यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कुञ्जी
न्यायकर्ताहरू 3 : 25
25 धेरै बेरसम्म पर्खंदा-पर्खंदा तिनीहरूलाई लाज पनि लाग्यो, तापनि एग्लोनले कौसीको कोठाका ढोकाहरू खोलेनन्। तब तिनीहरूले साँचो लिएर ढोकाहरू खोले, र आफ्ना मालिकलाई भूइँमा मरेर लड़िरहेका भेट्टाए।
यशैया 22 : 22
22 दाऊदका घरानाको साँचो म त्यसको काँधमा राख्नेछु। त्यसले जे खोल्छ, त्यो कसैले बन्द गर्नेछैन, र त्यसले जे बन्द गर्छ, कसैले त्यो खोल्न सक्दैन।
मत्ती 16 : 19
19 म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु। जे तिमीले पृथ्वीमा बाँध्नेछौ, सो स्वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्वीमा फुकाऔला, सो स्वर्गमा फुकाइनेछ।”
प्रकाश 1 : 18
18 र जीवितचाहिँ म नै हुँ। म मरेको थिएँ। हेर, म सदासर्वदाको निम्ति जीवित छु, अनि मृत्यु र पातालका साँचाहरू मसित छन्।
प्रकाश 3 : 7
7 अनि फिलाडेल्फियाका मण्डलीका दूतलाई यो लेख: यी कुरा त्यसले भन्दछ, जो पवित्र छ, जो सत्य छ, जससँग दाऊदको साँचो छ, जसले खोल्छ, कसैले थुन्नेछैन, र जसले थुन्छ, कसैले खोल्नेछैन।
प्रकाश 9 : 1
1 अनि पाँचौँ स्वर्गदूतले आफ्नो तुरही फुके, र मैले एउटा तारा देखें, जो स्वर्गबाट पृथ्वीमा खसेको थियो। त्यस तारालाई अतल कुण्डको साँचो दिइयो।
प्रकाश 20 : 1
1 त्यसपछि अतल कुण्डको साँचो र एउटा ठूलो साङ्लो हातमा लिएका एउटा स्वर्गदूत स्वर्गबाट ओर्लेर आएका मैले देखें।
लूका 11 : 52
52 “तिमी व्यवस्थाका पण्डितहरूलाई धिक्कार! किनकि तिमीहरूले ज्ञानको साँचो लिन त लियौ, तर तिमीहरू आफै पनि भित्र प्रवेश गरेनौ, अनि अरू पस्नेहरूलाई पनि रोक्यौ।”
Leave a Reply