यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कुष्ठरोग
लेवीहरू 22 : 4
4 “‘हारूनका सन्तानमध्ये कसैलाई पनि छालाको सरुवा रोग वा धातुको रोग छ भने, त्यो शुद्ध नहोउञ्जेल पवित्र थोकहरूबाट त्यसले केही नखाओस्। लाश छुने, धातु रोगीलाई छुने,
गन्ती 5 : 3
3 पुरुष र स्त्री दुवैलाई बाहिर राख्नू। तिनीहरूका बीचमा म रहने छाउनी तिनीहरूले अशुद्ध नपारून्।”
गन्ती 12 : 14
14 तब परमप्रभुले मोशालाई भन्नुभयो, “त्यसको बुबाले त्यसको मुखमा थुकिदिएको भए, के त्यो सात दिनसम्म शर्ममा पर्ने थिइन र? त्यसलाई सात दिनसम्म छाउनीबाहिरै थुनिराख्, त्यसपछि मात्र त्यसलाई भित्र ल्याउनू।”
व्यवस्था 24 : 8
8 कुष्ठरोगको विषयमा चाहिँ लेवी पूजाहारीहरूले तिमीहरूलाई सिकाएबमोजिम तिमीहरूले ठीक-ठीक गर्नुपर्छ। मैले तिनीहरूलाई दिएको आज्ञा तिमीहरूले राम्ररी पालन गर्नुपर्छ।
मत्ती 8 : 4
4 तब येशूले त्यसलाई भन्नुभयो, “कसैलाई नभन्नू। तर जाऊ, र आफूलाई पूजाहारीकहाँ देखाऊ, र मोशाले आज्ञा गरेको भेटी चढ़ाऊ, र मानिसहरूलाई प्रमाण होस्।”
लूका 5 : 14
14 उहाँले तिनलाई आदेश दिनुभयो, “यो कसैलाई नभन। तर गएर पूजाहारीकहाँ आफैलाई देखाऊ र मोशाले आज्ञा गरेबमोजिम मानिसहरूलाई तिमी निको भएको प्रमाणको निम्ति भेटी चढ़ाऊ।”
लूका 17 : 14
14 उहाँले तिनीहरूलाई देखेर भन्नुभयो, “जाओ, गएर पूजाहारीकहाँ आफैलाई देखाओ।” तिनीहरू जाँदाजाँदै निको भइहाले।
गन्ती 12 : 10
10 पालमाथिबाट बादल हट्दा मिरियम कुष्ठरोग लागेर हिउँजस्तै सेती भइसकेकी थिइन्। हारूनले मिरियमलाई हेर्दा तिनी कुष्ठरोगी भइसकेकी देखे।
२ राजाहरू 5 : 27
27 नामानको कुष्ठरोग तँ र तेरा सन्तानमा सधैँको लागि टाँसिरहनेछ।” तब गेहजी तिनको सामुन्नेबाट गइहाल्यो, र त्यो हिउँजस्तै सेतो कुष्ठरोगी भयो।
२ इतिहास 26 : 21
21 राजा उज्जियाह आफ्नो मर्ने दिनसम्मै कोरी भए। तिनी अलग्गै घरमा कोरी भएर बस्न लागे। परमप्रभुको मन्दिरभित्र तिनी पस्न पाएनन्। राज्यका सबै कामकाजहरूबाट तिनलाई कार्य-मुक्त गरियो। अनि तिनका छोरा योतामले महलको रेखदेख गरे, र राजप्रतिनिधि भएर राज्य चलाउन लागे।
२ राजाहरू 5 : 27
27 नामानको कुष्ठरोग तँ र तेरा सन्तानमा सधैँको लागि टाँसिरहनेछ।” तब गेहजी तिनको सामुन्नेबाट गइहाल्यो, र त्यो हिउँजस्तै सेतो कुष्ठरोगी भयो।
लेवीहरू 13 : 46
46 जहिलेसम्म त्यो रोगग्रस्त रहन्छ, त्यो अशुद्धै रहनेछ। त्यो एकलै रहनुपर्छ। छाउनीबाहिर त्यसको डेरा होस्।
गन्ती 5 : 2
2 “इस्राएलीहरूलाई छालाको सरुवा रोग भएका, धातुको रोग भएका, र मुर्दा छोएर अशुद्ध भएका जतिलाई छाउनीदेखि बाहिर राख्नू भनी आज्ञा गर्।
गन्ती 12 : 14
14 तब परमप्रभुले मोशालाई भन्नुभयो, “त्यसको बुबाले त्यसको मुखमा थुकिदिएको भए, के त्यो सात दिनसम्म शर्ममा पर्ने थिइन र? त्यसलाई सात दिनसम्म छाउनीबाहिरै थुनिराख्, त्यसपछि मात्र त्यसलाई भित्र ल्याउनू।”
२ राजाहरू 15 : 5
5 परमप्रभुले राजालाई मरणान्त कुष्ठरोगले प्रहार गर्नुभयो, र तिनी भिन्दै घरमा बस्थे। राजाका छोरा योतामले नै राजमहलको जिम्मा लिएका थिए र देशका प्रजामाथि राज्य गर्थे।
२ इतिहास 26 : 21
21 राजा उज्जियाह आफ्नो मर्ने दिनसम्मै कोरी भए। तिनी अलग्गै घरमा कोरी भएर बस्न लागे। परमप्रभुको मन्दिरभित्र तिनी पस्न पाएनन्। राज्यका सबै कामकाजहरूबाट तिनलाई कार्य-मुक्त गरियो। अनि तिनका छोरा योतामले महलको रेखदेख गरे, र राजप्रतिनिधि भएर राज्य चलाउन लागे।
२ इतिहास 26 : 23
23 उज्जियाह आफ्ना पित्रहरूसित सुते, र तिनीहरूका नजिकमा राजाहरूको एउटा खेतमा गाड़िए, किनभने मानिसहरू भन्थे, “तिनी एक कोरी हुन्।” अनि तिनीपछि तिनका छोरा योताम राजा भए।
२ राजाहरू 7 : 3
3 अब त्यस सहरको मूल ढोकानेर बस्ने चार जना कुष्ठरोगीहरू थिए। तिनीहरूले आपसमा भने, “हामी यहाँ नमरुञ्जेल किन बस्ने?
२ राजाहरू 15 : 5
5 परमप्रभुले राजालाई मरणान्त कुष्ठरोगले प्रहार गर्नुभयो, र तिनी भिन्दै घरमा बस्थे। राजाका छोरा योतामले नै राजमहलको जिम्मा लिएका थिए र देशका प्रजामाथि राज्य गर्थे।
Leave a Reply