यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कुँदिएका छविहरू
प्रस्थान 20 : 4
4 “आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू।
प्रस्थान 20 : 1 – 26
1 अनि यी सब कुरा परमेश्वरले भन्नुभयो:
2 “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात् दासत्वको देशबाट निकालेर ल्याएँ।
3 “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू।
4 “आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू।
5 तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाह गर्ने परमेश्वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु,
6 तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्तामाथि म कृपा गर्नेछु।
7 “परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनू, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछैन।
8 “शबाथ-दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू।
9 छ दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नू,
10 तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति शबाथ-दिन हो। त्यसमा तिमीहरूले केही काम नगर्नू, न त आफ्नो छोराले, न छोरीले, न कमारा-कमारीले, न गाईबस्तुले, न मूल ढोकाभित्र भएको परदेशीले केही काम गरोस्।
11 किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नुभयो। त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो, र त्यसलाई पवित्र गर्नुभयो।
12 “आफ्ना बुबा र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्ना परमेश्वरले दिनुहुन्छ, त्यहाँ तिमीहरूको आयु लामो होस्।
13 “हत्या नगर्नू।
14 “व्यभिचार नगर्नू।
15 “चोरी नगर्नू।
16 “आफ्नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू।
17 “आफ्नो छिमेकीका घरको लालच नगर्नू। आफ्नो छिमेकीकी पत्नीको लालच नगर्नू, आफ्नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नू।”
18 जब सारा मानिसहरूले गर्जन, बिजुली र तुरहीको आवाज सुने र पर्वतबाट धूवाँ उठिरहेको देखे, तब तिनीहरू थरथर काँपे र टाढ़ै उभिरहे।
19 तिनीहरूले मोशालाई भने, “तपाईं हामीसित कुरा गर्नुहोस् र हामी सुन्नेछौं, तर परमेश्वर हामीसित नबोलून्, नत्रता हामी मर्नेछौं।”
20 मोशाले मानिसहरूलाई भने, “नडराओ, किनकि परमेश्वर तिमीहरूलाई जाँच्नलाई, र उहाँको भय तिमीहरूका सामु रहोस्, र तिमीहरूले पाप नगर भनेर आउनुभएको छ।”
21 मानिसहरू टाढ़ै उभिरहे। परमेश्वर हुनुभएको त्यो बाक्लो बादलमा उहाँको नजिक मोशा गए।
22 तब परमप्रभुले मोशालाई भन्नुभयो, “तैंले इस्राएलीहरूलाई यसो भन्नू: स्वर्गबाट म तिमीहरूसित बातचीत गरेको तिमीहरू आफैले सुनेका छौ।
23 मसँगसँगै तिमीहरूले अरू देवताहरू नबनाउनू। तिमीहरूले चाँदीका देवताहरू, सुनका देवताहरू आफ्ना निम्ति नबनाउनू।
24 “मेरो निम्ति माटोको वेदी बनाएर त्यसैमा तिमीहरूका होमबलि, मेलबलि, भेड़ाबाख्राहरू र गाईबस्तुहरू चढ़ाउनू। जहाँ-जहाँ म मेरो नाउँको आदर गराउनेछु, त्यहाँ-त्यहाँ आएर म तिमीहरूलाई आशिष् दिनेछु।
25 तिमीहरूले मेरो निम्ति ढुङ्गाको वेदी बनाउँदा कुँदेको ढुङ्गाको वेदी नबनाउनू। किनकि त्यसमा तिमीहरूको हतियार चलाउँदा तिमीहरूले त्यसलाई अशुद्ध पार्नेछौ।
26 र मेरै वेदीमा खुट्किलो बनाएर नउक्लनू। किनभने त्यसो गर्दा त्यसमाथि तिमीहरूको नग्नता उघ्रनेछ।
लेवीहरू 26 : 1
1 “‘तिमीहरूले आफ्ना निम्ति मूर्तिहरू नबनाओ। अनि आफ्ना निम्ति कुनै खोपिएको मूर्ति वा प्रतिमूर्ति खड़ा नगर, र खोपिएका ढुङ्गाहरू आफ्नो देशमा ठड़्याएर ती पुज्नलाई घोप्टो नपर। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
प्रेरित 17 : 29
29 “तब हामी परमेश्वरका सन्तान भएका हुनाले, परमेश्वर सुन, चाँदी वा पत्थरजस्तै हो भनी हामीले ठान्नुहुँदैन— यिनीहरूचाहिँ मान्छेका कला र कल्पनाका प्रतिरूप मात्र हुन्।
व्यवस्था 4 : 16 – 19
16 सावधान बस! नत्रता तिमीहरूले आफ्ना निम्ति एउटा मूर्ति बनाउनेछौ, र कुनै नर वा नारीको प्रतिमा,
17 अथवा पृथ्वीको कुनै पशुको वा आकाशमा उड्ने कुनै पक्षीको,
18 जमिनमाथि घस्रने कुनै जीवातको वा तल पानीमा हुने कुनै माछाको प्रतिमा बनाएर तिमीहरू भ्रष्ट हुनेछौ।
19 आकाशमा परमप्रभु तिमीहरूका परमेश्वरले सारा मानिस-जातिलाई दिनुभएको घाम, जून, तारा— सारा ग्रह-नक्षत्र देख्दा तीप्रति आकृष्ट भएर तिमीहरूले तिनीहरूको पूजा र सेवा नगर।
प्रस्थान 20 : 5
5 तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाह गर्ने परमेश्वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु,
प्रस्थान 20 : 4 – 5
4 “आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू।
5 तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाह गर्ने परमेश्वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु,
यशैया 42 : 8
8 “म परमप्रभु हुँ, मेरो नाउँ त्यही हो! मेरो महिमा म अरूलाई दिनेछैनँ, अथवा मेरो प्रशंसा मूर्तिहरूलाई दिनेछैनँ।
प्रस्थान 20 : 3
3 “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू।
हिब्रू 13 : 17
17 तिमीहरूका अगुवाहरूको आज्ञापालन गर, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्छ भन्ने कुरा जानेर नै तिनीहरूले तिमीहरूका प्राणको हेरचाह गर्छन्। यो काम तिनीहरूले आनन्दसाथ गरून्। दुःख मानेर होइन, नत्रता त्यसबाट तिमीहरूलाई कुनै लाभ हुँदैन।
यशैया 44 : 15
15 तब त्यो मानिसलाई जलाउनका निम्ति दाउरा हुन्छ, र त्यसले त्यसबाट केही लिएर आफै त्यसको आगो ताप्छ। त्यसले त्यो जलाएर रोटी पकाउँछ। तर त्यसले एउटा देवता पनि बनाएर त्यसलाई पुज्छ। त्यसले त्यसबाट मूर्ति बनाउँछ, र त्यसको अगाड़ि घोप्टो पर्छ।
यशैया 2 : 12 – 17
12 सबै अहङ्कारीहरू र शेखी गर्नेहरू, र सबै “मै हुँ” भन्नेहरूमाथि सर्वशक्तिमान् परमप्रभुको यस्तो एक दिन आइपर्नेछ (र तिनीहरू विनम्र तुल्याइनेछन्),
13 लेबनानका सारा अग्ला र उच्च देवदारुहरूमाथि, बाशानका सारा फलाँटका रूखहरूमाथि,
14 सबै पर्वतहरू, र अग्ला डाँड़ाहरूमाथि,
15 हरेक उच्च धरहरामाथि, र हरेक सुरक्षित पर्खालमाथि,
16 तर्शीशका सबै व्यापारी जहाजहरूमाथि, र सबै राजकीय जहाजमाथि।
17 मानिसको घमण्ड खसालिनेछ, र मानिसहरूको शेखी झारिनेछ। त्यस दिन परमप्रभु मात्र उच्च हुनुहुनेछ,
रोमी 11 : 4
4 तर उनलाई परमेश्वरको उत्तर के छ? “बालको सामने घुँड़ा नटेक्ने सात हजार मानिसहरू मैले आफ्नो निम्ति राखेको छु।”
२ इतिहास 3 : 5 – 7
5 तिनले मुख्य सभाकक्षका भित्तामा सल्लाका फलेकहरू लगाए, र तिनलाई निखुर सुनले मोहोरे, अनि तिनमा खजूरका बोटहरू र सिक्रीहरूका बुट्टा बनाए।
6 त्यसको शोभाको लागि तिनले त्यस मन्दिरलाई बहुमूल्य पत्थरहरूले जड़े। त्यसमा तिनले पर्वेमबाट ल्याएका सुन प्रयोग गरे।
7 तिनले त्यसका सत्तरी, चौखुट, भित्ता र ढोकाहरू सुनले मोहोरे, अनि तिनले भित्ताहरूमा करूबहरू कुँदेर बनाए।
उत्पत्ति 1 : 26
26 अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्।”
Leave a Reply