यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कुकुर बास्दै
मत्ती 26 : 34
34 येशूले तिनलाई भन्नुभयो, “साँच्चै, म तिमीलाई भन्दछु, आजै राती भाले बास्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।”
मत्ती 26 : 75
75 तब पत्रुसलाई येशूले भन्नुभएको यो कुरा याद भयो, “भाले बास्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।” तब तिनी बाहिर गएर धुरुधुरु रोए।
मर्कूस 13 : 35
35 “यसकारण तिमीहरू पनि जागा रहो, किनकि घरको मालिक बेलुकी, कि आधा रातमा, कि भाले बास्दा, कि बिहान, कहिले आउने हो, सो तिमीहरू जान्दैनौ।
मर्कूस 14 : 30
30 तब येशूले तिनलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, आजकै राती भाले दुई पल्ट बास्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।”
मर्कूस 14 : 68
68 तर तिनले यसो भन्दै इन्कार गरे, “तिमीले के भनेकी त्यो न जान्दछु न बुझ्दछु।” अनि तिनी बाहिरको मूल ढोकातिर गए। अनि भाले बास्यो।
मर्कूस 14 : 72
72 अनि तुरुन्तै दोस्रो पल्ट भाले बास्यो, र पत्रुसलाई येशूले यसो भन्नुभएको कुरा सम्झना भयो, “भाले दुई पल्ट बास्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।” अनि त्यस कुरालाई सम्झेर तिनी धुरुधुरु रोए।
Leave a Reply