यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् किड्रन
१ राजाहरू 2 : 37
37 सहर छोड़ेर किद्रोन खोल्सा पार गर्यौ भने तिमी मर्नेछौ। त्यसो गरे तिम्रो रगतको दोष तिमीमाथि नै पर्नेछ।”
नहेम्याह 2 : 15
15 यसैले म राती बेँसीबाट उक्लेर गएँ, र सहरका पर्खालको निरीक्षण गरें। त्यसपछि म फेरि बेँसी ढोका भएर सहरमा पसें।
यर्मिया 31 : 40
40 लाशहरू र खरानी फालिने सारा उपत्यका, र पूर्वतिर किद्रोन खोल्सासम्मका सबै खेतहरू अश्व ढोकाको कुनासम्म परमप्रभुको निम्ति पवित्र हुनेछ। त्यो सहर फेरि कहिल्यै उखेलिनेछैन अथवा भत्काइनेछैन।”
२ शमूएल 15 : 23
23 यसरी तिनीहरू सबै जना निस्केर जाँदा सारा देशका मानिसहरू धूमधाम रुन लागे। राजा किद्रोन खोल्सा पार गर्न लागे, र सबै मानिसहरू मरुभूमितिर बढ्न लागे।
१ राजाहरू 15 : 13
13 तिनले आफ्नै हजूरआमा माकालाई राजमाताको पदबाट हटाइदिए, किनभने तिनले अशेरा देवीको एउटा घिनलाग्दो मूर्ति बनाएकी थिइन्। आसाले त्यो काटेर ढालिदिए, र किद्रोन खोल्सामा त्यो जलाइदिए।
२ राजाहरू 23 : 6
6 तिनले परमप्रभुको मन्दिरबाट अशेराको खम्बा निकालेर यरूशलेमको बाहिर किद्रोन खोल्सामा लगेर त्यहीँ जलाइदिए, र धूलोपीठो पारे। अनि तिनले त्यो साधारण मानिसका चिहानहरूमा छरिदिए।
२ राजाहरू 23 : 12
12 आहाजको माथिल्लो कोठा नजिकको कौसीमा यहूदाका राजाहरूले खड़ा गरेका वेदीहरू, र परमप्रभुको मन्दिरका दुवै चोकमा मनश्शेले निर्माण गरेका वेदीहरू तिनले भत्काइदिए। तिनले ती त्यहाँबाट हटाएर ढुङ्गा-रोड़ा पारी किद्रोन खोल्सामा फालिदिए।
२ इतिहास 29 : 16
16 परमप्रभुको मन्दिर शुद्ध गर्न पूजाहारीहरू भित्र पसे। तिनीहरूले परमप्रभुको मन्दिरभित्र भेट्टाएका सबै अशुद्ध कुराहरू परमप्रभुका मन्दिरको चोकमा लगेर राखे। लेवीहरूले ती कुराहरू लिएर बाहिर किद्रोन खोल्सामा लगेर फालिदिए।
२ इतिहास 32 : 4
4 तिनीहरूले धेरै संख्यामा मानिसहरूलाई जम्मा गरेर देशबाट भएर बग्ने खोला र सबै मूलहरू थुनिदिए। तिनीहरूले यसो भने, “अश्शूरका राजाहरू यहाँ आएर किन प्रशस्त पानी पाऊन्?”
यूहन्ना 18 : 1
1 यी कुरा भनिसकेर येशू आफ्ना चेलाहरूसँग किद्रोन खोल्सापारि जानुभयो। त्यहाँ एउटा बगैँचा थियो। येशू आफ्ना चेलाहरूसँग त्यहाँ प्रवेश गर्नुभयो।
Leave a Reply