केवल भगवानले मलाई न्याय गर्न सक्नुहुन्छ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् केवल भगवानले मलाई न्याय गर्न सक्नुहुन्छ

लूका 6 : 37
37 “अरूको न्‍याय नगर र तिमीहरूको पनि न्‍याय गरिनेछैन। अरूलाई दोषी नठहराओ, र तिमीहरू दोषी ठहराइनेछैनौ। क्षमा गर, र तिमीहरूलाई पनि क्षमा गरिनेछ।

मत्ती 7 : 1 – 29
1 “अरूलाई दोषी नठहराओ, र तिमीहरू पनि दोषी ठहराइनेछैनौ।
2 किनभने जसरी तिमीहरू अरूहरूलाई दोषी ठहराउँछौ, त्‍यसरी नै तिमीहरू पनि दोषी ठहराइनेछौ। जुन नापले तिमीहरू नाप्‍तछौ, त्‍यसै गरी तिमीहरूका निम्‍ति पनि नापिनेछ।
3 “किन तिमी आफ्‍नो भाइको आँखामा भएको धूलोको कण देख्‍तछौ, तर तिम्रो आफ्‍नै आँखामा भएको मूढ़ाचाहिँ थाहा पाउँदैनौ?
4 अथवा तिम्रो आफ्‍नै आँखामा मूढ़ा छ भने कसरी तिमी तिम्रो भाइलाई भन्‍न सक्‍छौ, ‘मलाई तिम्रो आँखाबाट धूलोको कण निकाल्‍न देऊ।’
5 ए ढोंगी, पहिले आफ्‍नै आँखाबाट मूढ़ा निकाल, तब तिम्रो भाइको आँखाबाट धूलोको कण निकाल्‍नलाई तिमी सफासँग देख्‍न सक्‍नेछौ।
6 “जे पवित्र छ सो कुकुरहरूलाई नदेओ। आफ्‍ना मोतीहरू सुँगुरका अगाडि नफाल, नत्रता तिनले आफ्‍ना खुट्टाले तिनलाई कुल्‍चलान्‌ र फर्की तिमीलाई हमला गर्लान्‌।
7 “माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढक्‍याओ त तिमीहरूका निम्‍ति उघारिनेछ।
8 किनकि जसले माग्‍छ, त्‍यसले पाउँछ, जसले खोज्‍छ, त्‍यसले भेट्टाउँछ, जसले ढकढक्‍याउँछ, त्‍यसको निम्‍ति ढोका उघारिनेछ।
9 “तिमीहरूमध्‍ये कुन मानिस होला, जसको छोराले रोटी माग्‍दा त्‍यसलाई ढुङ्गा देला?
10 कि माछा माग्‍दा त्‍यसलाई साँप देला?
11 यसकारण तिमीहरू दुष्‍ट भएर आफ्‍ना छोराछोरीहरूलाई असल चीज दिन जान्‍दछौ भने, स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसित माग्‍नेहरूलाई कति बढ़ी गरेर असल चीज दिनुहुनेछ।
12 मानिसहरूले तिमीहरूसँग जस्‍तो व्‍यवहार गरून्‌ भन्‍ने तिमीहरू चाहन्‍छौ, तिमीहरूले पनि तिनीहरूसँग त्‍यस्‍तै व्‍यवहार गर, किनभने यही नै व्‍यवस्‍था र अगमवक्ताका शिक्षाको सारांश हो।
13 “साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुर्‍याउने ढोका फराकिलो र बाटो सजिलो हुन्‍छ, र यसबाट भित्र पस्‍नेहरू धेरै हुन्‍छन्‌।
14 किनभने जीवनमा पुर्‍याउने ढोका साँघुरो हुन्‍छ र बाटो कठिन हुन्‍छ, जसले चाहिँ जीवनमा पुर्‍याउँछ, र त्‍यो भेट्टाउने थोरै नै हुन्‍छन्‌।
15 “झूटा अगमवक्ताहरूदेखि होशियार बस, जो तिमीहरूकहाँ भेड़ाको भेषमा आउँछन्, तर भित्रपट्टि चाहिँ डरलाग्‍दा ब्‍वाँसाहरूजस्‍ता हुन्‍छन्‌।
16 तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ। के काँढ़ाका बोटबाट अंगूर अथवा सिउँड़ीबाट अञ्‍जीर टिपिन्‍छ र?
17 त्‍यसै गरी हरेक असल रूखले असल फल फलाउँछ। तर खराब रूखले खराब फल फलाउँछ।
18 असल रूखले खराब फल फलाउन सक्‍दैन, न त खराब रूखले असल फल फलाउन सक्‍तछ।
19 असल फल नफलाउने हरेक रूख काटी ढालिन्‍छ, र आगोमा फालिन्‍छ।
20 यसरी ती अगमवक्ताहरूलाई तिनीहरूका फलबाट चिन्‍नेछौ।
21 “मलाई ‘प्रभु, प्रभु’ भन्‍ने सबै स्‍वर्गको राज्‍यमा प्रवेश गर्नेछैनन्‌। स्‍वर्गमा हुनुहुने मेरा पिताको इच्‍छा पालन गर्ने मानिस मात्र परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नेछ।
22 त्‍यो दिन धेरैले मलाई भन्‍नेछन्, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं? तपाईंको नाउँमा भूतहरू धपाएनौं। र तपाईंको नाउँमा अनेक शक्तिशाली काम गरेनौं र?’
23 अनि म तिनीहरूलाई सफासँग भन्‍नेछु, ‘मैले तिमीहरूलाई कहिल्‍यै चिनेको छैनँ। ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ।’
24 “यसकारण जसले मेरा यी वचन सुन्‍छ र पालन गर्छ, म एक जना बुद्धिमान्‌ मानिससँग त्‍यसको तुलना गर्छु, जसले आफ्‍नो घर चट्टानमाथि बनायो।
25 अनि पानी पर्‍यो, र बाढ़ी आयो, अनि हुरी चल्‍यो र त्‍यस घरमाथि बजारियो, र पनि त्‍यो घर ढलेन। किनकि त्‍यो चट्टानमाथि बसालिएको थियो।
26 जसले मेरा यी वचन सुनेर पनि पालन गर्दैन, त्‍यसको तुलना एउटा मूर्ख मानिससँग गरिन्‍छ, जसले आफ्‍नो घर बालुवामाथि बनायो।
27 पानी पर्‍यो, र बाढ़ी आयो, अनि हुरी चल्‍यो र त्‍यस घरमाथि बजारियो, र त्‍यो घर ढल्‍यो, अनि त्‍यसको ठूलो विनाश भयो।”
28 येशूले यी कुरा भनिसक्‍नुभएपछि भीड उहाँका शिक्षा सुनेर छक्‍क पर्‍यो।
29 किनकि उहाँले तिनीहरूका शास्‍त्रीहरूले झैँ होइन, तर अधिकार भएको मानिसले जस्‍तो गरी सिकाउनुहुन्‍थ्‍यो।

मत्ती 7 : 1
1 “अरूलाई दोषी नठहराओ, र तिमीहरू पनि दोषी ठहराइनेछैनौ।

मत्ती 18 : 15 – 18
15 “तिम्रो भाइले तिम्रो विरुद्धमा अपराध गर्‍यो भने, गएर तिमीहरू दुई मात्र हुँदा त्‍यसको दोष देखाइदेऊ। त्‍यसले तिम्रो कुरा सुन्‍यो भने, तिम्रो भाइ आफ्‍नो भयो।
16 तर त्‍यसले सुनेन भने आफ्‍नो साथ अरू एक वा दुई जनालाई लैजाऊ र दुई अथवा तीन साक्षीद्वारा प्रत्‍येक कुरा पक्‍का होस्‌।
17 यदि त्‍यसले तिनीहरूका कुरा पनि सुन्‍न इन्‍कार गर्‍यो भने, मण्‍डलीलाई भन। त्‍यसले मण्‍डलीको कुरा पनि सुन्‍न इन्‍कार गर्‍यो भने, त्‍यो तिम्रो लागि विधर्मी र कर उठाउनेसरह होस्‌।
18 “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले पृथ्‍वीमा जे बाँध्‍छौ, त्‍यो स्‍वर्गमा बाँधिनेछ। अनि तिमीहरूले पृथ्‍वीमा जे फुकाउँछौ त्‍यो स्‍वर्गमा फुकाइनेछ।

मत्ती 9 : 6 – 8
6 तर मानिसको पुत्रलाई पृथ्‍वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान्‍न सक।” तब उहाँले त्‍यस पक्षाघातीलाई भन्‍नुभयो, “उठ, तिम्रो खाट बोक, र घर जाऊ।”
7 अनि त्‍यो उठ्यो, र आफ्‍नो घरतिर लाग्‍यो।
8 जब भीड़ले यो देख्‍यो, तब तिनीहरू भयभीत भए, र मानिसहरूलाई यस्‍तो शक्ति दिनुहुने परमेश्‍वरको प्रशंसा गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *