यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कुमारी मेरी
यशैया 7 : 14
14 यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ। हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल [1] राखिनेछ।
मत्ती 1 : 18 – 25
18 येशू ख्रीष्टको जन्म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो।
19 तर तिनका पति योसेफ धार्मिक मानिस भएका हुनाले, तिनलाई शर्ममा पार्ने इच्छा नगरी तिनलाई गुप्तमै त्याग्ने इच्छा गरे।
20 तर जब उनले यी कुरा विचार गर्दैथिए, सपनामा परमप्रभुका दूत देखा परे, र उनलाई यसो भने, “योसेफ, दाऊदका छोरा, तिम्री पत्नी मरियमलाई स्वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ।
21 तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ।”
22 अगमवक्ताद्वारा परमप्रभुले बोल्नुभएको वचन पूरा हुनलाई नै यी सबै भएका हुन्:
23 “हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ,” जसको अर्थ हो, “परमेश्वर हामीहरूसँग।”
24 योसेफ निद्राबाट ब्यूँझे, र परमप्रभुका दूतले उनलाई भनेबमोजिम उनले मरियमलाई आफ्नी पत्नीको रूपमा स्वीकार गरे।
25 मरियमले पुत्र नजन्माउञ्जेल योसेफले तिनीसँग सहवास गरेनन्। योसेफले उहाँको नाउँ येशू राखे।
लूका 1 : 38
38 अनि मरियमले भनिन्, “हेर्नुहोस्, म परमप्रभुकी दासी, मलाई तपाईंको वचनअनुसार होस्।” तब स्वर्गदूत तिनीबाट बिदा भए।
प्रकाश 12 : 1 – 2
1 स्वर्गमा एउटा आश्चर्यजनक चिन्ह देखियो: सूर्य पहिरेकी एउटी स्त्री देखा परी, जसको पाउमुनि चन्द्रमा थियो, र त्यसले शिरमा बाह्र वटा ताराको मुकुट लाएकी थिई।
2 त्यो गर्भवती थिई, र जन्माउने अवस्थाको पीडामा प्रसववेदनाले चिच्याइरहेकी थिई।
लूका 1 : 46 – 49
46 अनि मरियमले भनिन्, “मेरो प्राणले परमप्रभुको गुणगान गर्दछ,
47 र मेरो आत्मा मेरा मुक्तिदाता परमेश्वरमा रमाहट गर्दछ।
48 किनकि उहाँले आफ्नी दासीको दीनतामा कृपा-दृष्टि गर्नुभएको छ, हेर, अब उप्रान्त सबै पुस्ताले मलाई धन्यकी भन्नेछन्।
49 किनभने उहाँ, जो शक्तिशाली हुनुहुन्छ, उहाँले मेरो निम्ति महान् काम गर्नुभएको छ। उहाँको नाउँ पवित्र छ।
लूका 1 : 35
35 स्वर्गदूतले तिनलाई जवाफ दिएर भने, “पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ। यसैकारण जो जन्मनुहुनेछ, उहाँ पवित्र, अर्थात् परमेश्वरका पुत्र कहलाइनुहुनेछ।
मत्ती 1 : 25
25 मरियमले पुत्र नजन्माउञ्जेल योसेफले तिनीसँग सहवास गरेनन्। योसेफले उहाँको नाउँ येशू राखे।
लूका 1 : 47 – 49
47 र मेरो आत्मा मेरा मुक्तिदाता परमेश्वरमा रमाहट गर्दछ।
48 किनकि उहाँले आफ्नी दासीको दीनतामा कृपा-दृष्टि गर्नुभएको छ, हेर, अब उप्रान्त सबै पुस्ताले मलाई धन्यकी भन्नेछन्।
49 किनभने उहाँ, जो शक्तिशाली हुनुहुन्छ, उहाँले मेरो निम्ति महान् काम गर्नुभएको छ। उहाँको नाउँ पवित्र छ।
लूका 1 : 34 – 35
34 मरियमले स्वर्गदूतलाई भनिन्, “यो कसरी हुन सक्छ, किनकि म एक कन्या हुँ।”
35 स्वर्गदूतले तिनलाई जवाफ दिएर भने, “पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ। यसैकारण जो जन्मनुहुनेछ, उहाँ पवित्र, अर्थात् परमेश्वरका पुत्र कहलाइनुहुनेछ।
यूहन्ना 19 : 26
26 जब येशूले आफ्नी आमालाई र उहाँले माया गर्नुहुने चेला नजिकमा उभिरहेका देख्नुभयो, तब उहाँले आफ्नी आमालाई भन्नुभयो, “नारी, हेर्नुहोस्, तपाईंको छोरो!”
यूहन्ना 19 : 27
27 तब त्यस चेलालाई पनि उहाँले भन्नुभयो, “हेर, तिम्री आमा!” त्यस बेलादेखि त्यस चेलाले उनलाई आफ्नै घरमा लगे।
यशैया 9 : 6
6 किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ। हाम्रा निम्ति एक जना छोरो दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ।
मत्ती 13 : 55 – 56
55 के यिनी सिकर्मीका छोरा होइनन्? के यिनकी आमाको नाउँ मरियम, र यिनका भाइहरू याकूब, योसेफ, सिमोन र यहूदा होइनन्?
56 के यिनका बहिनीहरू सबै हामीहरूसँगसँगै छैनन् र? त यिनलाई यी सबै कुरा कहाँबाट प्राप्त भयो?”
लूका 1 : 26 – 38
26 छैटौँ महिनामा परमेश्वरले गब्रिएल स्वर्गदूतलाई गालीलको नासरत नाउँको सहरमा पठाउनुभयो।
27 तिनी एउटी कन्ये-केटीकहाँ गए जसको मगनी दाऊदका घरानाको योसेफ भन्ने एक जना मानिससँग भएको थियो। त्यस कन्याको नाउँ मरियम थियो।
28 स्वर्गदूतले तिनीकहाँ गएर भने, “हे कृपा-पात्र, तिमीलाई अभिवादन! परमप्रभु तिमीसँग हुनुहुन्छ।”
29 तर तिनी त्यस कुराले साह्रै विचलित भइन्, र यो कस्तो किसिमको अभिवादन हो भनी मनमा सोच्न लागिन्।
30 स्वर्गदूतले तिनलाई भने, “नडराऊ, मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएकी छ्यौ।
31 अब हेर, तिमीले गर्भधारण गर्नेछ्यौ, र एउटा छोरो जन्माउनेछ्यौ, र तिमीले उहाँको नाउँ येशू राख्नेछ्यौ।
32 उहाँ महान् हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, र परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ।
33 उहाँले याकूबको वंशमाथि सदासर्वदै राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त्य हुनेछैन।”
34 मरियमले स्वर्गदूतलाई भनिन्, “यो कसरी हुन सक्छ, किनकि म एक कन्या हुँ।”
35 स्वर्गदूतले तिनलाई जवाफ दिएर भने, “पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ। यसैकारण जो जन्मनुहुनेछ, उहाँ पवित्र, अर्थात् परमेश्वरका पुत्र कहलाइनुहुनेछ।
36 हेर, तिम्री नातेदार एलीशिबाले पनि तिनको वृद्धावस्थामा छोरो गर्भधारण गरेकी छिन्, र जो बाँझी कहलाइएकी थिइन्, तिनी अहिले छैटौँ महिनामा छिन्।
37 किनकि परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन।”
38 अनि मरियमले भनिन्, “हेर्नुहोस्, म परमप्रभुकी दासी, मलाई तपाईंको वचनअनुसार होस्।” तब स्वर्गदूत तिनीबाट बिदा भए।
मत्ती 1 : 20
20 तर जब उनले यी कुरा विचार गर्दैथिए, सपनामा परमप्रभुका दूत देखा परे, र उनलाई यसो भने, “योसेफ, दाऊदका छोरा, तिम्री पत्नी मरियमलाई स्वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ।
लूका 1 : 46
46 अनि मरियमले भनिन्, “मेरो प्राणले परमप्रभुको गुणगान गर्दछ,
लूका 1 : 48
48 किनकि उहाँले आफ्नी दासीको दीनतामा कृपा-दृष्टि गर्नुभएको छ, हेर, अब उप्रान्त सबै पुस्ताले मलाई धन्यकी भन्नेछन्।
हिब्रू 12 : 24
24 र नयाँ करारका मध्यस्थ येशूको सम्मुख तथा छर्किएको त्यस रगतको सामु आएका छौ, जसले हाबिलको रगतभन्दा अझ उत्तम वचन बोल्दछ।
मर्कूस 6 : 3
3 के यिनी त्यही सिकर्मी होइनन् र? के यिनी त मरियमका छोरा तथा याकूब, योसेफ, यहूदा र सिमोनका दाजु होइनन् र? के यिनका बहिनीहरू पनि हामीसँगै छैनन् र?” अनि तिनीहरू उहाँसँग चिढ़िए।
Leave a Reply