किर-हरसेठ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् किर-हरसेठ

२ राजाहरू 3 : 25
25 तिनीहरूले सहरहरूलाई सर्वनाश गरे, र सबै मानिसले हरेक असल खेतमा एउटा-एउटा ढुङ्गा फ्‍याँकेर जमिन जताततै ढुङ्गैढुङ्गाले भरिदिए। तिनीहरूले पानीका सबै मूललाई थुनिदिए, र हरेक असल रूख काटेर ढालिदिए। तिनीहरूले कीर-हरेशेतलाई मात्र त्‍यसका ढुङ्गाहरूसमेत त्‍यसकै ठाउँमा छोड़िदिए, तर घुयेँत्राले सुसज्‍जित भएका मानिसहरूले त्‍यसलाई पनि घेरा हालेर आक्रमण गरे।

यशैया 16 : 7
7 यसकारण मोआबीहरू विलाप गर्छन्‌। उनीहरू मोआबकै लागि एकसाथ विलाप गर्छन्‌। कीर-हरेशेतका मानिसहरूका निम्‍ति तिमीहरू रोओ र विलाप गर।

यशैया 16 : 11
11 मेरो हृदय मोआबको निम्‍ति र मेरो अन्‍तस्‍करण कीर-हरेशेतको निम्‍ति वीणाले झैँ रोई-रोईकन विलाप गर्दछ।

यर्मिया 48 : 31
31 यसैकारण म मोआबको निम्‍ति विलाप गर्दछु, सारा मोआबको निम्‍ति म रुन्‍छु। कीर-हरेशेतका मानिसहरूका निम्‍ति म शोक गर्दछु।

यर्मिया 48 : 36
36 “यसैले बाँसुरीले झैँ मेरो हृदयले मोआबको निम्‍ति विलाप गर्छ! कीर-हरेशेतका मानिसहरूका निम्‍ति बाँसुरीले झैँ त्‍यसले विलाप गर्छ। तिनीहरूले कमाएका धन नष्‍ट भए।

यशैया 15 : 1
1 मोआबको विषयमा ईश्‍वरवाणी: एकै रातमा मोआबको आर सहर उजाड़ र नष्‍ट पारियो! एक रातमा मोआबको कीर सहर उजाड़ र नष्‍ट भयो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *