यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कादेश
यहोशू 15 : 3
3 त्यो अक्रब्बीमको उकालोको दक्षिणतर्फदेखि भएर जीनलाई छिचलेर कादेश-बर्नेको दक्षिणपट्टिबाट उँभो लागेर हेस्रोनलाई छिचलेर अद्दारसम्म उकालो लागेर, कर्कामा घुमेर फिरेको थियो।
उत्पत्ति 14 : 7
7 त्यसपछि उनीहरू फर्केर एन-मिशपातमा (अर्थात् कादेशमा) आएर अमालेकीहरूको जम्मै देशलाई र हासेसोन-तामारमा बस्ने एमोरीहरूलाई पनि अधीन गराए।
उत्पत्ति 20 : 1
1 त्यहाँबाट अब्राहाम नेगेवतिर गए, र कादेश र शूरको बीचमा बस्न लागे। तिनी गरार देशमा बसोबास गरे।
उत्पत्ति 14 : 7
7 त्यसपछि उनीहरू फर्केर एन-मिशपातमा (अर्थात् कादेशमा) आएर अमालेकीहरूको जम्मै देशलाई र हासेसोन-तामारमा बस्ने एमोरीहरूलाई पनि अधीन गराए।
उत्पत्ति 16 : 14
14 यसकारण त्यस पँधेरोको नाउँ बेअर-लहै-रोइ राखियो। कादेश र बेरेदको बीचमा त्यो पर्छ।
गन्ती 12 : 16
16 त्यसपछि हसेरोतबाट बढ़ेर तिनीहरूले पारानको मरुभूमिमा पाल टाँगे।
गन्ती 13 : 26
26 तिनीहरू फर्केर पारानको मरुभूमि भएको कादेशमा मोशा, हारून र इस्राएलीका सारा समुदायकहाँ आए, र सारा समुदायलाई सम्पूर्ण वृत्तान्त बताइदिए, र तिनीहरूलाई त्यस देशका फलफूल देखाए।
गन्ती 20 : 1
1 इस्राएलीहरूका सारा समुदाय पहिलो महिनामा जीनको उजाड़-स्थानमा आइपुगे, र कादेशमा वास बसे। अनि मिरियम त्यहीँ मरिन्, र तिनीहरूले तिनलाई त्यहीँ नै गाड़े।
गन्ती 33 : 36
36 तिनीहरू एस्योन-गेबेरबाट हिँड़ेर जीनको उजाड़-स्थानमा भएको कादेशमा वास बसे।
यहोशू 10 : 41
41 यहोशूले कादेश-बर्नेदेखि लिएर गाजासम्म र गोशेनदेखि गिबोनसम्मको सबै क्षेत्रलाई परास्त गरे।
Leave a Reply