यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कानूनको सारांश
मर्कूस 12 : 28 – 34
28 शास्त्रीहरूमध्ये एक जना आए, र तिनीहरूलाई आपसमा विवाद गरिरहेका सुने। येशूले मानिसहरूलाई ठीक जवाफ दिनुभएको देखेर तिनले उहाँलाई सोधे, “सबै आज्ञाहरूमा मुख्यचाहिँ कुन हो?”
29 येशूले जवाफ दिनुभयो, “सबैभन्दा मुख्यचाहिँ यो हो: ‘हे इस्राएल सुन्, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ।
30 तैंले परमप्रभु आफ्ना परमेश्वरलाई तेरो सारा हृदयले, तेरो सारा प्राणले, तेरो सारा समझले, र तेरो सारा शक्तिले प्रेम गर्।’
31 दोस्रोचाहिँ यो हो, ‘तैंले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्।’ योभन्दा ठूलो आज्ञा अर्को छैन।”
32 त्यस शास्त्रीले उहाँलाई भने, “गुरुज्यू, तपाईंले ठीक भन्नुभयो, परमेश्वर एउटै हुनुहुन्छ, उहाँबाहेक अर्को कोही छैन।
33 उहाँलाई सारा हृदयले, सारा समझले, सारा शक्तिले प्रेम गर्नु, र छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु सबै होमबलि र बलिदानहरूभन्दा उत्तम हो।”
34 तिनले बुद्धिमानीसाथ जवाफ दिएका देखेर येशूले तिनलाई भन्नुभयो, “तिमी परमेश्वरको राज्यदेखि टाढ़ा छैनौ।” त्यस समयदेखि उहाँलाई प्रश्न गर्ने कसैको साहस भएन।
व्यवस्था 6 : 5
5 तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर।
Leave a Reply