यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कालो इतिहास
उत्पत्ति 10 : 6 – 11
6 हामका छोराहरू: कूश, मिश्रइम, [1] पूत र कनान।
7 कूशका छोराहरू: सेबा, हवीला, सब्ता, रामाह, र सब्तका। रामाहका छोराहरू: शेबा र ददान।
8 कूश निम्रोदका पिता भए। यिनी नै पृथ्वीका पहिलो शक्तिशाली पुरुष भए।
9 यिनी परमप्रभुको सामु शक्तिशाली शिकारी थिए। यसैले “निम्रोदजस्तै परमप्रभुको सामु शक्तिशाली शिकारी” भन्ने आहान चलेको छ।
10 उनको राज्यको सुरु बाबेल, एरेक, अक्कद र कल्नेहबाट भयो, जुन शिनार देशमा छन्।
11 त्यही देशबाट उनी अश्शूरमा गए, र निनवे, रहोबोत-इर र कालह सहरहरू,
२ तिमोथी 3 : 16
16 सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ,
हिब्रू 1 : 1 – 2
1 प्राचीन कालमा हाम्रा पितापुर्खाहरूसँग अगमवक्ताहरूद्वारा धेरै र विभिन्न किसिमले परमेश्वर बोल्नुभयो।
2 तर यी आखिरी दिनहरूमा उहाँ आफ्ना पुत्रद्वारा हामीसँग बोल्नुभएको छ। पुत्रलाई नै उहाँले सबै कुराका उत्तराधिकारी नियुक्त गर्नुभयो, उहाँद्वारा नै समस्त सृष्टि रच्नु पनि भयो।
प्रस्थान 2 : 17 – 21
17 यसै बीचमा गोठालाहरू आएर तिनीहरूलाई धपाउन लागे। तर मोशा उठेर तिनीहरूलाई सहायता गरे, र तिनीहरूका भेड़ाबाख्राहरूलाई पानी खान दिए।
18 जब तिनीहरू आफ्ना बुबा रूएलकहाँ आए तब उनले सोधे, “तिमीहरू कसरी आज यति चाँड़ै आयौ?”
19 तिनीहरूले भने, “एक जना मिश्रीले हामीलाई गोठालाहरूका हातबाट छुटाए। त्यसबाहेक तिनले हाम्रा निम्ति पानी तानेर भेड़ाबाख्राहरूलाई पनि पानी खान दिए।”
20 तब उनले आफ्ना छोरीहरूलाई भने, “तिनी कहाँ छन्? किन तिमीहरूले ती मानिसलाई छोड़ेर आयौ? जाओ, र हामीसित खान तिनलाई बोलाएर ल्याओ।”
21 तब मोशा ती मानिससित बस्न राजी भए। उनले आफ्नी छोरी सिप्पोराचाहिँ मोशालाई विवाहमा दिए।
उत्पत्ति 9 : 20 – 27
20 माटोमा काम गर्ने नोआले दाखबारी लगाए।
21 जब तिनले दाखमद्य पिए, तब तिनी मात्तिए र आफ्नो पालभित्र नाङ्गै सुतिबसे।
22 कनानका पिता हामले आफ्ना पिताको नाङ्गोपन देखेर बाहिर आई आफ्ना दुवै दाजुहरूलाई बताइदिए।
23 तर शेम र येपेतले एउटा लुगा लिए, र दुवैले आफ्ना काँधमा हाले र पछिल्तिर सर्दै-सर्दै गएर तिनीहरूले आफ्ना पिताको नग्नता ढाकिदिए। तिनीहरूका मुख पछिल्तिर फर्केको हुनाले तिनीहरूले आफ्ना पिताको नाङ्गोपन देखेनन्।
24 जब नोआलाई मद्यको निद्राले छोड्यो र तिनका कान्छा छोराले गरेको कुरा तिनले थाहा पाए,
25 तब तिनले भने, “श्रापित होस्, कनान, त्यो आफ्ना दाजुहरूका कमाराहरूको पनि कमारो हुनेछ।”
26 तिनले यसो पनि भने, “शेमका परमप्रभु धन्यका होऊन्, कनान त्यसको दास होस्।
27 परमेश्वरले येपेतको वृद्धि गरून्, र त्यसले शेमको पालमा वास गरोस्, र कनानचाहिँ शेमको कमारो होस्।”
२ तिमोथी 3 : 16 – 4
प्रेरित 5 : 42
42 अनि हरेक दिन तिनीहरूले मन्दिरमा र घर-घरमा गएर येशू नै ख्रीष्ट हुनुहुन्छ भनी सिकाउन र प्रचार गर्न छोड़ेनन्।
Leave a Reply