कुकुर

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कुकुर

व्यवस्था 23 : 18
18 कुनै भाकल पूरा गर्न वेश्‍यागमन अथवा पुरुषगमनबाट कमाएर ल्‍याएको कुनै पैसा परमेश्‍वरको भवनमा नल्‍याउनू, किनभने परमप्रभु तिमीहरूका परमेश्‍वरले दुवैलाई घृणा गर्नुहुन्‍छ।

अय्‍यूब 30 : 1
1 “तर अब जवानहरू ममाथि ठट्टा गरेर हाँस्‍छन्, ती मानिसहरू, जसका बुबाहरूलाई मेरा भेड़ा रुँग्‍ने कुकुरहरूसँग राख्‍न पनि म अयोग्‍य ठान्‍थें।

१ राजाहरू 21 : 19
19 त्‍यसलाई भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: के तैंले एक जना मानिसको हत्‍या गरेर त्‍यसको सम्‍पत्ति कब्‍जा गरेको छैनस्‌ र?’ तब त्‍यसलाई भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: नाबोतको रगत कुकुरहरूले चाटेकै ठाउँमा तेरो रगत पनि कुकुरहरूले चाट्‌नेछन्‌— हो, तेरै रगत’!”

१ राजाहरू 22 : 38
38 तिनीहरूले त्‍यो रथ सामरियाको एउटा तलाउमा धोए, जहाँ वेश्‍याहरूले नुहाइधुवाइ गर्थे, र परमप्रभुको वचनले घोषणा गरेबमोजिम कुकुरहरूले तिनको रगत चाटे।

लूका 16 : 21
21 त्‍यस धनी मानिसको टेबिलबाट झरेका टुक्राटाक्री खाएर लाजरसले आफ्‍नो पेट भर्ने इच्‍छा गर्थ्‍यो। कुकुरहरूले पनि आएर त्‍यसका घाउहरू चाट्‌थे।

हितोपदेश 26 : 11
11 जसरी कुकुर आफ्‍नै बान्‍ता खान फर्किन्‍छ, त्‍यसरी नै मूर्खले आफ्‍नो मूर्खता दोहोर्‍याउँछ।

२ पत्रुस 2 : 22
22 यी सत्‍य उखानअनुसार नै तिनीहरूलाई यसो भएको छ, “कुकुर आफ्‍नै बान्‍तामा फर्किआउँछ,” “र नुहाइदिएको सुँगुर हिलैमा लड़ीबड़ी खेल्‍छ।”

न्यायकर्ताहरू 7 : 5
5 यसैले गिदोनले मानिसहरूलाई तल खोलामा ल्‍याए, र परमप्रभुले तिनलाई भन्‍नुभयो, “हरेक मानिस जसले कुकुरले झैँ जिब्रोले पानी चाटेर पिउँछ त्‍यसलाई एकातिर राख्, र अर्कोतिर चाहिँ जसले घुँड़ा टेकेर पानी पिउँछ तिनीहरूलाई राख्‌।”

यशैया 56 : 11
11 तिनीहरू त साह्रै भोकाएका कुकुरहरू हुन्‌। तिनीहरू कहिल्‍यै अघाउँदैनन्‌। ती अबुझ गोठालाहरू हुन्‌। तिनीहरू जम्‍मै आफ्‍नै बाटोतिर लागेका छन्‌। प्रत्‍येकले आफ्‍नै लाभ मात्र खोज्‍छन्‌।

हितोपदेश 30 : 31
31 शानदार हिँड्‌ने कुखुराको भाले, र बोका, अनि सेना आफ्‍नो वरिपरि राखेर हिँड्‌ने राजा।

१ शमूएल 17 : 43
43 त्‍यसले दाऊदलाई भन्‍यो, “के म कुकुर हुँ, र लाठाहरू लिएर मसँग लड्‌न आउँछस्‌?” त्‍यसले आफ्‍ना देवताहरूका नाउँमा दाऊदलाई सराप्‍न लाग्‍यो।

१ शमूएल 24 : 14
14 “इस्राएलका राजा कसको विरुद्धमा निस्‍केर आउनुभएको छ? हजूर कसलाई खेद्‌दैहुनुहुन्‍छ? एउटा मरेको कुकुर, केवल एउटा उपियाँलाई होइन र?

२ शमूएल 3 : 8
8 यस कुराले अबनेरले साह्रै रिसाएर भने, “के म यहूदाको चाकरी गर्ने कुकुर हुँ? अहिलेसम्‍म त म तिम्रा पिता शाऊलको घराना, उनका दाजुभाइहरू र उनका मित्रहरूको भक्त थिएँ, र मैले तपाईंलाई दाऊदको हातमा दिएर विश्‍वासघात गरेको छैनँ। तापनि यस स्‍त्रीको विषयमा भक्तिहीनताको आरोप लाउनुहुन्‍छ!

२ शमूएल 9 : 8
8 मपीबोशेतले फेरि घोप्‍टो परेर दण्‍डवत्‌ गरी भने, “म को हुँ, र हजूरले म एउटा मरेको कुकुरलाई पनि ख्‍याल गर्नुहुन्‍छ?”

२ शमूएल 16 : 9
9 तब सरूयाहका छोरा अबीशैले राजालाई भने, “हजूर, यो मरेको कुकुरले किन हजूरलाई सराप्‍ने? म पारि गएर त्‍यसको टाउको उड़ाइदिनेछु।”

२ राजाहरू 8 : 13
13 हजाएलले भने, “म त जाबो एउटा कुकुरले यस्‍तो ठूलो काम कसरी गर्न सकुँला र?” एलीशाले जवाफ दिए, “तिमी अरामका राजा हुनेछौ भनी परमप्रभुले मलाई देखाउनुभएको छ।”

यशैया 56 : 11
11 तिनीहरू त साह्रै भोकाएका कुकुरहरू हुन्‌। तिनीहरू कहिल्‍यै अघाउँदैनन्‌। ती अबुझ गोठालाहरू हुन्‌। तिनीहरू जम्‍मै आफ्‍नै बाटोतिर लागेका छन्‌। प्रत्‍येकले आफ्‍नै लाभ मात्र खोज्‍छन्‌।

मत्ती 15 : 26
26 उहाँले भन्‍नुभयो, “बालकहरूको रोटी लिएर कुकुरहरूलाई फालिदिनु ठीक हुँदैन।”

फिलिप्पी 3 : 2
2 कुकुरहरूदेखि होशियार बस, खराब काम गर्नेहरूदेखि होशियार बस, अङ्ग-कटाइ गर्नेहरूदेखि होशियार बस।

प्रकाश 22 : 15
15 बाहिरचाहिँ कुकुरहरू, मन्‍त्रतन्‍त्र गर्नेहरू, व्‍यभिचारीहरू, हत्‍याराहरू, मूर्तिपूजकहरू र असत्‍य मन पराउने र त्‍यसैमुताबिक चल्‍नेहरू रहन्‍छन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *