कार्मेल

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कार्मेल

श्रेष्‍ठगीत 7 : 5
5 तिम्रो शिरले कर्मेल डाँड़ाजस्‍तै तिमीलाई मुकुट लगाइदिएको छ। तिम्रो शिरको केश राजकीय पर्दाझैँ छ। केश राशिले राजा मोहित छन्‌।

यशैया 33 : 9
9 देशले विलाप गर्छ र उजाड़ हुन्‍छ। लेबनान शर्ममा पर्छ र ओइलिन्‍छ। शारोन अराबाझैँ हुन्‍छ। बाशान र कर्मेलले आफ्‍ना पातहरू झार्छन्‌।

यशैया 35 : 2
2 त्‍यो फुलेर फक्रनेछ। यो अत्‍यन्‍त प्रफुल्‍लित हुनेछ, र हर्षले गाउँदै रमाहट गर्नेछ। लेबनानको गौरव, कर्मेल र शारोनको शोभा त्‍यसलाई दिइनेछ। तिनीहरूले परमप्रभुको महिमा र हाम्रा परमेश्‍वरको ऐश्‍वर्य देख्‍नेछन्‌।

यर्मिया 46 : 18
18 “जस्‍तो म जीवित छु,” राजाले भन्‍नुहुन्‍छ, जसको नाउँ सर्वशक्तिमान्‌ परमप्रभु हो, “पहाड़हरूमध्‍ये तबोरजस्‍तै एक जना आउनेछ, समुद्रको किनारको कर्मेलझैँ त्‍यो आउनेछ।

यर्मिया 50 : 19
19 तर म इस्राएललाई त्‍यसको आफ्‍नै खर्कमा फर्काएर ल्‍याउनेछु, र त्‍यो कर्मेल र बाशानमा चर्नेछ। एफ्राइम र गिलादका पहाड़हरूमा त्‍यसको भोक तृप्‍त हुनेछ।”

आमोस 1 : 2
2 तिनले भने, “परमप्रभु सियोनबाट गर्जनुहुन्‍छ, र उहाँ यरूशलेमबाट गर्जनको चर्को आवाज गर्नुहुन्‍छ। गोठालाहरूका खर्कहरू र कर्मेलको टाकुरो सुक्‍छन्‌।”

२ राजाहरू 19 : 23
23 आफ्‍ना समाचारवाहकहरूद्वारा तैंले परमप्रभुमाथि अनादर थुपारिस्, र तैंले भनिस्, “मेरा धेरै रथहरूसित म पहाड़का टाकुराहरूमा चढ़ेको छु, लेबनानका सबैभन्‍दा उच्‍च टाकुराहरूमा। मैले त्‍यसका सबैभन्‍दा अल्‍गा देवदारुका रूखहरू, त्‍यसका सबैभन्‍दा असल सल्‍लाका रूखहरू ढालें। म त्‍यसको पल्‍लो कुनामा, त्‍यसका सबैभन्‍दा सुन्‍दर वनहरूमा पुगें।

आमोस 9 : 3
3 तिनीहरू कर्मेलको टाकुरामा लुके तापनि म त्‍यहाँबाट खोजी-खोजीकन तिनीहरूलाई पक्रनेछु। तिनीहरू मदेखि समुद्रको पीधमा लुके तापनि म तिनीहरूलाई डस्‍न सर्पलाई आज्ञा दिनेछु।

मीका 7 : 14
14 तपाईंका प्रजालाई तपाईंको लाठोले चराउनुहोस्, तपाईंका उत्तराधिकारको बगाललाई, जो स्‍वयम्‌ मलिलो चरनमा र जङ्गलमा बस्‍तछन्‌। तिनीहरूलाई उहिलेका दिनमा झैँ बाशान र गिलादमा चरेर खान दिनुहोस्‌।

१ राजाहरू 18 : 46
46 परमप्रभुको शक्ति एलियामाथि पर्‍यो, र आफ्‍नो खास्‍टो पटुकामा लपेटेर तिनी यिजरेलसम्‍मै आहाबको अगिअगि बाटोमा कुदे।

२ राजाहरू 2 : 25
25 अनि त्‍यहाँबाट तिनी कर्मेल डाँड़ामा उक्‍लेर गए, र त्‍यसपछि तिनी सामरियामा फर्के।

२ राजाहरू 4 : 25
25 यसरी तिनी गइन्‌ र कर्मेल डाँड़ामा परमेश्‍वरका जनकहाँ आइन्‌। तिनलाई टाढ़ैबाट आइरहेकी देखेर परमेश्‍वरका जनले आफ्‍नो चाकर गेहजीलाई भने, “हेर त, त्‍यो आउने त शूनम्‍मी स्‍त्री हो।

यहोशू 15 : 55
55 माओन, कर्मेल, जीप, युत्ता,

१ शमूएल 15 : 12
12 भोलिपल्‍ट बिहान सबेरै तिनी शाऊललाई भेट गर्न हिँड़े। तर “शाऊल त कर्मेलमा गएर त्‍यहाँ आफ्‍नो सम्‍झनाको निम्‍ति एउटा स्‍मारक खड़ा गरेका छन्, र त्‍यसपछि फर्केर गिलगालमा झरिसकेका छन्‌” भनी तिनलाई सुनाइयो।

१ शमूएल 25 : 2
2 माओनको एक जना मानिस थियो, जसको कर्मेलमा धेरै सम्‍पत्ति थियो। त्‍यो निकै धनी थियो। त्‍यसका तीन हजार भेड़ा र एक हजार बाख्रा थिए। त्‍यसले कर्मेलमा आफ्‍ना भेड़ाको ऊन कत्रँदैथियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *