
14 अब तेस्रो पल्ट तिमीहरूकहाँ आउन म तयार छु। म तिमीहरूका निम्ति बोझ हुनेछैनँ, किनकि म तिमीहरूको सम्पत्ति होइन तर तिमीहरूलाई नै चाहन्छु। किनभने आमा-बुबाको निम्ति छोरा-छोरीले होइन, तर छोरा-छोरीका निम्ति पो आमा-बुबाले सञ्चय गर्नुपर्छ।
२ कोरिन्थी 13 : 1
1 तेस्रो पल्ट म तिमीहरूकहाँ आउनेछु। कुनै पनि दोष दुई वा तीन साक्षीहरूका गवाहीद्वारा साबित गरिनुपर्छ।
१ कोरिन्थी 16 : 7
7 यस पाली तिमीहरूसँग एकै छिनको मात्र भेटघाट नगरेर, प्रभुको इच्छा भयो भने, केही समय बिताउने आशा मैले राखेको छु।
२ कोरिन्थी 1 : 16
16 माकेडोनिया जाँदा तिमीहरूकहाँ आएर भेटघाट गर्न र माकेडोनियाबाट तिमीहरूकहाँ फर्किआउने र त्यहाँबाट यहूदियाको मेरो यात्रामा तिमीहरूले मलाई पठाइदिनेछौ भन्ने म चाहन्थे।
प्रेरित 19 : 1
1 अपोल्लोस कोरिन्थमा हुँदा पावल भित्री इलाकाहरू भएर एफिससमा आए। त्यहाँ तिनले कुनै-कुनै चेलाहरूलाई भेट्टाए।
२ कोरिन्थी 8 : 17
17 किनकि तिनले हाम्रो अनुरोधलाई मानेको मात्र होइन, तर आफै पनि साह्रै उत्साही भएर आफ्नै इच्छाले तिमीहरूकहाँ आउँदैछन्।
२ कोरिन्थी 12 : 18
18 मैले तीतसलाई जान भनी आग्रह गरें, र त्यस भाइलाई तिनको साथमा पठाएँ। के तीतसले तिमीहरूबाट केही फाइदा उठाए? के हामी एकै आत्माद्वारा चलेनौं? के हामी एकै पाइलामा हिँड़ेनौं?
रोमी 16 : 23
23 मेरा मेजमान र सारा मण्डलीलाई सत्कार गर्ने गायसले अभिवादन पठाएका छन्। तिमीहरूलाई अभिवादन छ। सहरका कोषाध्यक्ष इरास्तस र भाइ क्वार्टसले तिमीहरूलाई अभिवादन पठाएका छन्।
२ तिमोथी 4 : 20
20 इरास्तस कोरिन्थमै रहे, त्रोफिमसलाई त मैले मिलेटसमा बिरामी अवस्थामा छोडें।
१ कोरिन्थी 1 : 12
12 मेरो भनाईको तात्पर्य यही हो, तिमीहरू कसैले, “म पावलको”, कसैले “म अपोल्लोसको”, कसैले “म केफासको” र कसैले “म ख्रीष्टको हुँ” भन्छौ अरे।
१ कोरिन्थी 3 : 4
4 किनकि एउटाले “पावलको” र अर्काले “मचाहिँ अपोल्लोसको” भन्छ भने, सांसारिक मानिसजस्ता भएनौ र?
१ कोरिन्थी 5 : 13
13 बाहिरकाहरूको न्याय परमेश्वरले नै गर्नुहुन्छ। “तिमीहरूले आफ्नो बीचबाट दुष्ट मानिसलाई निकालिदेओ।”
१ कोरिन्थी 7 : 1
1 अब तिमीहरूले लेखेका कुराहरूका विषयमा: पुरुषले स्त्रीलाई नछुनु नै असल हो।
१ कोरिन्थी 11 : 22
22 के खान र पिउनलाई के तिमीहरूका आ-आफ्ना घर छैनन् र? अथवा के तिमीहरू परमेश्वरको मण्डलीलाई तुच्छ ठान्छौ र केही नहुनेहरूको अपमान गर्दछौ? म तिमीहरूलाई के भनूँ? के यसको निम्ति म तिमीहरूको तारिफ [1] गरूँ? म कदाचित् तारिफ गर्दिनँ।
१ कोरिन्थी 15 : 12
12 मृतकहरूबाट ख्रीष्ट पुनरुत्थान हुनुभयो भनी प्रचार गरिन्छ भने कसरी तिमीहरूमध्ये कसै-कसैले मृतकको पुनरुत्थान हुँदैन भनी भन्न सक्छौ?
Leave a Reply