यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् केन
उत्पत्ति 4 : 1
1 आफ्नी पत्नीसित आदमको सहवास भयो, र तिनी गर्भवती भएर कयिनलाई जन्माइन्, र भनिन्, “परमप्रभुको सहायताले एक पुरुष जन्माएँ।”
उत्पत्ति 4 : 15
15 तर परमप्रभुले तिनलाई भन्नुभयो, “त्यसो होइन, जसले कयिनलाई मार्छ त्यससित सात गुणा बदला लिइनेछ।” अनि कयिनलाई कसैले फेला पारेर नमारोस् भनी परमप्रभुले तिनीमाथि एउटा चिन्ह लगाइदिनुभयो।
हिब्रू 11 : 4
4 विश्वासद्वारा हाबिलले परमेश्वरलाई कयिनले भन्दा अझ ग्रहणयोग्य बलि चढ़ाए, र त्यसद्वारा नै हाबिल धर्मी ठहरिए। तिनको बलि स्वीकार गरेर परमेश्वरले आफ्नो सम्मति जनाउनुभयो। तिनी मरे तापनि विश्वासद्वारा नै तिनी अझै बोलिरहेका छन्।
१ यूहन्ना 3 : 12
12 कयिनजस्तो नहोओ, जो दुष्ट थियो। उसले आफ्नो भाइको हत्या गर्यो। उसले आफ्नो भाइको हत्या किन गर्यो? किनकि उसका आफ्ना कामहरू दुष्ट थिए, अनि उसको भाइका कामहरूचाहिँ धार्मिक थिए।
उत्पत्ति 4 : 16
16 तब कयिन परमप्रभुको उपस्थितिबाट निस्केर अदनको पूर्वपट्टि भएको नोद [1] भन्ने देशमा बस्न लागे।
उत्पत्ति 4 : 18
18 हनोकबाट ईरादको जन्म भयो। ईरादबाट महूयाएलको जन्म भयो। महूयाएलबाट मतूशाएलको जन्म भयो। मतूशाएलबाट लेमेखको जन्म भयो।
यहोशू 15 : 57
57 कैन, गिबा र तिम्ना। तिनीहरूका बस्तीहरूसमेत दश सहरहरू हुन्।
Leave a Reply