यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् केदेश
यहोशू 15 : 23
23 केदेश, हासोर, यित्नान,
यहोशू 12 : 22
22 कादेशका राजा, एक, कर्मेलको योक्नाम राजा, एक,
यहोशू 19 : 20
20 रब्बीत, किश्योन, एबेस,
यहोशू 21 : 28
28 इस्साखारको कुलबाट किश्योन, दाबरत,
१ इतिहास 6 : 72
72 इस्साखारको कुलबाट— केदेश, दाबरत,
यहोशू 20 : 7
7 तब तिनीहरूले गालीलमा नप्तालीको पहाड़ी देशमा केदेश, एफ्राइमको पहाड़ी देशमा शकेम र यहूदाको पहाड़ी देशमा किर्यत-अर्बा (जो हेब्रोन हो) अर्पण गरे।
यहोशू 21 : 32
32 नप्तालीको कुलबाट गालीलमा ज्यानमाराको निम्ति शरण-नगर नियुक्त भएको केदेश, त्यसका चरनसमेत, र हम्मोत-डोर र कर्तान, तिनका चरनहरूसमेत— तीन सहरहरू दिइयो।
न्यायकर्ताहरू 4 : 6
6 तिनले नप्तालीको केदेशबाट अबीनोअमका छोरा बाराकलाई बोलाइपठाइन्, र तिनलाई भनिन्, “परमप्रभु इस्राएलका परमेश्वरको आज्ञा यो हो: ‘गएर नप्ताली र जबूलूनका दश हजार मानिसहरूलाई चुनेर तिनीहरूलाई तिमीसँगै तबोर डाँड़ामा ल्याऊ’।
न्यायकर्ताहरू 4 : 9
9 दबोराले भनिन्, “निश्चय नै म तिमीसँग जानेछु, तर यस वीरताका कामको श्रेय तिमीलाई हुनेछैन, किनभने परमप्रभुले सीसरालाई एउटी स्त्रीको हातमा सुम्पिदिनुहुनेछ।” तब दबोरा उठिन् र बाराकसँग केदेशमा गइन्।
न्यायकर्ताहरू 4 : 11
11 अब केनी हेबेरले केनीहरू, अर्थात् मोशाका साला होबाबका सन्तानहरूदेखि अलग भएर केदेशनेर सानन्नीममा भएको ठूलो रूख नजिक आफ्नो पाल टाँगेका थिए।
२ राजाहरू 15 : 29
29 इस्राएलका राजा पेकहको समयमा अश्शूरका राजा तिग्लत-पिलेसेरले आएर इयोन, हाबिल-बेथ-माका, यानोह, केदेश र हासोर लिए। उनले गिलाद र गालील, नप्तालीका सबै जग्गासमेत लिए, र मानिसहरूलाई अश्शूर देशमा कैद गरेर लगे।
Leave a Reply